सल्यान । सल्यानमा पाँच वर्षको अन्तरालमा ५३ किलोमिटर सडक कालोपत्रे भएको छ । कर्णाली प्रदेशमार्फत जिल्लाका मुख्य र ग्रामीण सडकहरू कालोपत्रे भएपछि सवारी आवागमन छिटोछरितो भएको छ ।
कर्णाली प्रदेशको राजधानी जोड्ने खलंगा–बालुवासाग्रही सडकको ट्रयाक तीन दशकअघि नै खुलेको हो । तर, कालोपत्रे भने ०७७ सालबाट मात्रै सुरु गरियो । दशकौंसम्म प्राथमिकतामा नपरेको यो सडक, प्रदेश सरकार बनेपछि राजधानी सुर्खेत जोड्ने लाइफलाइन बनेको छ । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरिए पनि निर्माण व्यवसायीको ढिलासुस्तीले कामले अपेक्षित गति लिन सकेन ।
लामो प्रतीक्षापछि सडक कालोपत्रे पूरा भएपछि सवारी आवागमन सहज भएको बनगाड कुपिण्डे नगरपालिकाका गोविन्द कुँवर बताए। उनले सल्यानको प्रमुख पर्यटकीय स्थल कुपिण्डे ताल जाने पनि यही सडक प्रयोग हुने हुँदा सडक कालोपत्रे भएसँगै तालसम्म पुग्ने पर्यटकलाई समेत सहज भएको बताए।
थारमारे बडागाउँ हुँदै रूकुम पश्चिमको चौरजहारी जोड्ने सडक पनि कालोपत्रे भएपछि स्थानीय खुसी भएका छन् । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्य हुने उक्त सडक पिच भएसँगै यात्रुहरूले विगतको सास्तीबाट मुक्ति पाएका छन् । थारमारेदेखि बडागाउँसम्म १८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने बाँकीमा काम जारी छ ।
लामो समयदेखि अधुरो रहेका अन्य ग्रामीण सडक पनि कालोपत्रे भएपछि राहत मिलेको कुमाख गाउँपालिका– ६ का पुर्णबहादुर खत्रीको भनाइ छ । उनले सडक पिच भएसँगै गाउँघरमा उत्पादन भएको कृषिजन्य वस्तु बजारसम्म पुर्याउन सजिलो भएको बताए ।
त्यस्तै, लुहाम–काभ्रा–कालीकाटी १६ किलोमिटर सडक कालोपत्रे भएको छ । जिल्लाका लाइफलाइनका रूपमा रहेका अन्य छायाछेत्र शत्तिपीठ सडक, छात्राक्षेत्र लैसे सडकलगायतका सडकहरू कालोपत्रे भएका छन् ।
ग्रामीण सडकको स्तरोन्नतिले जनजीवन सहज बनाइरहँदा अपेक्षाअनुसार कामको गति भने लिन सकेको देखिँदैन । गत आर्थिक वर्ष ०८१/८२ मा २० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखिएकोमा १५ किलोमिटर कालोपत्रे भएको पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख इन्जिनियर नवीन थापाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: