काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले देशभरका क्षतिग्रस्त पार्टी कार्यालयहरूको पुनर्निर्माण सुरु गर्न अपिल गरेका छन् ।
‘जेन–जी’ आन्दोलनका क्रममा क्षति पुगेको पार्टी केन्द्रीय कार्यालयको निरीक्षणपछि उनले सरकारी निकायसँग समन्वय गरी सार्वजनिक संरचनाको पुनर्निर्माणमा योगदान गर्न निर्देशन दिएका हुन् ।
महासचिव पोखरेलले आगामी असोज ३ गते संविधान दिवस देशभर मनाउन समेत पार्टी संगठनलाई आह्वान गरेका छन् ।उनले भने, “२०७२ सालमा लामो सङ्घर्षपछि प्राप्त भएको संविधानलाई हामी खरानीकै थुप्रोबाट मनाउने छौं । सबै जिल्लामा कार्यक्रम हुनेछ भने काठमाडौं उपत्यकामा पार्टी केन्द्रीय कार्यालयको प्राङ्गणमा विशेष कार्यक्रम हुनेछ ।”
उनले सडक आन्दोलनबाट मात्र स्थायी निर्णय नहुने बताउँदै सडकबाट प्राप्त उपलब्धिलाई संविधानमा संस्थागत गर्न आवश्यक रहेकोमा जोड दिए । वर्तमान सरकारले भ्रष्टाचार अन्त्य र सुशासनका कदम अघि बढाउँदा एमालेले सहयोग गर्ने उल्लेख गर्दै महासचिव पोखरेलले सरकार अन्तरिम भएकाले यसको मुख्य जिम्मेवारी सुरक्षा सुनिश्चित गर्ने र समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताए ।
उनले थपे, “नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर जनमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गरिरहेका छन् भन्ने हाम्रो बुझाइ छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: