बगदाद । इराक सरकारले जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण गर्नका लागि सन् २०२५ देखि २०३० सम्म लागु हुने जलवायु लगानी योजना (सिआइपी)को पहिलो चरण घोषणा गरेको छ ।
यो घोषणा इराकी राष्ट्रिय लगानी आयोगले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको सहकार्यमा बग्दादमा आयोजना गरिएको कार्यशालामा मङ्गलबार गरेको हो । आयोगका अध्यक्ष हैदर मोहम्मद माकियाले उक्त योजना इराक सरकारले अघि सारेको एउटा दीर्घकालीन रणनीतिक परियोजना भएको बताएका छन् ।
उनका अनुसार जलवायु परिवर्तनका असर इराकमा दिन प्रतिदिन गहिरिँदै गएका छन्, जसको प्रत्यक्ष प्रभाव पानी स्रोत, कृषि प्रणाली र प्राकृतिक वातावरणमा देखिन थालेको छ । उनले स्पष्ट पारेअनुसार योजना लागू गर्ने पहिलो चरणमा पाँच वटा प्रमुख क्षेत्रलाई प्राथमिकता दिइएको छ ।
ती क्षेत्रमा ऊर्जा तथा नवीकरणीय ऊर्जा, कृषि, उद्योग, जल स्रोत व्यवस्थापन तथा नवीनतम समाधान र प्रविधिको प्रयोग समावेश छन् । माकियाले यो योजना केवल एक सरकारी दस्तावेज मात्र नभएर सम्पूर्ण राष्ट्रको दीगो र सन्तुलित विकासलाई लक्षित गर्दै तयार पारिएको मार्गचित्र भएको बताए । यस योजनाबाट इराकका सबै प्रान्त लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ ।
इराकले जलवायु परिवर्तनका असरलाई दीर्घकालीन रूपमा नियन्त्रणमा लिन र देशको वातावरणीय अवस्थालाई सुदृढ बनाउने उद्देश्यका साथ यस योजनाको कार्यान्वयन अघि बढाएको हो । यो योजनाले वातावरणीय समस्या समाधान गर्नुका साथै आर्थिक विकास, स्रोत व्यवस्थापन र सामाजिक समावेशीतालाई समेत सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: