आबिदजान । मोटरसाइकलमा आएका बन्दुकधारीले पश्चिमी नाइजरमा २२ जना गाउँलेलाई गोली हानी हत्या गरेका छन् । मारिने मध्ये धेरै बप्तिस्मा समारोहमा सहभागी रहेका थिए । घटना सोमबार तिलाबेरी क्षेत्रमा भएको हो ।
उक्त क्षेत्रमा अल-कायदा र इस्लामिक स्टेट (आइएस)सँग सम्बन्धित जिहादी समूह सक्रिय छन् । टाकौबट गाउँमा आयोजित बप्तिस्मा समारोहमा १५ जनाको मृत्यु भएको एक स्थानीय बासिन्दाले एएफपीलाई बताएका छन् । उनका अनुसार आक्रमणकारीले त्यसपछि गाउँको बाहिरी क्षेत्रमा गएर थप सात जनाको हत्या गरेका थिए ।
स्थानीय सञ्चार माध्यम एल्मेस्ट्रो टिभीले ‘कुनै कारण वा औचित्यबिना २२ निर्दोष मानिसको कायरतापूर्ण हत्या’ भएको उल्लेख गरेको छ । मानवअधिकार कार्यकर्ता माइकौल जोडीले सामाजिक सञ्जालमा लेखेका छन्, “फेरि एक पटक तिलाबेरी बर्बरताले ग्रस्त भएको छ, निर्दोष परिवार शोक र निराशामा डुबेका छन् ।”
सन् २०२३ मा सत्तापलटपछि सत्तामा आएका नाइजरका सैन्य नेताले ठूलो सेनाको उपस्थिति कायम राखेका भएपनि तिलाबेरीमा जिहादी गतिविधि नियन्त्रण गर्न सङ्घर्ष गरिरहेका छन् । गत हप्ता मात्रै यस क्षेत्रमा करिब २० सैनिक मारिएका थिए । ह्युमन राइट्स वाचले नाइजरका अधिकारीलाई नागरिकलाई जोगाउन ‘अझ बढी गर्न’ आग्रह गरेको छ ।
अधिकार अनुगमन समूहका अनुसार मार्चदेखि इस्लामिक स्टेट समूहले पाँच आक्रमणमार्फत तिलाबेरीमा एक सय २७ भन्दा बढी गाउँले र मुस्लिम उपासकलाई ‘संक्षिप्त मृत्युदण्ड’ दिएको छ । यस्तै, विश्वव्यापी द्वन्द्व निगरानी संस्था एसिएलइडीले सन् २०२४ अक्टोबरयता नाइजरमा भएका आक्रमणमा करिब एक हजार आठ सय मानिस मारिएको जनाएको छ ।
यसको तीन चौथाइ तिलाबेरीमै भएको हो । नाइजर र छिमेकी बुर्किना फासो तथा माली, सबै सैन्य कू नेताको शासन अन्तर्गत छन् । यी देशले सार्वभौम नीति अपनाउने भन्दै जिहादीविरुद्ध संयुक्त रूपमा लडिरहेका फ्रान्सेली र अमेरिकी सेनालाई निष्कासन गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...



प्रतिकृया लेख्नुहोस्: