Khabar Dabali ५ पुष २०८२ शनिबार | 20th December, 2025 Sat
Investment bank

पूर्वी नेपालमा अलैँचीको बजार मूल्यमा गिरावट

खबरडबली संवाददाता

झापा । नगदे बाली अलैँचीको बजार भाउमा गिरावट आएको छ ।  नेपाल अलैँची व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष दीपक नेपालले प्रमुख व्यापारिक केन्द्र बिर्तामोडमा शुक्रबार अलैँची प्रतिमन (४० किलो) विभिन्न ग्रेडअनुसार रु ८१ हजारदेखि रु ९२ हजारसम्ममा बिक्री भइरहेको बताए । सबैभन्दा राम्रो गुणस्तरको अलैँचीलाई ‘बोल्ड’ भनिन्छ । उनका अनुसार ‘बोल्ड’ अलैँचीको अहिलेको बजार भाउ प्रतिमन रु ९२ हजार रहेको छ । सामान्य गुणस्तरको अलैँची ‘चालु’ भनेर चिनिन्छ । जसको भाउ प्रतिमन रु ८१ हजार रहेको छ ।

मध्यम गुणस्तर अर्थात् ‘जेजे’ भनेर चिनिने अलैँचीको भाउ प्रतिमन रु ८४ हजार रहेको अध्यक्ष नेपालले जानकारी दिए । भदौ पहिलो साता अलैँचीको बजार मूल्य अकासिएको थियो । त्यसबेला प्रतिमन रु ९४ हजारसम्ममा अलैँची खरिद–बिक्री भएको थियो ।

दसैँको सङ्घारमा किसानले घरायसी गर्जो टार्नका लागि सानो मात्रामा अलैँची बजारमा बिक्री गर्न थालेको र अहिले लेकाली अलैँची धमाधम सुकाउने कार्य भइरहेको हुँदा बजारमा अझै धेरै अलैँची आउन बाँकी नै रहेको अध्यक्ष नेपालले बताए । 

नेपालको ४२ जिल्लामा अलैँची खेती हुने गरेको छ । कोशी प्रदेशका इलाम, पाँचथर, ताप्लेजुङ, सङ्खुवासभा, खोटाङ, भोजपुर र तेह्रथुम जिल्लामा अलैँची अत्यधिक खेती हुँदै आएको छ । अलैँची व्यवसायी महासङ्घका अनुसार कोशी प्रदेशको सात हजार ५०० हेक्टर र मुलुकभर १७ हजार हेक्टर क्षेत्रफलमा अलैँची खेती हुन्छ । नेपालमा यसको कुल उत्पादन आठ हजार मेट्रिक टनसम्म छ । उत्पादनको पाँच प्रतिशत मात्र घरेलु खपत भएकाले ९५ प्रतिशत उत्पादन विदेश निकासी हुँदै आएको छ ।

आर्थिक वर्ष २०८१र८२ मा पूर्वी नाका काँकडभिट्टा भएर रु सात अर्ब ६७ करोडको नेपाली अलैँची भारत निर्यात भएको मेची भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपा सभापति रवि लामिछाने धरौटीमा रिहा

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...

कास्कीमा हजुरआमा हत्या अभियोगमा नाति पक्राउ

लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending