बाँके । जेन–जी आन्दोलनका कारण बन्द गरिएको नेपाल–भारतको जमुनाहा सीमा नाकामा आवागमन क्रमशः सहज बन्दै गएको छ।
भारतले बुधबारदेखि बन्द गरेको नाकालाई शुक्रबार आंशिक रूपमा सुचारु गरे पनि शनिबारदेखि आवागमनमा थप सहजता आएको छ। यससँगै दुबै देशका नागरिकलाई आउन–जान सुविधाजनक बनेको छ।
रुपैडिहास्थित भारतीय प्रहरी चौकीका प्रमुख रमेशसिंह रावतका अनुसार नाका पूर्णरूपमा भने अझै खुलेको छैन। शनिबारदेखि कडा चेकजाँचसहित आवागमनलाई क्रमशः सहज बनाइएको उनले जानकारी दिए ।
यसअघि भारतले बिरामी, एम्बुलेन्स तथा अन्य आपतकालीन अवस्थाका नेपाली नागरिकलाई मात्र प्रवेश अनुमति दिएको थियो, भने भारतीय नागरिकलाई नेपाल आउन रोक लगाइएको थियो ।
भारतबाट स्वदेश फर्किएका कालीकोट, मान्मका जयवीर रोकाले भारतीय सुरक्षाकर्मीले लामो समय सोधपुछ तथा तलासी गरेको बताए। देशभर जेन–जी विद्यार्थीको प्रदर्शन सुरु भएपछि भारतीय सुरक्षाकर्मीले केन्द्रको आदेशअनुसार बुधबारदेखि नाका बन्द गरेका थिए ।
जमुनाहा इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बुढाथोकीले शनिबारदेखि आवागमन सहज बन्दै गएको बताए। उनका अनुसार भारतले अनुमति दिएका व्यक्तिलाई नेपाल प्रवेश गराउन चेकजाँचपछि आवतजावत खुला गरिएको छ।
यसअघि मङ्गलबार दिउँसो प्रदर्शनकारीले जमुनाहास्थित प्रहरी चेकपोस्ट, इलाका प्रहरी कार्यालय र भन्सार यात्रु शाखामा आगजनी तथा तोडफोड गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - २०:१२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...
पौष १८ गते, २०८२ - १९:५३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...
पौष १८ गते, २०८२ - १९:४८
काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...
पौष १८ गते, २०८२ - १९:४१
काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...
पौष १८ गते, २०८२ - १९:३४
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...
पौष १८ गते, २०८२ - १९:३१
गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...
पौष १८ गते, २०८२ - १९:२८
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...
पौष १८ गते, २०८२ - १९:२५
बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...
पौष १८ गते, २०८२ - १९:२४
गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...
पौष १८ गते, २०८२ - १९:२१
लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...




प्रतिकृया लेख्नुहोस्: