पेरिस । पेरिसस्थित एक ‘नेचुरल हिस्ट्री म्युजियम’बाट छ लाख युरो (सात लाख अमेरिकी डलर) मूल्य बराबरको सुनका वस्तु चोरी भएका सङ्ग्रहालयले बुधबार जानकारी गराएको छ । डायनासोरको कङ्काल र ट्याक्सिडर्मीको लागि प्रसिद्ध, फ्रान्सको राजधानी पेरिसको सुन्दर पाँचाैँ जिल्लामा रहेको राष्ट्रिय प्राकृतिक इतिहास सङ्ग्रहालयमा भूविज्ञान र खनिज ग्यालरी पनि रहेका छन् ।
पेरिसवासी र पर्यटकबिचमा लोकप्रिय सङ्ग्रहालय स्थलमा चोरी भएको मङ्गलबार बिहान पत्ता लागेको हो । चोरले ‘एङ्गल ग्राइन्डर’ र ‘ब्लो टर्च’को प्रयोग गरेर नदी किनारमा अवस्थित सङ्ग्रहालय स्थलमा प्रवेश गरेका थिए । सङ्ग्रहालयको प्रेस कार्यालयले मङ्गलबार अबेर एएफपीलाई दिएको जानकारीमा भनिएको छ, “सङ्ग्रहालयले राखेको राष्ट्रिय सङ्कलनबाट धेरै नमूना चोरी भएको हो ।”
सङ्ग्रहालय स्रोतले भनेको छ, “चोरी गरिएका नमूना कच्चा सुनको मूल्यको आधारमा लगभग छ लाख यूरो मूल्य हो । यद्यपि, वस्तुको ऐतिहासिक तथा कलात्मकताका कारण तिनीहरू यो भन्दा बढी मूल्यवान् थिए ।” चोरी भएका वस्तुमा प्रयोग भएको सुन मिश्र धातु हो जुन उनीहरूको प्राकृतिक रूपमा सुन र चाँदीको मिश्रण रहेको थियो ।
प्रहरी स्रोतले पेरिसको एक पत्रिकालाई दिएको जानकारीमा सङ्ग्रहालयको सुरक्षार्थ सेन्सर जडित घन्टी र सुरक्षा सम्बन्धी प्रणाली जुलाईमा भएको साइबर आक्रमणबाट चल्न छोडेको थियो । “हामीलाई जानकारी भएसम्म चोरीमा एक अत्यन्त पेशेवर टोली संलग्न रहेको थियो । उनीहरूलाई चोरी गर्दा कहाँ जाने र व्यावसायिक उपकरणको कसरी प्रयोग गर्ने पूर्णरूपमा जानकारी भएको हुनुपर्छ,” सङ्ग्रहालयका निर्देशक इमानुएल स्कोलियोसले बिएफएम टिभी च्यानलसँग भने । “यो बिल्कुल संयोग थिएन, तिनीहरू यी विशिष्ट वस्तुहरूका लागि नै गएका थिए,” उनले थपे ।
सङ्कटको अवस्था
चोरीपछि सङ्ग्रहालयले मङ्गलबार आफ्नो खनिज ग्यालरी बन्द गरी अन्य क्षतिका लागि यसको सङ्ग्रह जाँच गरेको छ । यसको एउटा खजाना ८.५ सेन्टिमिटर (३.३–३.५ इन्च) मापन गरिएको छ र एक धनी फ्रान्सेली सङ्ग्रहकर्ताले सङ्ग्रहालयलाई उपहार दिएका थिए ।
“विशेष गरी सांस्कृतिक संस्था र सङ्ग्रहालयमा हालैका महिनामा धेरै सार्वजनिक सङ्ग्रह चोरीको निशानामा परेका छन्,” सङ्ग्रहालयले थप्यो । अन्य डकैतीको बारेमा विस्तृत विवरण दिइएको छैन । मध्य फ्रान्सको लिमोजेसमा रहेको एड्रियन डुबोचे राष्ट्रिय सङ्ग्रहालयमा यस महिनाको सुरुमा चोरी भएको थियो ।
“यसअघि, चोरले राष्ट्रिय सम्पत्तिको रूपमा वर्गीकृत चिनियाँ पोर्सिलेनमा दुई व्यञ्जन र फूलदान चोरेका थिए, जसमा ६.५ मिलियन युरो क्षति भएको अनुमान गरिएको थियो ।” केही दशक यता भएका केही कुख्यात सङ्ग्रहालय डकैतीमध्ये पेरिसको ‘मुसी डी आर्ट मोडर्न’ सन् २०१० मेमा भएको चोरी थियो । रासस/एएफपी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: