काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबाट कारबाहीमा परेका र पार्टी छोडेका नेताहरूले नयाँ राजनीतिक दल गठन गरेका छन् ।
मधेस प्रदेशको राजधानी जनकपुरमा डा. सञ्जयकुमार साहको अध्यक्षतामा दुई दिनसम्म चलेको बैठकपछि विद्रोही समूहले ‘जनस्वराज’ नामक पार्टी घोषणा गरेको हो ।
पार्टी सामूहिक नेतृत्वमा सञ्चालन हुने भएकोले अध्यक्ष तोकिएको छैन । “हामी विभिन्न विभाग बनाएर जिम्मेवारी बाँड्छौँ,” पार्टीका नेता ई. दीपक साहले भने । उनका अनुसार राजनीतिक संगठन विभागको जिम्मेवारी साह (ई. दीपक) स्वयंले पाएका छन्, आर्थिक विभाग ई. सुरेन्द्रनारायण यादवले सम्हाल्ने छन् भने प्रशिक्षण विभागको जिम्मेवारी डा. सञ्जयकुमार साहलाई दिइएको छ । अन्य नेताहरूलाई पनि क्रमशः विभागीय जिम्मेवारी दिने तयारी छ ।
ई. दीपक साह र ई. यादव दुवै जनमत पार्टीका पूर्वउपाध्यक्ष र कोषाध्यक्षसमेत रहेकामा अध्यक्ष राउतले उनीहरूलाई कारबाही गरेर निष्कासन गरेका थिए । यसअघि जेनजी आन्दोलनपछि उपाध्यक्ष अब्दुल खानको नेतृत्वमा केही नेताहरू विद्रोह गरी पार्टी छाडेका थिए । हाल उनीहरू नयाँ दलमा औपचारिक रूपमा नहुँदा पनि निरन्तर संवाद भइरहेको साहले जानकारी दिए ।
नवगठित जनस्वराज पार्टीले व्यक्तिवादभन्दा सामूहिक सहभागिता, पदभन्दा जिम्मेवारी र जवाफदेहिता, विभाजनभन्दा एकता र समानताको सिद्धान्तमा जोड दिएको छ । पार्टीको दृष्टिकोण जनताले आफ्नै शासन गर्ने व्यवस्था, इमानदार र साझा नेतृत्वको विकासमा केन्द्रित छ ।
पार्टीका प्रमुख उद्देश्यमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचारमुक्त र पारदर्शी राजनीति, स्थानीय स्वायत्तता, जनताको प्रत्यक्ष सहभागिता, तथा कार्यकारी राष्ट्रपति प्रणालीको अवलम्बन समावेश छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: