काठमाडौँ । सरकारले सरकारी खर्चमा व्यापक कटौती गर्दै क्षतिग्रस्त भौतिक पूर्वाधारको पुनर्निर्माणका लागि कोष र समिति गठन गर्ने निर्णय गरेको छ ।
असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री रामेश्वर खनालले ३ करोडभन्दा कम रकमका टुक्रे आयोजनामा विनियोजन रोक्का गर्ने जानकारी दिए । आयोजना बैंकमा नदर्ता भएका वा राजनीतिक दबाबमा राखिएका आयोजनाका बजेट पनि रोक्का हुनेछन् ।
यस कदमबाट करिब १२० अर्ब रुपैयाँ चालू खर्चसहित बचत हुने अनुमान छ । रोक्का रकममध्ये सम्बन्धित मन्त्रालयले पहिले सम्पन्न तर निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी परियोजनामा भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ ।
खनालका अनुसार अनावश्यक आयोजना कटौती गरी बचत भएको रकम राष्ट्रिय प्राथमिकताका ठूला आयोजनामा द्रुत गतिमा खर्च गरिनेछ । त्यस्तै, प्राकृतिक वा अन्य विपद्बाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि ‘पुनर्निर्माण कोष’ खडा गर्ने निर्णय पनि बैठकले गरेको छ । यस कोषमा देश–विदेशका नेपाली, बैंक तथा वित्तीय संस्थासहित उद्योगका सीएसआर रकम राख्न सकिनेछ । सीएसआर योगदान कर कटौतीयोग्य हुनेछ ।
कोषको सञ्चालन र व्यवस्थापनका लागि ‘भौतिक पूर्वाधार पुनर्निर्माण समिति’ गठन गर्ने निर्णय पनि गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: