Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

ताप्लेजुङका पहिरोपीडित एक सातादेखि त्रिपालमुनि

खबरडबली संवाददाता

ताप्लेजुङ । गत बुधबार (भदौ २४) बिहान मैवाखोला–६ का वडासदस्य पासाङ ग्याबु शेर्पालाई आफ्नै गाउँ फाकुम्बाको भित्तेटोलमा ठूलो पहिरो गएको खबर आयो । उनी साङ्रुपामा डेरी सञ्चालन गर्दै बस्दै आएका थिए। खबर सुनेलगत्तै करिब आधा घण्टाको पैदल यात्रापछि गाउँ पुगेका शेर्पाले देखेको दृश्य अझै पनि उनका लागि पीडादायी छ ।

अबिरल वर्षाका कारण आएको पहिरोले ७१ वर्षीय लाक्पा खाण्डु शेर्पा र निङ्मा लाकी शेर्पाको ज्यान लियो। लाक्पाकी भाइबुहारी निङ्मा महिला समूहको बैठकमा जाँदै गर्दा बाटैमा पहिरोले बगाएको थियो। लाक्पाकी १४ वर्षीया नातिनी निमा याङजी, ११ वर्षीय नाती दारेञ्जेन र छिमेकी १३ वर्षीय टासी जाङबु घाइते भए।

जिल्ला प्रहरी कार्यालयका अनुसार तीन घर विस्थापित भएका छन्। तर वडासदस्य पासाङका अनुसार ११ घर विस्थापित छन्, जसमध्ये तीन घरपरिवार एक सातादेखि त्रिपालमुनि आश्रय लिईरहेका छन्। अन्य सात परिवार आफन्तकहाँ र मृतक लाक्पाका नातिनी निमा तथा नाती दारेञ्जेन नजिकैको गुम्बामा बस्दै आएका छन् ।

पहिरोले घर मात्र होइन, गाउँको मुख्य आम्दानीको स्रोत अलैंचीसमेत नष्ट गरेको छ। “पाक्न लागेको करिब २० मन अलैंची पहिरोले बगायो,” वडासदस्य पासाङ भन्छन्, “अहिले प्रतिमन ८० हजारभन्दा बढी मूल्य छ, तर हामीले दसैं मनाउने आधार पनि गुमायौं ।”

मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार ११ घरपरिवार विस्थापित छन्। “हामीले स्थलअनुगमन गर्यौं, तर बाटो अति कठिन छ,” उनले भने, “केही दिनमै राहत सामग्री लिएर जाने तयारी छ।” उनका अनुसार गाउँपालिकाका अन्य वडामा पनि घरहरू जोखिममा छन्, जसको दीर्घकालीन पुनस्र्थापना संघीय सरकारको सहयोगबिनै सम्भव छैन।

हजुरबुवा लाक्पा खाण्डुसँग बस्दै आएका निमा र दारेञ्जेनको आमा दोस्रो विवाह गरेर गएकी छन् भने बुबा वैदेशिक रोजगारीमा छन्। हजुरबुवाको निधनसँगै उनीहरू अभिभावकविहीन बनेका छन्। घाइते निमा स्वास्थ्य चौकीमा उपचारपछि गुम्बामा बसिरहेकी छन् भने दारेञ्जेन जिल्ला अस्पतालमा उपचारपछि फर्किएका छन्।

पहिरोपीडितहरू छिमेकीको सहयोगमा गुजारा चलाइरहेका छन्। उनीहरू राहत र स्थायी बासको प्रतीक्षामा छन्।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending