गाजा । इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो शहरी केन्द्रलाई घेरी ध्वस्त पार्ने क्रममा हमासको सशस्त्र समूह कासम ब्रिगेडले शनिबार ४८ इजरायली बन्धकको ‘बिदाइ तस्बिर’ सार्वजनिक गरेको छ । उक्त तस्बिरमा नेपालका विपिन जोशीको फोटो पनि समावेश गरिएको छ ।
संकलित तस्बिरमा जीवित र मृतक सबै बन्धकको अनुहार देखाइएको छ । तस्बिरको क्याप्सनमा सन् १९८६ मा लेबनानमा बेपत्ता भएका इजरायली वायुसेनाका क्याप्टेन रोन अरदलाई संकेत गर्दै ‘रोन अरद’ उल्लेख गरिएको छ । अरदको एफ–४ फ्यान्टम विमान दक्षिणी लेबनानमा आक्रमणका क्रममा बम विस्फोट हुँदा खसेको थियो । उनलाई अमल आन्दोलनले पक्राउ गरी पछि हिजबुल्लाहलाई सुम्पिएको बताइन्छ । उनको मृत्यु भएको मानिए पनि ठोस प्रमाण उपलब्ध छैन ।
हमासले तस्बिरसँगै जारी गरेको सन्देशमा भनिएको छ, “नेतन्याहूको इन्कार र जामरको आत्मसमर्पणका कारण, गाजा शहरमा सैन्य कारबाही सुरु भएपछि यो बिदाइ तस्बिर हो ।” यो सन्देश इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा युद्ध अन्त्यका लागि सम्झौता अस्वीकार गर्दै आएका र इजरायली सेना प्रमुख अयाल जामरले सरकारको ‘विजय योजना’प्रति सार्वजनिक आपत्ति जनाए पनि भूमि तथा हवाई आक्रमण जारी राखिएको प्रसङ्गसँग जोडिएको छ ।
इजरायली अधिकारीका अनुसार करिब २० बन्धक गाजामा अझै जीवित रहेको अनुमान छ । तर अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले जीवितको संख्या २० भन्दा कम हुन सक्ने बताएका छन् । नेतन्याहूले सबै जीवित वा मृत बन्धकलाई फिर्ता ल्याउने र हमासलाई ‘नष्ट गर्ने’ प्रतिबद्धता दोहोर्याउँदै आएका छन् ।
हमासले भने इजरायली आक्रमण तीव्र भएपछि बन्धकको जीवन जोखिममा रहेको चेतावनी दिँदै आएको छ । समूहका अनुसार केही बन्धक इजरायली बमबारीमा मारिइसकेका छन् र बाँकी गाजा शहरका विभिन्न भागमा छरिएका छन् ।
शनिबारको यो धम्की इजरायलका लाखौँ नागरिक तेल अभिभलगायत सहरको सडकमा उत्रिएर युद्ध अन्त्य र सबै बन्धकको सुरक्षित फिर्तीको माग गर्ने तयारी भइरहेका बेला आएको हो । यसअघि हमासले कुपोषित दुई इजरायली बन्धकको भिडियो सार्वजनिक गरेको थियो, जसमा एक बन्धकलाई आफ्नो चिहान खन्दै गरेको देखाइएको थियो । यी दृश्यहरूले बन्धकका परिवारसँगै इजरायली सरकार र उसका सहयोगी राष्ट्रहरूमा तीव्र आक्रोश पैदा गरेको थियो ।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार २०२३ अक्टोबरदेखि सुरु भएको युद्धमा इजरायली आक्रमणबाट कम्तीमा ६५ हजार २०८ प्यालेस्टिनी मारिएका छन् र १ लाख ६६ हजार २७१ जना घाइते भएका छन् । गत मार्च १८ मा युद्धविराम भंग भएयता मात्रै १२ हजार ६५३ को मृत्यु र ५४ हजार २३० घाइते भएको मन्त्रालयले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: