क्यानबेरा । अस्ट्रेलियाली सरकारले सामाजिक मर्यादा र नागरिक सुरक्षालाई मध्यनजर गर्दै प्रविधिको दुरुपयोग रोक्नका लागि आवश्यक कदम चाल्ने घोषणा गरेको छ । सरकार विशेषरूपमा यस्ता प्रविधिमा नियन्त्रण लगाउन अग्रसर भएको छ, जसले बनावटी अश्लील सामग्री उत्पादन गर्न सक्ने वा लुकीछिपी मानिसलाई पछ्याउन प्रयोग गरिन्छ ।
सञ्चार मन्त्री अनिका वेल्सले एक औपचारिक वक्तव्य जारी गर्दै भने, “हाम्रो समाजमा प्रविधिको सकारात्मक उपयोगको प्रशस्त सम्भावना छ । तर जसले व्यक्तिको मर्यादा, गोपनीयता र मानसिक स्वास्थ्यमा प्रतिकुल असर पार्छ, यस्ता प्रविधिको कुनै स्थान हुनु हुँदैन । विशेष गरी बालबालिकाको सुरक्षालाई हामीले सबैभन्दा पहिलो प्राथमिकतामा राख्नुपर्छ ।”
मन्त्री वेल्सका अनुसार हाल यस्ता प्रविधि सजिलै उपलब्ध छन् र तिनीहरूले व्यक्तिमा तत्काल र दीर्घकालीन असर पारिरहेका छन् । त्यसैले सरकारले यिनको प्रयोगमा आवश्यक कानुनी व्यवस्था गर्ने निर्णय लिएको हो । यसअघि अस्ट्रेलियाले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने नीति घोषणा गरिसकेको छ, जुन आगामी डिसेम्बर महिनादेखि लागु हुने छ ।
यसैको निरन्तरतामा, नयाँ नियमले पनि प्रविधिको दुरुपयोग रोक्न प्रविधि कम्पनीलाई उत्तरदायी बनाउने छ । सङ्घीय सरकार अन्तर्गत कार्यरत डिजिटल सुरक्षा आयोगकी प्रमुख जुली इनम्यान ग्रान्टले पछिल्ला १८ महिनामा १८ वर्षभन्दा कम उमेरका बालबालिकासँग सम्बन्धित बनावटी अश्लील तस्बिरसम्बन्धी उजुरीको सङ्ख्या अघिल्ला सात वर्षको तुलनामा दोब्बर भएको जानकारी गराएका थिए । सरकारले प्रविधिको सकारात्मक पक्षलाई संरक्षण गर्दै, नकारात्मक र हानिकारक प्रयोगलाई नियन्त्रणमा ल्याउने लक्ष्यका साथ यो पहल अघि बढाएको स्पष्ट गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ३ गते, २०८२ - २०:२५
कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...
पौष ३ गते, २०८२ - २०:२२
काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...
पौष ३ गते, २०८२ - २०:१६
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...
पौष ३ गते, २०८२ - १९:१५
विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...
पौष ३ गते, २०८२ - १९:०९
चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...
पौष ३ गते, २०८२ - १९:०६
सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...
पौष ३ गते, २०८२ - १९:०२
काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...
पौष ३ गते, २०८२ - १८:५९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...
पौष ३ गते, २०८२ - १८:५७
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...
पौष ३ गते, २०८२ - १८:१७
काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...




प्रतिकृया लेख्नुहोस्: