काठमाडौँ । सरकारले यस वर्षको संविधान दिवस साधारण रूपमा मनाउने निर्णय गरेको छ । गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार जेन–जी आन्दोलनमा धेरै युवा सहिद भएका र धेरै घाइते भएकाले यस वर्ष उत्सवको माहोल सिर्जना गर्न नसकिने निष्कर्षमा सरकार पुगेको हो ।
मंगलबार ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा गृहमन्त्री अर्यालले सबै जिल्लामा साधारण र सांकेतिक कार्यक्रम मात्रै गर्न निर्देशन दिएका छन् । गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्यले पनि यही तयारी भइरहेको जानकारी दिए ।
‘देश अहिले शोकमा छ । जेन–जी आन्दोलनका सहिद र घाइतेप्रति सम्मान व्यक्त गर्दै संविधान दिवस मनाउने निर्णय गरिएको हो,’ गृहमन्त्री अर्यालले भने । २०७२ असोज ३ गते जारी संविधानको यो १०औँ वार्षिकोत्सव हो । पहिलो संविधानसभाबाट संविधान जारी हुन नसकेपछि दोस्रो संविधानसभाले संविधान पारित गरेको थियो । यस वर्ष सरकारले १ असोजलाई शोक दिवस घोषणा गर्दै राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय समेत गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री अर्याल दुवै संवैधानिक अभ्यासमा संलग्न व्यक्ति भएकाले पनि संविधान दिवसलाई सम्मानपूर्वक तर साधारण ढंगले मनाउने तयारी गरिएको बताइएको छ ।
सिंहदरबारको निर्देशनअनुसार संघ, प्रदेश र जिल्लास्तरमा न्यूनतम औपचारिक कार्यक्रम मात्रै हुनेछन् । नेपाली सेनाले पनि साधारण रूपमा संविधान दिवस मनाउने तयारी गरेको छ ।
यता नेकपा एमालेले देशभर संविधान दिवस मनाउन आफ्ना कार्यकर्तालाई निर्देशन दिएको छ । माओवादीले जेन–जी आन्दोलनका सहिदलाई दीप प्रज्वलन गरेर श्रद्धाञ्जली दिनेछ । नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सम्भव भएसम्म सीमित र शान्तिपूर्ण कार्यक्रम गर्ने तयारी गरेका छन् ।
सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै दलहरूले खुला सभा नगरी आ–आफ्नो स्थानअनुसार कार्यक्रम गर्न कार्यकर्तालाई भनिसकेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...
पौष ८ गते, २०८२ - १८:०९
कोलम्बो । भारत सरकारले श्रीलङ्कालाई हालै आएको चक्रवात दितवाहबाट भएको व्यापक क्षतिबाट पुनःउत्थान गर्न ४५ करोड अमेरिकी डलर बराबरको मानवीय तथा पुनर्निर्म...
पौष ८ गते, २०८२ - १८:०५
बाँके । अत्यधिक चिसो बढेपछि बाँकेमा स्थानीय तहले विद्यालय बन्द गरेका छन् । खजुरा गाउँपालिकाले अत्यधिक चिसोका कारण बालबालिकालाई विद्यालय आउन–जान असहजता...
पौष ८ गते, २०८२ - १८:०२
महोत्तरी । आउँदै गरेको फाल्गुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नं. ४ बाट नेपाली कम्युनिस्ट पार्टीका केन्द्री...
पौष ८ गते, २०८२ - १७:५९
मुस्ताङ । नेपाल–चीन उत्तरी कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएपछि विगत दुई वर्षदेखि माथिल्लो मुस्ताङका स्थानीयले रोजगारी प्राप्त गरेका छन् । कोरला न...
पौष ८ गते, २०८२ - १७:५६
सिराहा । जेन–जी आन्दोलनको मौका छोपेर गत २४ भदौमा विभिन्न कारागार र बाल सुधारगृहबाट फरार भएकामध्ये दुई नाबालकसहित ११ जनालाई सिराहा प्रहरीले पक्राउ गरेक...
पौष ८ गते, २०८२ - १७:५१
क्वालालम्पुर । मलेसियाको उच्च अदालतले सोमबार पूर्व प्रधानमन्त्री नजिब रजाकलाई भ्रष्टाचारसम्बन्धी सजायको बाँकी अवधि जेल बाहिर नजरबन्दमा बिताउन दिने माग...
पौष ८ गते, २०८२ - १७:४७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले पदबाट राजीनामा दिनु ‘बुद्धिमानी’ हुने धारणा व्यक्त गरेका छन् । अम...
पौष ८ गते, २०८२ - १७:४६
काठमाडौं । पोर्चुगल र रोमानिया पठाइदिने भन्दै १० लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो ।...
पौष ८ गते, २०८२ - १७:४४
कोपनहेगन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकालाई ‘राष्ट्रिय सुरक्षाका लागि’ ग्रिनल्यान्ड आवश्यक रहेको कुरा पुनः दोहोर्याएका छन...




प्रतिकृया लेख्नुहोस्: