काठमाडौं । सरकारले प्रतिनिधि सभा निर्वाचन २०८२ फागुन २१ गते हुने घोषणा गरेसँगै प्रमुख राजनीतिक दलका नेताहरूले पार्टी संगठनलाई चुनावी तयारीमा जुट्न निर्देशन दिन थालेका छन् ।
नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का नेताहरूले निर्वाचन नै वर्तमान अवस्थाबाट अघि बढ्ने उचित बाटो भएको बताँँउदै निर्वाचनकाे तयारीमा जुट्न निर्देशन दिन थालेका हुन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश कमिटी र जनवर्गीय संगठनलाई भर्चुअल माध्यमबाट निर्वाचन तयारीमा लाग्न निर्देशन दिएका छन् । सचिव देवेन्द्र पौडेलका अनुसार प्रचण्डले चुनावको मिति घोषणा भइसकेकाले अब पार्टीलाई प्रत्यक्ष रूपमा निर्वाचन सामना गर्नुपर्ने बताएका छन् ।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले निर्धारित समयमा स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव हुन सके दलहरूले सहभागी हुनुपर्ने बताए । तर यसबारे पार्टीको आधिकारिक निर्णय बैठकबाट हुने उनको भनाइ छ । संसद् विघटनको संवैधानिक निकास आवश्यक रहेको उल्लेख गर्दै परियारले त्यसो नहुँदा असंवैधानिक भनिएका एजेन्डा जनतामा लैजानु नै उत्तम विकल्प हुन सक्ने धारणा राखे ।
नेकपा (एमाले) का उपमहासचिव एवं प्रवक्ता प्रदीप ज्ञवालीले लोकतन्त्रमा चुनावले असामान्य अवस्था सामान्य बनाउने महत्वपूर्ण माध्यम भएको बताए । “चुनाव हुने स्थितिमा एमाले दृढतापूर्वक सहभागी हुन्छ,” उनले भने, “तर त्यहाँसम्म पुग्न सकिन्छ कि सकिँदैन भन्नेमा गम्भीर चिन्ता छ ।” ज्ञवालीले संसद् विघटन वैधानिक तरिकाले टुङ्गो लगाउनुपर्नेमा पनि जोड दिए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कवीन्द्र बुर्लाकोटीले शान्तिपूर्ण लोकतान्त्रिक विधिबाट भ्रष्टाचार, बेथिति र अत्याचार अन्त्य गर्ने माध्यम निर्वाचन भएकाले चुनाव समयमै हुनुपर्ने बताए । उनले परिवर्तित परिस्थितिले राज्यको सुधार खोजेको र त्यसका लागि सुधार गर्न सक्षम जनप्रतिनिधि आवश्यक भएको उल्लेख गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: