किन्शासा । कतारी लगानी कम्पनी अल मन्सुर होल्डिङले प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डिआरसी)मा २१ अर्ब अमेरिकी डलर लगानी गर्न तयार रहेको बताएको छ । कङ्गोको पूर्वमा वर्षौंदेखि जारी द्वन्द्व अन्त्यका लागि दोहाले मध्यस्थता गरिरहेको छ ।
समूहका संस्थापक तथा शाही परिवारका सदस्य शेख मन्सुर बिन जाबोर बिन जसिम अल थानीले अफ्रिकी भ्रमणका क्रममा मङ्गलबार डिआरसीको राजधानी किन्शासाको भ्रमण गर्नु भएको थियो । कतारी प्रतिनिधिमण्डलले प्रधानमन्त्री जुडिथ सुमिन्वासँगको भेटमा डिआरसीमा करिब २१ अर्ब अमेरिकी डलर लगानीका लागि ‘आशयपत्र’ पेश गरेको कतारी प्रतिनिधिमण्डलको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
लगानी कृषि, वित्त, खानी, औषधि, हाइड्रोकार्बनलगायत विभिन्न क्षेत्रमा लक्षित गरिने छ । गत महिना अल मन्सुर होल्डिङले १० दिने भ्रमणका क्रममा दक्षिण अफ्रिकाका चार देशमा ७० अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाए । बोत्सवाना, मोजाम्बिक, जाम्बिया र जिम्बाब्वेलाई दिने आर्थिक सहायताको प्रतिबद्धता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्केपछि स्रोत साधनले भरिपूर्ण यस क्षेत्रका गरिब देशले अमेरिकी सहायतामा व्यापक कटौतीको सामना गरिरहेका छन् ।
रुवान्डासमर्थित एम-२३ सशस्त्र समूहले केही हप्ताभित्रै दुई प्रान्तीय राजधानी कब्जा गरी कडा आक्रमण गरेपछि यस वर्षको सुरुमा देशको पूर्वी भागमा व्यापक द्वन्द्व भएको थियो । रुवान्डाका राष्ट्रपति पल कागामे र उहाँका कङ्गोली समकक्षी फेलिक्स शिसेकेडीबिच मार्चको मध्यतिर दोहामा युद्धविरामका लागि भेटवार्ता भएको थियो । यद्यपि, कतारले अनपेक्षितरूपमा सङ्कट समाधानका लागि भएको कूटनीतिक प्रयास सफल हुन नसकेको र प्रयास निरन्तर जारी राखिएको घोषणा गरेको थियो ।
गत जुनमा वासिङ्टनमा दुई देशबिच शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । समानान्तर रूपमा, कङ्गोली सरकार र एम २३ ले अप्रिलमा दोहामा पनि वार्ता गरे र जुलाईमा युद्धविरामको प्रतिबद्धता व्यक्त गरे । यद्यपि, त्यहाँ द्वन्द्व जारी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: