काठमाडौं । सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको खबर सार्वजनिक भएसँगै राजनीतिक वृत्तमा हलचल पैदा भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन सम्पर्क गरी उक्त निर्णय तुरुन्त फिर्ता लिन आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी रहेका बेला देउवाले सम्पर्क गरेका हुन् । नियमित सोमबार बस्ने मन्त्रिपरिषद् बैठक यसपटक झनै चासोका साथ हेरिएको छ, किनकि काठमाडौंमा जेनजीले गरेको प्रदर्शनपछि मुलुकभरको वातावरण तन्किएको छ ।
सोमबार भएको विरोध प्रदर्शनमा प्रहरी दमनका कारण काठमाडौंमा १७ जनाको ज्यान गएको छ भने इटहरीमा थप दुई जनाको मृत्यु भएको छ । दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् । घटनापछि आन्दोलन उपत्यका बाहिर समेत फैलिएको छ ।
उता, सर्वसाधारणको मृत्यु र दमनविरुद्ध नेपाली कांग्रेसले पनि आकस्मिक बैठक बोलाएको छ । सभापति देउवाको निवास बुढानीलकण्ठमा साँझ ५ बजेदेखि कांग्रेसका वर्तमान तथा पूर्व पदाधिकारीहरूको बैठक जारी छ । बैठकमा आन्दोलनपछिको परिस्थिति, मृतकप्रति श्रद्धाञ्जलि र सरकारप्रति आवश्यक कदमबारे छलफल भइरहेको छ ।
यसबीच, प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालबारे गरेको निर्णय र दमनपछिका घटनालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा छलफल गरिरहेको स्रोतले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - २०:०८
रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन् । उच्च अदालत तुलसीपुरको बुट...
पौष ४ गते, २०८२ - २०:०१
लेखनाथ । धारिलो हतियार प्रहार गरी आफ्नै हजुरआमा हत्या आरोपमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रह...
पौष ४ गते, २०८२ - १९:२७
कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लामा आठ हजार ८७५ परिवार शीतलहरबाट प्रभावित हुनसक्ने जनाएको छ । स्थानीय प्रशासनले शीतलहरबाट उत्पन्न ...
पौष ४ गते, २०८२ - १९:२३
ढाका । ढाकाको कावरान बजारस्थित अखबारको कार्यालयमा आक्रोशित भिडले छापा मारी आगो लगाउँदा कार्यालयमा फसेका द डेली स्टारका कम्तीमा २५ जना पत्रकारलाई कार्य...
पौष ४ गते, २०८२ - १९:२१
मुस्ताङ । मुस्ताङकाे वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल व...
पौष ४ गते, २०८२ - १९:१६
सिरहा । मिर्चैया नगरपालिकाले मिर्चैयास्थित अस्पतालको पुरानो भवनबाट औपचारिक रूपमा सेवा सुरु गरेको छ । नगरपालिकाले बिहीबारदेखि उक्त भवनलाई अस्थायी कार्य...
पौष ४ गते, २०८२ - १८:२१
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक अनिश्चतताको बाटोबाट निश्चितताको सकारात्मक मार्गतर्फ अघि बढिरहेको बताएका छन् । गत भदौ ...
पौष ४ गते, २०८२ - १८:१९
काठमाडौँ । ललितपुरको ढोलाहिटीबाट गत मंसिर २१ गतेदेखि बेपत्ता १६ वर्षीय साहिल राईको खोजीका लागि परिवारले आग्रह गरेको छ । उदयपुरको बेलका नगरपालिका वड...
पौष ४ गते, २०८२ - १८:१६
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले “पार्टीभित्र गुट अन्त्य भइसकेको” दाबी गरेका छन् ।महाधिवेशनमा प्यानल र स्वतन्त्र प्रतिस्पर्धा भए पनि...
पौष ४ गते, २०८२ - १८:०३
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका– ४, बेनीटारबाट कटुवा पेस्तोल एक थानसहित बारा सुवर्ण गाउँपालिका– १ बस्ने १९ वर्षीय ओमबाबुप्रसाद यादवलाई शुक्रबार ...




प्रतिकृया लेख्नुहोस्: