काभ्रे । दशैं नजिकिँदै गर्दा चीनसँग जोडिएका रसुवागढी र तातोपानी नाका अवरुद्ध भएका छन् । यी नाकाबाट दशैंका लागि नेपाल ल्याइने सामानहरू चीनमै अड्किएका छन्, जसले व्यवसायी र स्थानीयवासीलाई समस्यामा पारेको छ ।
गत २४ असारमा रसुवागढी नजिकै ल्हेन्दे खोलामा आएको बाढीले यो नाका पूर्ण रूपमा बन्द छ । यस्तै, अरनिको राजमार्गमा विभिन्न स्थानमा गएको पहिरोका कारण तातोपानी नाका गत ७ साउनदेखि अवरुद्ध छ । भोटेकोशी गाउँपालिकाको डाक्लाङदेखि लिपिङ सडकखण्डमा लेदोसहितको पहिरोले करिब १,५०० कन्टेनरहरू चीन र राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका छन् ।
सडक भासिनुको कारण र अवस्था अरनिको राजमार्गको भोटेकोशी गाउँपालिका क्षेत्रमा झन्डै ५०० मिटर सडक भासिएको छ । सडक विभागको टोलीले गरेको अनुगमनअनुसार इकोमा २५० मिटर, डाक्लाङमा ११० मिटर, पान्थलीमा १०० मिटर, लार्चेमा २५ मिटर र घट्टेखोलामा १० मिटर सडक भासिएको छ । भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्षका अनुसार तल भोटेकोशी नदीको कटान र माथिबाट निरन्तर खस्ने लेदो–ढुंगासहितको पहिरो मुख्य कारण हुन् ।
“सडक बनाए पनि वर्षात्सँगै माथिबाट आएको लेदोसहितको पहिरोले बगाइदिन्छ,” वडाध्यक्षले भने, “दिउँसो मर्मत गरे पनि राति पानी पर्दा सडक बग्ने समस्या छ । दीर्घकालीन समाधान आवश्यक छ ।” इको पहिरोमा गत ५ भदौमा एकतर्फी सञ्चालनमा आएको सडक तीन दिनमै पुनः अवरुद्ध भएको छ ।
सडक खुलाउन प्रयास सडक अवरुद्ध हुँदा स्थानीय र व्यवसायी मर्कामा परेपछि भोटेकोशी गाउँपालिका–२ का वडाध्यक्ष कुमार श्रेष्ठको नेतृत्वमा स्थानीयहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटेका थिए । मन्त्री घिसिङले तातोपानी नाका जोड्ने अरनिको राजमार्ग दुई दिनभित्र खुलाउन सडक विभागलाई निर्देशन दिएका छन् ।
निर्देशनपछि सडक विभागका महानिर्देशक डा. विजय जैसीसहितको टोलीले अवरुद्ध सडकको स्थलगत अनुगमन गरेको छ । महानिर्देशक जैसीले एक हप्ताभित्र एकतर्फी सडक सञ्चालनमा ल्याउने र कात्तिक मसान्तसम्म दीर्घकालीन मर्मत गर्ने योजना रहेको बताए । “भोटेकोशीको कटान र माथिबाट खस्ने लेदो–पहिरोले सडक खुलाउन कठिनाइ भएको छ,” उनले भने, “अल्पकालीन रूपमा तत्काल सडक खोल्ने र दीर्घकालीन निर्माणको काम अघि बढाउँछौं ।”
बस्ती जोखिममा भोटेकोशी गाउँपालिकाका गुम्बाडाँडा, मिलन बजार, लालवीर चोक, चौकीडाँडा, कोदारी गुम्बा, कुदुङ, ताक्पासा, तार्तुङ, क्युसा, छेर्माङ, डमार र तामाङ गुम्बा गाउँ पहिरोको उच्च जोखिममा छन् । इको पहिरोका कारण चौकीडाँडा, गुम्बाडाँडा र कोदारी गुम्बा क्षेत्रका १०० घरधुरी जोखिममा परेका छन् ।
स्थानीयहरूले बस्ती जोगाएर बलियो सडक निर्माण गर्न माग गरेका छन् । सुरुमा बस्ती जोखिममा पर्ने डरले सडक निर्माणमा असहमति जनाए पनि सरोकारवालाहरूसँगको छलफलपछि अस्थायी रूपमा एकतर्फी सडक सञ्चालन गर्ने सहमति भएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: