Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

अमेरिकाः टिकटक सम्झौतामा चीनसँग ‘धेरै नजिक’

खबरडबली संवाददाता

मेड्रिड । संयुक्त राज्य अमेरिका टिकटक सम्बन्धी विवाद सुल्झाउन चीनसँगको सम्झौताको ‘धेरै नजिक’ पुगेको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार मेड्रिडमा जारी व्यापार वार्ताका क्रममा बताएका छन् ।

बेसेन्ट र चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले आइतबार मेड्रिडमा पछिल्लो चरणको वार्ता सुरु गरेका थिए । यस वार्ताले व्यापार र प्रविधिमा रहेका मतभेदलाई कम गर्दै दुई ठुला अर्थतन्त्रबिचको सम्बन्धलाई सहज बनाउन खोजेको हो । बैठक बुधबारसम्म चल्ने अपेक्षा गरिएको छ । बुधबार टिकटकका लागि खरिदकर्ता फेला पार्ने वा प्रतिबन्धको सामना गर्ने समय सीमा पनि हो ।

“टिकटक सम्झौतामा हामी मुद्दा समाधान गर्न निकै नजिक छौँ”, बेसेन्टले दोस्रो दिनको वार्ताका लागि स्पेनको विदेश मन्त्रालय आइपुगेपछि पत्रकारसँग भने, “यदि हामी सहमतिमा पुग्न सकेनौँ भने पनि यसले दुई देशबिचको समग्र सम्बन्धलाई असर गर्दैन । सम्बन्ध अझै पनि उच्च स्तरमा राम्रो छ ।”

टिकटक चीनमा आधारित इन्टरनेट कम्पनी बाइटडान्सको स्वामित्वमा छ । राष्ट्रिय सुरक्षाको आधारमा टिकटकको बिक्री वा प्रतिबन्ध आवश्यक पर्ने सङ्घीय कानुन राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल सुरु हुनुभन्दा एक दिनअघि जनवरी २० देखि लागु हुने थियो । आफ्नो सन् २०२४ को चुनाव अभियानमा सामाजिक सञ्जाल महत्त्वपूर्ण थियो र आफूले टिकटकलाई मन पराउने बताउँदै ट्रम्पले प्रतिबन्धमा रोक लगाएका थिए । 

जुनको मध्यतिर उनले एपका लागि गैर–चिनियाँ खरिदकर्ता खोज्न वा अमेरिकामा प्रतिबन्ध लाग्ने विकल्पसहित ९० दिनको समयसीमा थपेका थिए । त्यो म्याद यही बुधबार समाप्त हुँदैछ । लामो समयदेखि विभाजन वा प्रतिबन्धलाई समर्थन गर्दै आएका ट्रम्पले पछि आफ्नो अडान बदल्दै प्लेटफर्मको रक्षा गर्ने वाचा गरे । करिब दुई अर्ब प्रयोगकर्ता भएको यो एपले नोभेम्बरको चुनावमा युवा मतदाताको समर्थन बढाएको विश्वास गरिएको छ ।

मेड्रिडमा भएको वार्ताले चिनियाँ आयातमा कडा भन्सार शुल्क लगाउने ट्रम्पको धम्कीलाई पनि समेटेको छ । यस वर्षको सुरुमा व्यापार तनाव तीव्र बनेको थियो, जसमा प्रतिशोधात्मक कर तीन अङ्कसम्म पुगे र आपूर्ति शृङ्खलामा असर पारे । पछि दुवै सरकार अमेरिकी सामानमा ३० प्रतिशत र चिनियाँ निर्यातमा १० प्रतिशत भन्सार शुल्क फिर्ता लिन सहमत भए, तर अस्थायी युद्धविराम नोभेम्बरमा समाप्त हुने तय छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending