Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

थारु समुदायमा ‘सिकलसेल एनिमिया’को ‘स्क्रिनिङ टेस्ट’

खबरडबली संवाददाता

कञ्चनपुर । थारू समुदायमा रहेको वंशाणुगत रोग ‘सिकलसेल एनिमिया’ पहिचानका लागि रगत परीक्षणलाई उच्च प्राथमिकता दिइएको छ ।  

स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टले थारु समुदायको बाहुल्यता रहेका पालिकामा रगत परीक्षण शिविर नै सञ्चालन गरिएको जानकारी दिए ।  

उनका अनुसार कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा दुई हजार चार सय दुई जनाको रगत परीक्षण गर्दा दुई सय २९ पोजेटिभ पत्ता लागेको छ । 
उनीहरूको अन्तिम परीक्षण गर्दा दुई सय १३ जना सिकलसेल बाहक १० जनामा थालेसिमिया र ६ जना सिकलसेल रोगी पत्ता लागेका छन् ।

पुनर्वास नगरपालिकामा ९ सय ७६ जनाको रगत परीक्षण गर्दा ९८ जनामा पोजेटिभ देखिएको थियो । जसको अन्तिम परीक्षण गर्दा ७९ जनामा बाहक (ट्रेट)देखा परेको थियो । 

एक सय ११ जनामा ट्रेटसँगै विटा थालेसिमिया र तीन जनामा विटा थालेसिमिया होमोजाइगोस पत्ता लागेको थियो । त्यसैगरी भीमदत्त नगरपालिकामा आठ सय ६६ जनाको रगत परीक्षण गर्दा ९९ जना पोजेटिभ भेटिएका छन् ।

जसको अन्तिम परीक्षण गर्दा ७७ जना सिकलसेल ट्रेट, १८ जना सिकलसेल ट्रेटसँगै बिटा थालेसिमिया र चार जनामा सिकलसेल पत्ता लागेको थियो । 

स्वास्थ्य कार्यालयले थारु समुदायमै गएर स्क्रिनिङ टेस्ट गरेको थियो । स्क्रिनिङ टेष्टमा पोजेटिभ देखिएका व्यक्तिको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा नमुना लगेर परीक्षण गरिएको थियो । 

थारु समुदायको बाहुल्यता भएको बेलौरी नगरपालिकामा एक हजार तीन सय जनाको रगत परीक्षण गरिएको थियो । जसमा एक सय १४ जना पोजेटिभ देखिएका थिए ।

अन्तिम परीक्षण गर्दा एक सय ३२ जनामा सिकलसेल बाहक, पाँच जनामा थालेसिमिया र पाँच जना सिकलसेल रोगी पत्ता लागेका थिए । 

स्वास्थ्य कार्यालयका सिकलसेल एनिमिया तथा थालेसिमिया रोगसम्बन्धी स्रोत व्यक्ति सिद्धराज भट्टका अनुसार कञ्चनपुरको विभिन्न पालिकामा स्क्रिनिङ परीक्षण गरिएको बताए ।

“बाहक (ट्रेट) देखा परेकाहरूको  रगतको अन्तिम चेक गर्दा धेरैमा सिकलसेल एनिमिया भएको पुष्टि भएको छ ।” भट्टले भन्नुभयो–“हरेक एक सय जनाको परीक्षणमा आठ जना बिरामी देखिएका छन् ।”

उनले बाहक(ट्रेट) देखा परेका महिला पुरुषले विवाह गर्दा रगत परीक्षण गरेर मात्रै गर्नुपर्ने बताए । “बाहक(ट्रेट) देखा परेका महिला पुरुषले विवाह गरे उहाँहरूबाट जन्मिने व्यक्ति पनि रोगी जन्मन्छ ।” उनले भने–“त्यसैले विवाह गर्नुभन्दा पहिले रगत परीक्षण गरेर मात्रै विवाह गर्नु उपयुक्त हुन्छ ।” 

हेमोग्लोबिनसँग सम्बन्धित खराबीको कारणले हुने समस्या विश्वमा ५ प्रतिशत भन्दा बढी भएको तथ्याङ्क छ । तीमध्ये सबै भन्दा बढी देखापरेको समस्या सिकलसेल एनिमिया र थालेसिमिया रहेको उनको भनाइ छ । नेपालमा पनि खास गरी थारु चौधरी समुदायमा यो रोगको प्रकोप उच्च रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । 

केही समयअघि नेपाल सरकार, स्वास्थ्य अनुसन्धान परिषद्सँग त्रिभुवन विश्वविद्यालय ट्रफल अनुसन्धान प्रयोगशालाले गरेको अनुसन्धानमा पश्चिम नेपालका अविवाहित थारु समुदायका महिलाको डीएनए परीक्षण गर्दा १८ प्रतिशत व्यक्तिमा सिकलसेल हेटरोजाइगस ट्रेट रहेको पाइएको उनले बताए ।

थारु चौधरी समुदायमा यो रोग एउटा प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहेको र समयमै यसको रोकथामका उपाय अवलम्बन गर्न नसकिए अवस्था झन् भयावह हुनसक्ने भएकाले कञ्चनपुरका थारु चौधरी समुदायको बसोबास उच्च रहेका पालिकामा यो रोगको पहिचान तथा निदानको लागि स्वास्थ्य कार्यालयले रगत परीक्षण गरेको भट्टले बताए । 

“सिकल सेल एनिमिया र थालेस्मिया व्यक्तिको जिन सम्बन्धी खराबीको कारणले हुन्छ रोगसँग सम्बन्धित सानो खराबी भएको अवस्थालाई ट्रेट भनिन्छ,” भट्टले भने,“केटा मान्छेमा ट्रेट छ र उसको विवाह ट्रेट भएको केटी मान्छेसँग भयो भने त्यसबाट जन्मने २५ प्रतिशत बच्चाहरुमा सिकल सेल रोग भएर जन्मने गर्छन् ।”

ट्रेट भएको व्यक्तिलाई शारीरिक रूपमा खासै समस्या नदेखिने र समस्या देखिए पनि सामान्य खालको हुने उहाँले बताए । सिकलसेल रोग भएमा थकाइ लाग्ने, श्वास प्रश्वासमा समस्या हुने, छाती, पेट, हातखुट्टाको कुर्कुच्चा दुख्ने, आँखामा समस्या देखापर्ने, ज्वरो आउने, बान्ता हुने, खोकी लाग्ने लक्षण देखापर्ने गर्दछन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending