Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

सल्यानका ग्रामीण सडकहरू कालोपत्रे बन्दै

खबरडबली संवाददाता

सल्यान । सल्यानमा  पाँच वर्षको अन्तरालमा ५३ किलोमिटर सडक कालोपत्रे भएको छ । कर्णाली प्रदेशमार्फत जिल्लाका मुख्य र ग्रामीण सडकहरू कालोपत्रे भएपछि सवारी आवागमन छिटोछरितो भएको छ । 

कर्णाली प्रदेशको राजधानी जोड्ने खलंगा–बालुवासाग्रही सडकको ट्रयाक तीन दशकअघि नै खुलेको हो । तर, कालोपत्रे भने ०७७ सालबाट मात्रै सुरु गरियो । दशकौंसम्म प्राथमिकतामा नपरेको यो सडक, प्रदेश सरकार बनेपछि राजधानी सुर्खेत जोड्ने लाइफलाइन बनेको छ । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित काम सुरु गरिए पनि निर्माण व्यवसायीको ढिलासुस्तीले कामले अपेक्षित गति लिन सकेन ।

लामो प्रतीक्षापछि सडक कालोपत्रे पूरा भएपछि सवारी आवागमन सहज भएको बनगाड कुपिण्डे नगरपालिकाका गोविन्द कुँवर बताए। उनले सल्यानको प्रमुख पर्यटकीय स्थल कुपिण्डे ताल जाने पनि यही सडक प्रयोग हुने हुँदा सडक कालोपत्रे भएसँगै तालसम्म पुग्ने पर्यटकलाई समेत सहज भएको बताए।  

थारमारे बडागाउँ हुँदै रूकुम पश्चिमको चौरजहारी जोड्ने सडक पनि कालोपत्रे भएपछि स्थानीय खुसी भएका छन् । बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्य हुने उक्त सडक पिच भएसँगै यात्रुहरूले विगतको सास्तीबाट मुक्ति पाएका छन् ।  थारमारेदेखि बडागाउँसम्म १८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने बाँकीमा काम जारी छ ।

लामो समयदेखि अधुरो रहेका अन्य ग्रामीण सडक पनि कालोपत्रे भएपछि राहत मिलेको कुमाख गाउँपालिका– ६ का पुर्णबहादुर खत्रीको भनाइ छ । उनले सडक पिच भएसँगै गाउँघरमा उत्पादन भएको कृषिजन्य वस्तु बजारसम्म पुर्‍याउन सजिलो भएको बताए । 

त्यस्तै, लुहाम–काभ्रा–कालीकाटी १६ किलोमिटर सडक कालोपत्रे भएको छ ।  जिल्लाका लाइफलाइनका रूपमा रहेका अन्य छायाछेत्र शत्तिपीठ सडक, छात्राक्षेत्र लैसे सडकलगायतका सडकहरू कालोपत्रे भएका छन् । 

ग्रामीण सडकको स्तरोन्नतिले जनजीवन सहज बनाइरहँदा अपेक्षाअनुसार कामको गति भने लिन सकेको देखिँदैन । गत आर्थिक वर्ष ०८१/८२ मा २० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य राखिएकोमा १५ किलोमिटर कालोपत्रे भएको पूर्वाधार विकास कार्यालय सल्यानका प्रमुख इन्जिनियर नवीन थापाले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending