काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समयमै उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
आज मन्त्रालयको पदभार ग्रहणपछि उनले अनुमतिपत्र ढिलो उपलब्ध हुने गुनासोलाई सम्बोधन गर्दै द्रुत गतिमा वितरण प्रक्रिया अघि बढाउन आग्रह गरे। दसैँअघि सडक सुधारका कामलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए ।
मन्त्री घिसिङले भने, “सेवा प्रणालीलाई छिटो प्रवाह गर्ने गरी काम गर्नुपर्छ। चुनौती धेरै छन्, तर जिम्मेवारीबाट भाग्न पाइँदैन । कार्बन उत्सर्जन कटौती गरी जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि विद्युतीय सवारीसाधनको प्रवर्द्धन अनिवार्य छ। त्यसका लागि सात दिनभित्र चार्जिङ स्टेशन निर्माणबारे प्रतिवेदन तयार गर्नुस् । पेट्रोल र डिजेलको आयात घटाएर आर्थिक सुधार सम्भव छ ।”
पदभार ग्रहणलगत्तै भएको निर्णयअनुसार विद्युतीय सवारीसाधन चार्ज गर्ने पूर्वाधार, मर्मत–सम्भार ‘वर्कसप’ र ब्याट्री व्यवस्थापनबारे सुझावसहितको प्रतिवेदन तयार पारिने भएको छ । साथै, विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्न संस्थागत क्षमता विकास, अन्तरनिकाय समन्वय र गुणस्तर–मापदण्ड सुधारका विषयमा पनि सिफारिस गर्ने निर्णय भएको छ ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले सडक विभाग र यातायात व्यवस्था विभाग आगलागीका कारण क्षतिग्रस्त भएको जानकारी मन्त्रीलाई गराए। उनका अनुसार सडक विभागको काम हाल ललितपुरस्थित चाकुपाटको मेकानिकल ट्रेनिङ सेन्टरबाट र यातायात व्यवस्था विभागको सेवा पालमुनीबाट सञ्चालन भइरहेको छ। उनले भने, “मन्त्रीज्यू, जनअपेक्षाअनुसार काम गर्नुस्, हामी पूर्ण साथ दिन्छौँ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: