Khabar Dabali ७ पुष २०८२ सोमबार | 22nd December, 2025 Mon
Investment bank

‘डिमेन्सिया’ले अष्ट्रेलियाली समाजमा गहिरो असर पार्दै, महिलामा बढी असर

खबरडबली संवाददाता

क्यानबेरा । अष्ट्रेलियामा ‘डिमेन्सिया’ रोगले ग्रसित हुने मानिसको संख्या आगामी वर्षमा उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ । ‘डिमेन्सिया’ भनेको यस्तो मानसिक अवस्था हो, जसमा व्यक्तिको सम्झना, सोच्न, निर्णय लिन र व्यवहारमा समस्या आउँछ र दैनिक जीवनमा असर पर्ने गरी मानसिक क्षमता घट्छ ।

‘डिमेन्सिया’ कुनै एकल रोग नभएर विभिन्न रोगको समूह हो, जसमा अल्जाइमर, भास्कुलर डिमेन्सिया, लेवी बडी डिमेन्सिया जस्ता प्रकार पर्दछन् । सरकारको एक रिपोर्ट अनुसार, २०६५ सम्म लगभग एक करोड १० हजार मानिस डिमेन्सियाबाट प्रभावित हुने अनुमान गरिएको छ ।

अष्ट्रेलियन इन्स्टिच्युट अफ हेल्थ एण्ड वेलफेयरले अद्यावधिक गरेको ‘डिमेन्सिया इन अष्ट्रेलिया’ रिपोर्टमा यो तथ्य उल्लेख गरिएको छ । यो संख्या २०२४ मा करिब ४ लाख २५ हजारबाट २०६५ सम्म दोब्बरभन्दा बढी बढ्ने सम्भावना छ । हाल डिमेन्सियाबाट महिला पुरुषभन्दा बढी प्रभावित छन् । 

रिपोर्टअनुसार, २०२४ मा २ लाख ६६ हजार महिला र १ लाख ५९ हजार पुरुष डिमेन्सियाबाट पीडित छन्, जुन संख्या २०६५ सम्म क्रमशः ६ लाख ६२ हजार महिला र ३ लाख ९० हजार पुरुष पुग्ने अनुमान गरिएको छ । डिमेन्सिया २०२३ मा अष्ट्रेलियामा मृत्युको प्रमुख कारण रह्यो, जसले करिब १७ हजार ४०० जनाको ज्यान लिएको छ । 

यसमा १० हजार ९०० महिला र ६ हजार ५०० पुरुष रहेका छन् । रिपोर्टमा अल्जाइमर रोग, भास्कुलर डिमेन्सिया, अस्पष्ट डिमेन्सिया र लेवी बडी डिमेन्सिया जस्ता विभिन्न प्रकारका डिमेन्सिया समावेश गरिएको छ । डिमेन्सिया अष्ट्रेलियाका सीईओ तान्या बुकेननले भने, “यो रिपोर्टले डिमेन्सियाले अष्ट्रेलियाली परिवारमा पार्ने गहिरो प्रभावलाई प्रष्टरूपमा उजागर गरेको छ ।”

रिपोर्टले डिमेन्सियाका मुख्य हेरचाह गर्नेको भूमिका अत्यन्त महत्वपूर्ण रहेको देखाएको छ । २०२२ मा करिब ४२ प्रतिशत प्राथमिक हेरचाह कर्ताले हप्तामा कम्तीमा ६० घण्टा हेरचाह पुर्याइरहेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिता...

ताप्लेजुङको हाङदेवामा भालुको आतंक

ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ हाङदेवा क्षेत्रमा भालुको आतंक बढेको छ । वडाध्यक्ष लक्षुमन गुरुङले हाङदेवाका दुई परिवारका ५ पशुचौप...

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending