Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

सल्यानमा पालिकास्तरमै राष्ट्रिय परिचयपत्र वितरण

खबरडबली संवाददाता

सल्यान । सल्यानमा पालिकास्तरमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरिएको छ । आइतबारदेखि कुमाख गाउँपालिकाबाट सुरु भएको यो अभियान एक हप्तासम्म सञ्चालन हुने भएको हो । 

यस क्रममा पालिका भित्रका अशक्त, अपाङ्ग तथा ज्येष्ठ नागरिकहरूको पनि परिचयपत्र बनाइने जिल्ला प्रशासन कार्यालय सल्यानका कम्प्युटर अपरेटर अर्जुन रावतले जानकारी दिए । उनका अनुसार जिल्ला प्रशासन कार्यालयमै बनाएर राखिएका परिचयपत्र स्वयम् व्यक्तिको उपस्थितिमा नै कुमाख गाउँपालिकाको कार्यालय मार्फत वितरण गरिने भएको छ ।

स्थानीय पूर्णबहादुर राना र भीमबहादुर रानालाई जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावल र प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले परिचयपत्र वितरण  हस्तारण गरी परिचयपत्र वितरण कार्यक्रमको सुरुवात गरे । असोज १२ गतेसम्म कुमाख गाउँपालिका भित्रका ज्येष्ठ तथा अपाङ्ग अशक्त व्यक्तिहरूको पनि परिचयपत्र बनाइने एमआईएस अपरेटर मेघराज रावतले जानकारी दिए । 

दुर्गम भेगमै शिविर राखी सेवा गर्न गरिएको प्रयास सकारात्मक भएको सरोकारवालाको भनाइ छ । कुमाख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार सोनीले पालिकाभित्रका ७ वटै वडाका सेवाग्राहीलाई पालिका केन्द्र रागेचौर वाटै सेवा दिइने भएकाले सहभागिता लागि आग्रह गरे । 

प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले गाउँटोलमै पुगेर राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई १० वटै पालिकामा गरिने वताए । उनका अनुसार राष्ट्रिय परिचयपत्र लिन आउँदा धेरै खर्च लाग्ने भएकाले स्थानीय तहको समन्वयमा स्थानीय स्तरमा शिवरको रुपमा वितरण कार्य गरिनेछ । 

कुमाख गाउँपालिका अध्यक्ष मानबहादुर बुढाथोकीको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बेलाराम रावल, प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदी, उपाध्यक्ष लालबहादुर रावतलगायत जिल्लाका सुरक्षा निकायका प्रमुख तथा नेपाल पत्रकार महासंघका अध्यक्ष डिल्लीराज रावतले मन्तव्य राखे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending