धनगढी । जेनजी आन्दोलनको क्रममा कैलालीमा एक सय ३७ भवनमा क्षति भएको छ ।
आन्दोलनकारीले आगजानी तथा तोडफोड गर्दा विभिन्न सरकारी कार्यालय, निजी भवन र पार्टी कार्यालयमा क्षति भएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार तीन वटा पूर्ण र दुई आंशिक सहित पाँच वटा प्रहरी भवनमा क्षति भएको छ। यस्तै, आठ आंशिक र चार सामान्य गरी १२ वटा सर्वसाधारणका निजी घरमा क्षति भएको छ ।
दुई पूर्ण ७० आंशिक र ३१ सामान्य गरी १०३ वटा सरकारी कार्यालयमा क्षति भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । त्यस्तै, ११ आंशिक र छ सामान्य गरी १७ वटा पार्टी कार्यालयमा क्षति भएको जनाइएको छ । कुल पाँच वटा कार्यालयमा पूर्णसहित १३७ भवनमा क्षति भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए ।
आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, कर कार्यालय, मालपोत कार्यालय, यातायात व्यवस्था कार्यालय, भन्सार कार्यालय लगायतका सरकारी कार्यालयहरुमा आगजनी गरेका थिए ।
यसैगरी, प्रदेश सभा भवन, प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सामाजिक विकास मन्त्रालय, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लगायतमा आगजनी गरिएको थियो ।
यस्तै, आन्दोलनकारीले ६७८ वटा सवारी साधन जलाएका छन्। जसमा चार पाङ्ग्रे ११४, मोटरसाइकल ५४३, साइकल १५ र तीन पाङ्ग्रे छ वटा रहेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ७ गते, २०८२ - २०:२७
रामेछाप । उर्जा जलस्रोत एवं सिंचाई मन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै प्रतिनिधिसभाको निर्वाचन गराउने जिकिर गरेका छन् । मन्थलीस्थित उज...
पौष ७ गते, २०८२ - २०:१२
कैलाली । लामो समयदेखि स्थगित सुदूरपश्चिम प्रदेशसभाको चालु अधिवेशनअन्तर्गतको बैठक यही पुस ११ गते बस्ने भएको छ । सभामुख भीमबहादुर भण्डारीले साेमबार ब...
पौष ७ गते, २०८२ - २०:१०
महोत्तरी । यहाँको मटिहानी नगरपालिका–४ स्थित सिङ्गो मझौरा गाउँले परिचित मुसहरबस्ती लालपुर्जाविहीन छ । उनीहरु वर्षौँदेखि लालपुर्जाविहीन छन् । चार पुस...
पौष ७ गते, २०८२ - १९:५३
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्डको स्तरोन्नति आयोजनाका लागि नदीजन्य सामग्रीको अभाव हुँदा काम प्रभावित भएको छ । राष्ट्...
पौष ७ गते, २०८२ - १९:४८
लमजुङ । पूर्वी लमजुङको राइनासस्थित ऐतिहासिक तथा प्राकृतिक धरोहर राइनासकोट पछिल्लो समय पर्यटकीय गन्तव्य बनेको छ । बिहानै उदाउने सूर्यले हिमालका काखम...
पौष ७ गते, २०८२ - १८:५५
काठमाडाैँ । चीनले युरोपेली सङ्घबाट आयात हुने केही दुग्ध उत्पादनहरूमा ४२.७ प्रतिशतसम्म कर लगाउने घोषणाको इयूले सोमबार प्रतिवाद गरेको छ । दुग्धजन्य उत्प...
पौष ७ गते, २०८२ - १८:५१
तनहुँ । तनहुँको व्यास नगरपालिका र ऋषिङ गाउँपालिकालाई जोड्ने सेती नदीमाथिको पक्की पुल निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि अझै अधुरो अवस्थामा छ । ...
पौष ७ गते, २०८२ - १८:१४
काठमाडाैं । नेपालको राजनीति फेरि एकपटक जनताबाट टाढा, बन्द ढोकाभित्र र सत्ता जोगाउने खेलमा फर्किएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकप...
पौष ७ गते, २०८२ - १८:०१
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते तोकिएको निर्वाचन कुनै पनि बहानामा तलमाथि भए मुलुक गम्भीर अनिश्चयतिर जाने चेतावनी दिएका छन् । उनले...
पौष ७ गते, २०८२ - १७:५५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा २३ भदौको दमन र २४ भदौको आगजनी घटनाबारे जाँच गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्...




प्रतिकृया लेख्नुहोस्: