Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

जेन–जी आन्दोलनको घटनाप्रति नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री लेखकले दिए राजीनामा

खबरडबली संवाददाता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आफ्नो राजीनामा बुझाएको सरकारका एक मन्त्रीले जानकारी दिएका हुन् ।

राजधानीलगायत देशका विभिन्न स्थानमा सोमबार भएको जेन–जी आन्दोलन नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच भएको झडप हिंसात्मक बनेको थियो । प्रहरीको गोलीलगायत दमनका कारण अहिलेसम्म १९ जनाले ज्यान गुमाइसकेका छन् भने दर्जनौँ घाइते भएका छन् । यही घटनाले सरकार नै ठूलो आलोचनामा परेको छ ।

गृहमन्त्री लेखकले ती घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै आफूले नैतिक जिम्मेवारीस्वरूप पद त्याग्ने घोषणा गरेका हुन् । उनले मन्त्रिपरिषद् बैठकमा राजीनामा बुझाउनु अघि आफ्नै पार्टीको आन्तरिक बैठकमा पनि अब गृहमन्त्रीका रूपमा बस्न नसक्ने स्पष्ट बताएका थिए ।

राजीनामा बुझाएपछि संक्षिप्त प्रतिक्रिया दिँदै लेखकले भने, “निर्दोष नागरिकको ज्यान जाने दुःखद घटनाप्रति मेरो गहिरो संवेदना छ । यस घटनामा गृह मन्त्रालयको भूमिका नकार्न सकिन्न, त्यसैले नैतिकताका आधारमा मैले पद छाड्ने निर्णय गरेको हुँ ।”

नेपाली कांग्रेसका केही नेता, माओवादी केन्द्रलगायतका दलहरूले दमनको तीव्र विरोध गर्दै गृहमन्त्रीको तत्काल राजीनामा माग गरेका थिए । नागरिक समाज, मानवअधिकारकर्मी र विभिन्न संगठनहरूले पनि सो घटनाको निन्दा गर्दै दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

प्रधानमन्त्री ओलीले भने लेखकको राजीनामा स्वीकृत गर्ने वा अस्वीकृत गर्ने निर्णयबारे औपचारिक धारणा सार्वजनिक गरेका छैनन् । तर, स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकमा समेत घटनाप्रति चर्को बहस भएको थियो । केही मन्त्रीहरूले लेखकलाई जिम्मेवारी लिनुपर्नेमा जोड दिएका थिए भने केहीले तत्काल राजीनामा दिनु समाधान नहुने तर्क गरेका थिए ।

सोमबारको आन्दोलनपछि देशभर सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौंका संवेदनशील क्षेत्रहरूमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने राजधानीका थुप्रै स्थानमा निषेधाज्ञा लगाइएको छ ।

गृहमन्त्री लेखकको राजीनामाले ओली नेतृत्वको सरकार थप दबाबमा परेको छ । विपक्षी दलहरूले प्रधानमन्त्रीले समेत पदबाट राजीनामा दिनुपर्ने माग बढाउने संकेत गरेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कञ्चनपुरमा शीतलहरबाट ८ हजार परिवार प्रभावित हुनसक्ने अनुमान

कञ्चनपुर ।  जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...

बङ्गलादेशको अखबार भवनमा आगलागी, २५ पत्रकारको उद्धार

ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण हुँदै

मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...

अस्पतालको पुरानो भवनबाट मिर्चैया नगरपालिकाकाे सेवा सुरु

सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...

निर्वाचन सुनिश्चित भइसकेको छ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...

१४ दिनदेखि बेपत्ता बालककाे खोजीका लागि परिवारको आग्रह

काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...

एमालेमा गुट जीवित नै रहेको महाधिवेशनकाे संकेत

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...

तनहुँमा कटुवा पेस्तोलसहित १९ वर्षीय युवक पक्राउ

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...

सिरहाबाट खैरो हेरोइनसहित दुईजना पक्राउ

सिरहा । सिरहाको लहान नगरपालिका– २३ गढिया चोकबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ। जिल्ला प्रह...

केपी ओली निकट एमाले नेता पुरीद्वारा पार्टी परित्याग

विराटनगर । नेकपा (एमाले) का नेता टीकाराम पुरीले पार्टी परित्यागको घोषणा गरेका छन्। एमाले कोशी प्रदेश कमिटीका सल्लाहकार तथा केपी शर्मा ओली निकट मानि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending