Khabar Dabali १ माघ २०८२ बुधबार | 14th January, 2026 Wed
Investment bank

हालसम्म प्रधानमन्त्री कार्कीले के के गरिन ?

खबरडबली संवाददाता

काठमाडौं । जेनजी आन्दोलनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको बहिर्गमनसँगै प्रधानमन्त्री नियुक्त सुशीला कार्कीले कार्यभार सम्हालेको १० दिन बितिसकेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते उनलाई ६ महिनाभित्र प्रतिनिधि सभा निर्वाचन गर्ने मुख्य जिम्मेवारीसहित नियुक्त गरेका थिए । तर १० दिनसम्म पनि सरकारले पूर्णता पाएको छैन । भदौ २३ र २४ गतेको विध्वंसकारी आन्दोलन तथा त्यसक्रममा भएका क्षतिको छानबिनका लागि आयोग गठन गर्ने सैद्धान्तिक निर्णय भए पनि आयोग अझै बनेको छैन ।

आन्दोलनका नाममा आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरू भाग्ने र प्रमाण नष्ट हुने जोखिम बढेको भन्दै सरोकारवालाले सरकारको ढिलाइप्रति आलोचना गरिरहेका छन् ।

पहिलाे दिन भदौ २७ गते राष्ट्रपति पौडेलले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गरे । संविधानको धारा ६१ अनुसार जेनजीको मागअनुसार यो नियुक्ति गरिएको हो । भदौ २८ गते प्रधानमन्त्री कार्की राष्ट्रिय ट्रमा सेन्टर र सिभिल अस्पताल पुगेर जेनजी आन्दोलनमा घाइतेको स्वास्थ्य अवस्था बुझिन् । आन्दोलनमा १९१ जना घाइते भएका थिए ।

भदौ २९ गते प्रधानमन्त्रीले तीन मन्त्री नियुक्त गरिन्—कुलमान घिसिङ (ऊर्जा, जलस्रोत तथा सिँचाइ), ओमप्रकाश अर्याल (गृह तथा कानून) र रामेश्वर खनाल (अर्थ) । त्यस्तै, महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीको नाम राष्ट्रपति समक्ष सिफारिस गरिन् । 

भदौ ३० गते तीन मन्त्रीले राष्ट्रपति कार्यालयमा शपथ लिए। पहिलो मन्त्रिपरिषद बैठकले आन्दोलनका क्रममा मारिएका व्यक्तिलाई सहिद घोषणा गर्ने, राष्ट्रिय सम्मानका साथ अन्तिम संस्कार गर्ने, असोज १ गते शोक दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गर्यो । मृतकका परिवारलाई प्रतिपरिवार १० लाख र खर्चबापत ५ लाख दिने, आन्दोलनमा भएको क्षतिको छानबिनका लागि न्यायिक जाँचबुझ आयोग गठन गर्ने र आन्दोलनमा ज्यान गुमाएका व्यक्तिको सम्झनामा पार्क निर्माण गर्ने निर्णय पनि भयो ।

असोज १ गते शोक दिवस मनाइयो र सार्वजनिक बिदा दिइयो । ऊर्जामन्त्री घिसिङ र गृहमन्त्री अर्यालले आगजनीबाट क्षतिग्रस्त संसद भवन र सिंहदरबारको अवलोकन गरे । असोज २ गते  
प्रधानमन्त्री कार्कीले भारतीय समकक्षी नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरिन् । असोज ३ गते संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित औपचारिक कार्यक्रममा प्रधानमन्त्री र मन्त्रीहरूको सहभागिता रह्यो । त्यसैदिन राष्ट्रपति निवासमा आयोजित समारोहमा पनि उनीहरू उपस्थित भए ।

नयाँ सरकारको पहिलो ठूलो काम फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्नु हो। जेनजी आन्दोलनका मागअनुसार भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नुपर्ने चुनौती छ। आन्दोलनका क्रममा भएको धनजन क्षतिको छानबिन, प्रमाण सुरक्षित राख्ने र दोषी पहिचान गरेर कारबाही गर्नुपर्ने दबाब छ। तर मुख्यसचिव, सचिव र प्रहरी प्रमुखहरू पुरानै रहेकाले प्रमाण नष्ट हुनसक्ने आशंका व्यक्त गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राई पूर्ववर्ती सरकारले नियुक्त गरेका हुन्। उनी रहँदासम्म आयोगको निष्पक्षता प्रति संशय व्यक्त भइरहेको छ। नयाँ प्रमुख नियुक्त गर्न संवैधानिक परिषदको सहमति आवश्यक हुने भएकाले यो सजिलो छैन।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending