Khabar Dabali ३ फाल्गुन २०८२ आईतवार | 15th February, 2026 Sun
Investment bank

म्यानमाको राखाइनमा हवाई आक्रमण, १९ जना विद्यार्थीको मृत्यु

खबरडबली संवाददाता

राखाइन । म्यानमाको पश्चिमी राज्य राखाइनमा भएको एक हवाई आक्रमणमा परी कम्तीमा १९ जना उच्च माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले ज्यान गुमाएका छन्। घटनाबारे जानकारी दिँदै सशस्त्र समूह अराकान आर्मी (एए) ले उक्त आक्रमण क्याउक्ताव नगरपालिकामा रहेका दुई निजी विद्यालयहरूमा भएको जनाएको छ।

उक्त समूहले सार्वजनिक गरेको विज्ञप्तिअनुसार आक्रमण मध्यरातपछिको समयमा भएको हो, जसमा १५ देखि २१ वर्ष उमेर समूहका विद्यार्थीहरूको मृत्यु भएको र थप २२ जना घाइते भएका छन्। एएले आक्रमणका लागि म्यानमाको सैनिक सरकारलाई जिम्मेवार ठहर गरेको छ।

“निर्दोष विद्यार्थीहरूको असमय निधनले हामीलाई पीडित परिवारसरह अत्यन्तै दुःखी तुल्याएको छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ। स्थानीय सञ्चारमाध्यम म्यानमार नाउ ले जनाएको विवरणअनुसार, सैनिक सरकारको युद्धक विमानले दुईवटा पाँच सय पाउन्डका विस्फोटक सामग्री विद्यालय भवनमाथि खसालेको थियो, जब विद्यार्थीहरू निद्रामा थिए।

घटनापछि बाल अधिकारको संरक्षण गर्ने अन्तर्राष्ट्रिय संस्था युनिसेफले वक्तव्य जारी गर्दै यस आक्रमणप्रति गहिरो चिन्ता र दुःख व्यक्त गरेको छ। युनिसेफले भन्यो, “यो आक्रमण राखाइन राज्यमा पछिल्लो समय हुँदै आएको हिंसात्मक घटनाहरूको भयावह नमूना हो, जसको सबैभन्दा पीडादायक मूल्य बालबालिका र निर्दोष परिवारहरूले चुकाइरहेका छन्।”

सञ्चार संस्था एएफपीले घटनास्थल वरपरको जानकारी लिन खोज्दा इन्टरनेट र फोन सेवा अत्यन्तै कमजोर भएकोले प्रत्यक्ष विवरण प्राप्त गर्न नसकेको उल्लेख गरेको छ।

सन् २०२१ मा म्यानमारको प्रजातान्त्रिक सरकारलाई सैनिकले हटाएपछि देशमा विभिन्न सशस्त्र समूहहरूद्वारा प्रतिरोध तीव्र बन्दै गएको छ। यसबीच, सैनिक सरकारमाथि बारम्बार सर्वसाधारण क्षेत्रहरूमा हवाई तथा तोप आक्रमण गर्ने गम्भीर आरोपहरू लाग्दै आएका छन्। रासस

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE