स्याङ्जा । स्याङ्जामा बैंक तथा सहकारी संस्थाहरुले कर्जा असुलीका लागि घरजग्गा लिलाम गर्ने प्रक्रिया तीव्र पारेका छन् । अनुत्पादक क्षेत्रमा लगानी गरेर ऋण फिर्ता असुल्न मुस्किल भएपछि वित्तीय संस्थाहरु धितो सक्ने काममा सक्रिय भएका हुन् ।
जिल्ला मालपोत कार्यालय स्याङ्जा र वालिङका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै बैंक तथा सहकारीहरुले २१ वटा घरजग्गा लिलाम गरी आफ्नै नाममा सारेका छन् । यो अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंक, कामना सेवा विकास बैंक, मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक, आई.सि. एण्ड सि. फाइनान्ससहित उपकार, शुभलक्ष्मी, गाउँले, ग्रामिण कृषि र इनर्जेटिक बचत तथा ऋण सहकारीले धितो लिलाम गरेका छन् ।
लिलामी प्रक्रियाबाट मात्रै लाभकर शीर्षकमा १ करोड ४८ लाख बढी संकलन भएको मालपोत कार्यालयले जनाएको छ । साथै, जिल्लामा हालसम्म २२६३ घरजग्गा विभिन्न वित्तीय संस्थाले रोक्का राखेका छन् । त्यसमा सहकारीले १२०६, बैंकले १०२५ र अन्य संस्थाले २३ वटा जग्गा धितोमा राखेका छन् ।
वित्तीय प्रतिस्पर्धाका कारण योजनाविहीन ऋण प्रवाह र बारम्बार व्याजदर परिवर्तन हुँदा ऋणीले साँवा–व्याज तिर्न नसक्ने अवस्था सिर्जना भएको गुनासो छ । यसले गर्दा धेरै नागरिकले घरजग्गा गुमाउने खतरा बढ्दो छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...



प्रतिकृया लेख्नुहोस्: