Khabar Dabali २ माघ २०८२ बिहीबार | 15th January, 2026 Thu
Investment bank

डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङमा

खबरडबली संवाददाता

मुस्ताङ । दसैँ नजिकिँदै गर्दा डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा मुस्ताङ झारिएको छ । जुम्ला र डोल्पाबाट भेडाच्याङ्ग्रा पैदल खेदाएर दुई हप्तापछि मुस्ताङको जोमसोम ल्याई पुर्‍याएको यहाँ आइपुगेका व्यापारीहरूले बताएका छन् ।

यस वर्ष जुम्लाबाट करिब पाँच हजार भेडाच्याङ्ग्रा मुस्ताङ भित्रिने जिल्ला भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको अनुमान छ । दसैँ नजिकिँदै गर्दा आजसम्म डोल्पाबाट पाँच/छ हुल र जुम्लाबाट तीन हुलजति भेडाच्याङ्ग्रा जोमसोममा देखापरेका छन् । यहाँ आइपुगेका व्यापारीले अरू व्यापारीले पनि एक दुई दिनभित्रै सबै भेडाच्याङ्ग्रा जोमसोम ल्याउने जनाएका छन् ।

डोल्पा र जुम्लाका भेडाच्याङ्ग्रा जोमसोम आइपुग्दा बारागुङ मुक्तिक्षेत्र र उपल्लो मुस्ताङका व्यापारीले भेडाच्याङ्ग्रा जोमसोम ल्याएका छैनन् । यस वर्ष मुस्ताङबाट १२ हजार भेडाच्याङ्ग्रा जिल्ला बाहिर बिक्री हुने भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र कार्यालयको प्रक्षेपण छ ।

डोल्पास्थित काइके गाउँपालिकाका स्थानीय च्याङ्ग्रा व्यापारी भीमप्रसाद घर्तीले १७० भेडाच्याङ्ग्रा बिक्रीका लागि जोमसोम ल्याएको बताए । उनले डोल्पा र चाइनाको सिमानाका मोरिम्ला नाकामा पुगेर किसानको गोठमै खरिद गरी बिक्रीका लागि भेडाच्याङ्ग्रा मुस्ताङ ल्याएको उल्लेख गरे । 

व्यापारी घर्तीले यस वर्ष चाइनाबाट तीन हजार र डोल्पाबाट एक हजार गरी अनुमानित चार हजार बढी भेडाच्याङ्ग्रा मुस्ताङ आउने क्रममा रहेको जानकारी दिए । 

विगत दुई दशकदेखि निरन्तर बर्सेनि च्याङ्ग्राको व्यापार गर्दै आइरहेका घर्ती यस वर्ष भेडाच्याङ्ग्रा बिक्री नहुने हो की भनी चिन्ता बढेको उल्लेख गरे । “बेँसीतिर आन्दोलन र अशान्ति छ रे भन्ने सुनेको छु, त्यसो भएत व्यापारी पनि यहाँ आउँदैनन् होला, तल लैजाँदै बिक्री नहुने पो हो कि थाहा छैन”, उनले भने ।

अहिलेसम्म च्याङ्ग्राको व्यापार गर्दा सन्तुष्ट रहेको भए पनि यस वर्ष च्याङ्ग्राको व्यापारमा डर लागिरहेको घर्तीले जनाए । चाइनाबाट खरिद गरी डोल्पामा राखेर त्यहाँबाट पैदल खेदाएर एक हप्तापछि जोमसोम आइपुगेको उहाँले बताए ।

यसैगरी जुम्लाका च्याङ्ग्रा व्यापारी गोविन्द बस्नेतले १५० च्याङ्ग्रा बिक्रीका जोमसोम ल्याएको जानकारी दिए । डोल्पाबाट हुलका हुल च्याङ्ग्रा मुस्ताङ ल्याइँदै गरेको र जुम्लाबाट पनि ६०० बढी भेडाच्याङ्ग्रा बिक्रीका लागि मुस्ताङ भित्रिसकेको उल्लेख गरे । यस वर्ष जुम्लाबाट  हुल च्याङ्ग्रा जोमसोममा आइपुगेको उनको भनाइ छ । 

“आधाजसो च्याङ्ग्रा आफैँले पालेका छन्, आधाजसो च्याङ्ग्रा किनेर थपेको हुँ”, व्यापारी बस्नेतले भने, “यहाँ ल्याउँदा दुई हप्ता लाग्यो, खर्च पनि रु ५०/६० हजार भइसक्यो ।”

व्यापारी बस्नेतले च्याङ्ग्राको भाउ पाए यही जोमसोममै बिक्री गर्ने र नभए पोखरा लगेर बिक्री गर्ने योजना रहेको बताए । जोमसोममा यतिखेर पाँच/सात हुल भेडाच्याङ्ग्रा झारिएको छ । यहाँ व्यापारीले रोज्जा प्रतिच्याङ्ग्राको भाउ रु ३५ हजार र रोज्जा प्रतिभेडाको भाउ रु ३० हजार मूल्यमा बिक्री गर्ने बताइरहेका छन् ।

जोमसोममा डोल्पा र जुम्लाबाट छिटफुट भेडाच्याङ्ग्रा झर्दै गर्दा बेँसीका भेडाच्याङ्ग्रा व्यापारीको रौनक जोमसोममा खासै देखिएको छैन । देशको पछिल्लो विद्यमान परिस्थितिका कारण च्याङ्ग्रा व्यापारी मुस्ताङ आउन ढिलो हुन पुगेको स्थानीयको बुझाइ छ ।

दसैँलक्षित भेडाच्याङ्ग्रा खरिद गर्न विगतका वर्षमा म्याग्दी, बागलुङ, पर्वत, कास्की, स्याङ्जा र तनहुँलगायत व्यापारी मुस्ताङ आउने गर्थे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending