Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

गाजामा इजरायली कारबाहीको राष्ट्रसङ्घद्वारा कडा निन्दा

खबरडबली संवाददाता

न्युयोर्क । गाजामा पछिल्लो दुई दिनयता इजरायली सैन्य कारबाही तीव्र बनेपछि संयुक्त राष्ट्रसङ्घले यसलाई कडा शब्दमा निन्दा गरेको छ । यस आक्रमणमा दर्जनौँ मानिसको मृत्यु हुनुका साथै धेरै घाइते भएको जनाइएको छ ।

संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले गाजा पट्टीमा ‘चरम भोकमरी र कठिनाइ झेलिरहेका’ नागरिकमा यस वृद्धिको विनाशकारी प्रभाव परेको बताए । उनले आफ्नो दैनिक पत्रकार सम्मेलनमा नागरिक र मानवीय कामदारको सुरक्षा सुनिश्चित गर्न तथा अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्न आह्वान गरे । 

डुजारिकले युएनआरडब्लुईका आयुक्त-जनरल फिलिप लाजारिनीको वक्तव्य उद्धृत गर्दै गाजा सहरमा एजेन्सीसँग सम्बन्धित १० भवन चार दिनमै बम प्रहारबाट नष्ट भएको जानकारी दिए । तीमध्ये सात वटा विद्यालय र दुई वटा स्वास्थ्य क्लिनिक रहेका थिए, जसलाई हजारौँ विस्थापित व्यक्तिले आश्रयका रूपमा प्रयोग गरिरहेका थिए ।

उनीका अनुसार दक्षिणतर्फ जान उपलब्ध एक मात्र मार्ग राशिद रोड अत्यधिक भीडभाडयुक्त भएको छ । विस्थापित व्यक्ति त्यही बाटो प्रयोग गर्न बाध्य छन् । तर मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए)ले दक्षिणतर्फ सर्नका लागि लागत बढेर एक हजार छ सय डलरसम्म पुगेकाले धेरै मानिस त्यो खर्च बेहोर्न नसकी गाजाको उत्तरी भागमै बस्न बाध्य भएको जनाएको छ ।

डुजारिकले सुरक्षित र दिगो मानवीय पहुँच बिना विशेष गरी बालबालिकामा भोकमरी चर्किने चेतावनी दिए । उनले संयुक्त राष्ट्रसङ्घका साझेदारलाई उद्धृत गर्दै गाजा सहरका एक तिहाइ कुपोषण उपचार केन्द्र जबरजस्ती विस्थापन आदेशका कारण बन्द भएको पनि जानकारी दिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending