उदयपुर । उदयपुरकाे त्रियुगा नगरपालिकाका पूर्वमेयर बलदेव चाैधरीकाे घरमा जेनजी आन्दाेलनकाे क्रमा आगजनी र लुटपाट हुँदा करिव दुई कराेडकाे क्षति भएकाे छ । चाैधरीकाे त्रियुगा नगरपालिका –११ पुरानो गाईघाटकाे घरमा जेनजी आन्दोलनका क्रममा अज्ञात समूहले आगजनी र लुटपाट गर्दा क्षति भएकाे हाे ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सचिवसमेत रहेका चौधरीको घरमा भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा अज्ञात समूहले आगजनी र लुटपाट भएकाे थियाे । आज बुधबार पत्रकार सम्मेलन गर्दै चाैधरीले घटनाप्रति गहिरो दुःख व्यक्त गरी छानबिनको माग गरेका छन् ।
चाैधरीकाे विज्ञप्तिमा भनिएकाे छ-“नागरिकहरुको जीवनस्तर उकास्नका लागि काम गर्दै हिडेको बखत जेनजी आन्दोलनकै नाममा मेरो घरमा भएको आगजनी र व्यक्तिगत सम्पत्ति लुटपाटमा करिब एक करोड ९७ लाख रुपैया बराबरको क्षति हुन पुगेको छ । मेरो स्वर्गीय पीता र पीतामाताका र स्वर्गीय छोरा डा. मनोज चौधरीको तस्वीरहरुसमेत जलाइएको छ । यसले मेरो व्यक्तिगत भावनामा ठूलो ठेस लागेको छ ।”
“भ्रष्टाचार र कुशासनविरुद्धको लडाइँ मेरा लागि प्रमुख मुद्दा हो,” चौधरीले भने, “तर जनआन्दोलनको नाममा देशी–विदेशी शक्तिको चलखेल हुनसक्छ भन्नेबारे सबै सचेत रहनुपर्छ ।” उनले आन्दोलनका क्रममा ज्यान गुमाएका असली जेनजी युवाहरू र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
चौधरीले नेपाल सरकारसँग घटना छानबिन गरी आगजनी र लुटपाटमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन आग्रह गरेका छन् । साथै, उदयपुर जिल्ला पार्टी कार्यालयमा समेत तोडफोड र महत्वपूर्ण दस्तावेज नष्ट गरिएको भन्दै पार्टीका नेता तथा कार्यकर्तालाई सचेत रहन अनुरोध गरेका छन् ।
पत्रकार सम्मेलनमा उनले त्रियुगालाई उपमहानगर हुँदै महानगरमा रूपान्तरण गर्ने लक्ष्यसहित उदयपुरलाई आर्थिक तथा सामाजिक रुपान्तरणको मार्गमा अघि बढाउने आफ्नो संकल्प लिएकाे बताएका छन् ।
चाैधरीले विज्ञप्तिमा पुन: भनेका छन्, “अन्तमा जेनजी आन्दोलनको आवरणमा भएका आगजनी र लुटपाटको घटनाको छानवीन गरी त्यस्तो कार्यमा सलग्न सबैलाई पक्राउ गरी कानुनी राज्य र विधिको शासनको प्रत्याभूति गर्न नेपाल सरकारसँग माग गर्दछु । मेरो व्यक्तिगत सम्पति लुट्ने, आगजनी गर्ने सबैलाई पक्राउ गरी कानुनी कारवाहीको दायरामा ल्याउनको लागि आवश्यक कानुनी प्रकृया अघि बढाएको जानकारी पनि गराउन चाहान्छु ।”

.jpg)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: