Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

बेइजिङमा ‘सुमधुर सम्बन्धका ७० साल’ विमोचन

खबरडबली संवाददाता

काठमाडौं । नेपाल–चीन मिडिया फोरमद्वारा प्रकाशित ‘सुमधुर सम्बन्धका ७० साल’ बेइजिङमा विमोचन गरिएको छ । आज बेइजिङस्थित नेपाली दूतावासको सभाकक्षमा विमोचन गरिएको उक्त पुस्तक नेपाल र चीनबीचको सम्बन्धमा लिखित दस्ताबेज रहेको मञ्चका अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिए । 

नेपाली दूतावास तथा नेपाल–चीन मिडिया मञ्चले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा ८० भन्दा बढी चिनियाँ प्राज्ञहरूको उपस्थिति थियो । चीनका विभिन्न विश्वविद्यालयमा नेपालसम्बन्धी अध्ययन/अनुसन्धान गरिरहेका ती चिनियाँ प्राज्ञहरूले दुई देशबीचको मैत्री सम्बन्धमा यो पुस्तक एउटा कोशेढुङ्गाका रूपमा स्थापित हुने उल्लेख गरेका छन् ।

चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीले यसप्रकारको पुस्तक विमोचन गर्न पाउँदा उत्साहित भएको उल्लेख गरे । उनले नेपाल र चीनबीचका ७० वर्षका महत्त्वपूर्ण उपलब्धिलाई लिपिबद्ध गरेकामा मञ्चसहित मञ्चका अध्यक्ष श्रेष्ठलाई धन्यवाद दिँदै हार्दिक आभार प्रकट गरे । पुस्तकले वर्तमान र भावी पुस्तालाई दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनापछिका महत्त्वपूर्ण खुड्किलाहरू राखेर इतिहासलाई जीवन्त राखेको उनले बताए । 

पुस्तकमाथि धारणा राख्दै कन्फ्युसियस इन्स्टिच्युटका छिउ क्वोमिङले चीन र नेपालबीचमा चासो राख्ने सबैका लागि यो पुस्तक उपयोगी र आधिकारिक स्रोत हुने विश्वास व्यक्त गरे । नेपाली र चिनियाँ दुवै भाषामा रहेकाले पुस्तक दुवै देशका पाठकलाई सहज भएको उनको भनाइ छ । सियामन विश्वविद्यालयका प्राध्यापक चियाङ सियाओसियानले महत्त्वपूर्ण क्षणमा पुस्तक प्रकाशन भएको बताउँदै चीन र नेपालबीचका विभिन्न घुम्तीहरूलाई पुस्तकले समेटेको उल्लेख गरे । यो पुस्तक अध्येताका लागि सङ्कलनयोग्य रहेको भन्दै उनले प्रसंशा गरे । 

कार्यक्रमका वक्ता युन्नान अन्तरराष्ट्रिय अर्थ, व्यापार तथा सांस्कृतिक सहकार्यका उपमहासचिव रन चिकाङले पुस्तक विमोचन समारोहमा उपस्थित भएर बोल्न पाउँदा खुशी लागेको भन्दै ७० वर्षको इतिहासलाई एउटै पुस्तकमा चिनियाँ र नेपाली भाषामा प्रकाशन गर्नु निकै कठिन कार्य भएको बताए ।

कार्यक्रममा नेपाल–चीन मिडिया मञ्चका अध्यक्ष श्रेष्ठले नेपालमा पुस्तक प्रकाशन गरी चीनमा आएर विमोचन गर्न पाउनु गर्वको विषय भएको धारणा राखे । उनले नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा प्रकाशित यो पुस्तकको हाम्रा लागि सफलताको विषय भएको बताए । चीनका टाढाका प्रान्तबाट पनि कार्यक्रममा उपस्थित भएर सफल बनाउन सहयोग गर्नुहुने चिनियाँ विज्ञप्रति उनले आभार प्रकट गरे । 

कार्यक्रमको अन्तमा प्रश्नोत्तरसहित छलफल भएको थियो । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सका अवसरमा प्रकाशित यस पुस्तकमा दुई देशबीचका भएका सन्धिसम्झौतासँगै विविध आयामलाई समेटिएको छ । 

नेपालको पूर्वाधार विकासमा चीनले गरेको सहयोग, नेपाल राष्ट्र बैंक स्थापनामा चीनले दिएको अनुदानलगायत विषयमा छलफल भएको थियो । विगत ७० वर्षमा चीनले नेपालमा लगानी गरेको तथ्य समेट्दै नेपालको भौतिक पूर्वाधार विकासमा चीनको योगदानको समालोचना पनि यस पुस्तकमा गरिएको छ ।

आर्थिक वर्ष २०८०/८१ को जेठसम्म चिनियाँ व्यवसायीले नेपालका दुई हजार ४४८ वटा व्यवसाय तथा परियोजनामा रु दुई खर्ब २४ अर्बभन्दा बढी लगानी गरेका पुस्तकमा उल्लेख छ। 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending