मकवानपुर। जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा तथा कर्फ्यूको समय घटाएको छ ।
शान्ति सुरक्षाको अवस्था सामान्य बन्दै गएपछि यसअघि शनिश्चितकालका लागि जारी गरिएको निषेधाज्ञा तथा कर्फ्यूको समयमा बिहीबारबाट घटाइएको हो । अर्को सूचना नभएसम्मका लागि जिल्लाभर बिहान १०:०० बजेदेखि बेलुका ७:०० बजेसम्म निषेधाज्ञा कायम गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठद्वारा बिहीबार जारी सूचनामा उल्लेख छ ।
यस्तै बेलुका ७:०० बजेदेखि बिहान ६:०० बजेसम्म अर्को सूचना नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको छ । अत्यावश्यक कामका लागि बिहान ६ देखि १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म आवतजावत गर्न पाइने भएको छ ।
निषेधाज्ञा तथा कफ्र्यको समयमा अत्यावश्यक सेवामा एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीका साथै खाद्यान्न, दुध, तरकारी, पानी र औषधी ओसारपसार गर्ने सवारीसाधन सञ्चालन गर्न पाइनेछ ।
विभिन्न सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायत कर्मचारीले आफ्नो परिचयपत्र देखाएर कार्यालयसम्म परिचयपत्र देखाई आवतजावत गर्न सक्ने प्रशासनले जनाएको छ । साथै निषेधाज्ञा तथा कर्फ्यूको समयमा एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस भेला तथा जिम्मा हुन नपाइने सूचनामा उल्लेख छ ।
हेटौँडा बजार क्षेत्रमा मंगलबार दिउँसो १:०० बजेबाट कफ्र्यु आदेश जारी भएको थियो । कफ्र्यु आदेश जारी भएपछि नै हेटौँडामा रहेको वडा कार्यालयदेखि प्रदेशका सरकारका मन्त्रालयहरुमा आगजनी र तोडफोड गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २० गते, २०८२ - १५:३६
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सन्तोष परियारलाई पार्टीको प्रवक्ताको जिम्मेवारी दिएको छ। शुक्रबार बसेको प्रलोपाको अध्यक्ष परि...
मंसिर २० गते, २०८२ - १५:३१
काठमाडौँ । मधेस प्रदेशमा नेपाली कांग्रेसका नेता कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने विषयमा सात दलबीच सहमति बनेको छ। सात दलको बैठकपछि यादव नेतृत्वमा नयाँ...
मंसिर २० गते, २०८२ - १५:०४
काठमाडौं। नेपालका लागि जापानका राजदूत मायदा तोरुले प्रधानमन्त्री सुशीला कार्कीलाई आज सिहंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्ट...
मंसिर २० गते, २०८२ - १४:५५
काठमाडौं। लमजुङको बेसीशहर नगरपालिका–२ भकुण्डेमा पूर्व प्रहरी हवल्दार सिता कँडेलको विभत्स हत्या गरी फरार रहेका प्रतिवादी बुद्धिराम दराई पक्राउ परेका छन...
मंसिर २० गते, २०८२ - १४:३७
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा थपिएको कडा कर र विश्वव्यापी व्यापार सन्त्रासबिच भारतको केन्द्रीय बैंक रिजर्व बैंक अफ इन्डिया (आरबिआ...
मंसिर २० गते, २०८२ - १४:३२
काठमाडौँ । जेनजी प्रतिनिधिहरु जापानमा पाँच दिन सञ्चालन भएको वल्र्ड एक्स्पोमा भ्रष्टाचार भएको भन्दै खबरदारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय ...
मंसिर २० गते, २०८२ - १४:२६
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय, च्यासलमा शुक्रबार कार्यकर्ताबीच हातहालाहालको स्थिति सिर्जना भएको छ। आदिवासी जनजाति लोकतान्त्रिक महासंघका ...
मंसिर २० गते, २०८२ - १४:१७
नयाँदिल्ली। चार वर्षपछि भारतीय भूमिमा पुन: भेट भएका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबिचको आजको अन्तरक्रिया कूटनीतिक औपचार...
मंसिर २० गते, २०८२ - १३:५०
जुम्ला। जुम्लाको तिला गाउँपालिका र कालीकोटको तिलागुफा नगरपालिकाको सिमानामा निर्माण हुने कुल ३८ दशमलव ०७ मेगाबाट बिजुली तिला जलविद्युत् निर्माणका लागि ...
मंसिर २० गते, २०८२ - १३:३०
मतपत्रको अन्तिममा श्रम–संस्कृति पार्टी




प्रतिकृया लेख्नुहोस्: