Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

सवारी चालक अनुमतिपत्र समयमै वितरण गर्न मन्त्री घिसिङको निर्देश

खबरडबली संवाददाता

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समयमै उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

आज मन्त्रालयको पदभार ग्रहणपछि उनले अनुमतिपत्र ढिलो उपलब्ध हुने गुनासोलाई सम्बोधन गर्दै द्रुत गतिमा वितरण प्रक्रिया अघि बढाउन आग्रह गरे। दसैँअघि सडक सुधारका कामलाई पनि प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिए ।

मन्त्री घिसिङले भने, “सेवा प्रणालीलाई छिटो प्रवाह गर्ने गरी काम गर्नुपर्छ। चुनौती धेरै छन्, तर जिम्मेवारीबाट भाग्न पाइँदैन । कार्बन उत्सर्जन कटौती गरी जलवायु परिवर्तनको असर न्यूनिकरणका लागि विद्युतीय सवारीसाधनको प्रवर्द्धन अनिवार्य छ। त्यसका लागि सात दिनभित्र चार्जिङ स्टेशन निर्माणबारे प्रतिवेदन तयार गर्नुस् । पेट्रोल र डिजेलको आयात घटाएर आर्थिक सुधार सम्भव छ ।”

पदभार ग्रहणलगत्तै भएको निर्णयअनुसार विद्युतीय सवारीसाधन चार्ज गर्ने पूर्वाधार, मर्मत–सम्भार ‘वर्कसप’ र ब्याट्री व्यवस्थापनबारे सुझावसहितको प्रतिवेदन तयार पारिने भएको छ । साथै, विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्न संस्थागत क्षमता विकास, अन्तरनिकाय समन्वय र गुणस्तर–मापदण्ड सुधारका विषयमा पनि सिफारिस गर्ने निर्णय भएको छ ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले सडक विभाग र यातायात व्यवस्था विभाग आगलागीका कारण क्षतिग्रस्त भएको जानकारी मन्त्रीलाई गराए। उनका अनुसार सडक विभागको काम हाल ललितपुरस्थित चाकुपाटको मेकानिकल ट्रेनिङ सेन्टरबाट र यातायात व्यवस्था विभागको सेवा पालमुनीबाट सञ्चालन भइरहेको छ। उनले भने, “मन्त्रीज्यू, जनअपेक्षाअनुसार काम गर्नुस्, हामी पूर्ण साथ दिन्छौँ ।”

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending