नवलपुर । नवलपुरको कावासोतीमा नमुना सदरमुकाम निर्माणको काम गरिरहेको चौधरी कन्स्ट्रक्सन प्रालिले आफ्नै स्टाफलाई ६५ बण्डल रड चोरी गरेको आरोप लगाउँदै प्रहरीले खोजी गरिदिन माग गरेको छ।
रौतहटस्थित कम्पनीले जुम्ला घर भएका सुवास शाहीले फलामको रड चोरी गरी स्थानीय हार्डवेयर पसलमा बिक्री गरेर करिब १० लाख रुपैयाँ असुली गरी फरार भएको दाबी गरेको हो। कम्पनीका ठेकेदार उपेन्द्रप्रसाद चौधरीले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिँदै शाहीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्।
चौधरीले दिएको निवेदनमा भनिएको छ, “नमुना सदरमुकाम निर्माण सामग्रीको जिम्मेवारी दिइएको अवस्थामा शाहीले चोरी गरी बिक्री गरेर रकम असुली गरी फरार भएकाले खोजी गरी कारबाही गरिदिनुहोस्।”
गोरखापत्र दैनिकले हालै ‘निर्माणस्थलबाट गायब भयो ६५ बण्डल रड’ शीर्षकमा समाचार प्रकाशित गरेपछि घटना सार्वजनिक भएको हो। चौधरीका अनुसार घटना करिब दुई महिनाअघि भएको हो। “भारत गएको अवसरमा शाहीले ६५ बण्डल रड चोरी गरी बेचेका छन्। उनी अहिले सम्पर्कविहीन छन्,” चौधरीले दाबी गरे।
तर, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक यादव ढकालका अनुसार उजुरी दर्ता भए पनि निवेदक चौधरी र आरोपित शाही दुवै सम्पर्कमा आएका छैनन्। “शाहीलाई कार्यालयमा उपस्थित हुन फोन गर्दा आउँछु भने पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन्,” ढकालले जानकारी दिए।
यस्तै, नवलपुरका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले यस विषयमा आफ्नो कार्यालयमा कुनै उजुरी नपरेको बताए। “निर्माण कार्य सुस्त भएको भन्दै सडक आयोजनालाई ताकेता गरेको हो, तर रड चोरीको गुनासो भने आएको छैन,” उनले स्पष्ट पारे।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: