ब्रसेल्स । युरोपेली सङ्घ (इयु) को सैन्य खर्च सन् २०२५ मा तीन खर्ब ८१ अर्ब युरोको नयाँ रेकर्डमा पुग्ने अपेक्षा गरिएको छ । रुसलाई रोक्नका लागि सदस्य राष्ट्रहरूले थप बजेट छुट्याएको युरोपेली रक्षा एजेन्सी (इडिए) ले मङ्गलबार जनाएको छ ।
नाटोका युरोपेली सदस्यहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबमा व्यापक रूपमा खर्च बढाउने प्रतिबद्धता जनाएपछि यस वर्ष खर्च १० प्रतिशतले बढेको हो ।
“युरोपले आफ्ना जनतालाई सुरक्षित राख्न रक्षामा अभूतपूर्व खर्च गरिरहेको छ र यो केवल सुरुआत मात्र हो”, इयुका विदेश नीति प्रमुख काजा कल्लासले भने ।
इडिएका अनुसार यस वर्षको कुल रकममध्ये करिब एक खर्ब ३० अर्ब युरो नयाँ हतियार लगायत लगानीमा खर्च भइरहेको छ ।सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपेली मुलुकहरूले रक्षा खर्चमा तीव्र वृद्धि गरेका हुन् ।
गत हप्ता युरोपेली आयोगले एक खर्ब ५० अर्ब युरोको इयु ऋण योजना पूर्ण रूपमा सदस्यता लिएको जनाएको थियो । जसले सदस्य राष्ट्रहरूलाई रक्षा खर्च बढाउन सहयोग पुर्याउनेछ । सत्ताइस सदस्य राष्ट्रमध्ये १९ ले यस कोषमा आवेदन दिएका छन् ।
यस सुरक्षित योजनाले देशहरूलाई इयुको केन्द्रीय बजेटको ग्यारेन्टीमा सस्तो ऋण प्राप्त गर्न सहज बनाउँछ । पश्चिमी सेना र गुप्तचर निकायहरूले युक्रेनमा युद्ध समाप्त भएमा मस्को तीनदेखि पाँच वर्षभित्र कुनै नाटो मुलुकमाथि आक्रमण गर्न सक्षम हुनसक्छ भन्ने चेतावनी दिँदै आएका छन् ।
तर लामो समयदेखि युरोपको न्यून रक्षा खर्चप्रति आलोचक रहेका राष्ट्रपति ट्रम्पको यस वर्ष पुनरागमनले युरोपलाई नयाँ चुनौती थपेको छ । अस्थिर भनिएका अमेरिकी नेताले गत जुलाईमा भएको शिखर सम्मेलनमा नाटो सहयोगीहरूलाई आफ्ना कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को पाँच प्रतिशत सुरक्षा खर्चमा छुट्याउने प्रतिबद्धता गराउन बाध्य पारेको थियो ।
यो हेडलाइन लक्ष्यअन्तर्गत कोर रक्षा खर्च तीन दशमलव पाँच प्रतिशत र पूर्वाधार तथा साइबर सुरक्षा जस्ता क्षेत्रहरूमा एक दशमलव पाँच प्रतिशत छुट्याउने व्यवस्था गरिएको छ ।
“जिडिपीको तीन दशमलव पाँच प्रतिशतको नयाँ नाटो लक्ष्य पूरा गर्न अझ बढी प्रयास आवश्यक छ, जसका लागि एक वर्षमै कुल छ खर्ब ३० अर्ब युरोभन्दा बढी खर्च हुने अनुमान गरिएको छ”, इडिए प्रमुख आन्द्रे डेन्कले भने ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - २०:१३
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ । मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...
पौष २ गते, २०८२ - २०:०७
बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...
पौष २ गते, २०८२ - २०:०४
काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...
पौष २ गते, २०८२ - १९:५६
काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ । आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...
पौष २ गते, २०८२ - १९:१८
सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...
पौष २ गते, २०८२ - १९:१६
भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...
पौष २ गते, २०८२ - १९:१३
काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...
पौष २ गते, २०८२ - १९:१०
गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...
पौष २ गते, २०८२ - १८:१७
भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...
पौष २ गते, २०८२ - १८:१२
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...




प्रतिकृया लेख्नुहोस्: