सल्यान । सल्यानमा पालिकास्तरमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरिएको छ । आइतबारदेखि कुमाख गाउँपालिकाबाट सुरु भएको यो अभियान एक हप्तासम्म सञ्चालन हुने भएको हो ।
यस क्रममा पालिका भित्रका अशक्त, अपाङ्ग तथा ज्येष्ठ नागरिकहरूको पनि परिचयपत्र बनाइने जिल्ला प्रशासन कार्यालय सल्यानका कम्प्युटर अपरेटर अर्जुन रावतले जानकारी दिए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयमै बनाएर राखिएका परिचयपत्र स्वयम् व्यक्तिको उपस्थितिमा नै कुमाख गाउँपालिकाको कार्यालय मार्फत वितरण गरिने भएको छ ।
स्थानीय पूर्णबहादुर राना र भीमबहादुर रानालाई जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावल र प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले परिचयपत्र वितरण हस्तारण गरी परिचयपत्र वितरण कार्यक्रमको सुरुवात गरे । असोज १२ गतेसम्म कुमाख गाउँपालिका भित्रका ज्येष्ठ तथा अपाङ्ग अशक्त व्यक्तिहरूको पनि परिचयपत्र बनाइने एमआईएस अपरेटर मेघराज रावतले जानकारी दिए ।
दुर्गम भेगमै शिविर राखी सेवा गर्न गरिएको प्रयास सकारात्मक भएको सरोकारवालाको भनाइ छ । कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार सोनीले पालिकाभित्रका ७ वटै वडाका सेवाग्राहीलाई पालिका केन्द्र रागेचौर वाटै सेवा दिइने भएकाले सहभागिता लागि आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले गाउँटोलमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई १० वटै पालिकामा गरिने वताए । उनका अनुसार राष्ट्रिय परिचयपत्र लिन आउँदा धेरै खर्च लाग्ने भएकाले स्थानीय तहको समन्वयमा स्थानीय स्तरमा शिवरको रुपमा वितरण कार्य गरिनेछ ।
कुमाख गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावल, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, उपाध्यक्ष लालबहादुर रावतलगायत जिल्लाका सुरक्षा निकायका प्रमुख तथा नेपाल पत्रकार महासंघका अध्यक्ष डिल्लीराज रावतले मन्तव्य राखे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: