Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

रुख कटान आदेश नहुँदा राहुघाट प्रसारण लाइन आयोजनाको निर्माणमा ढिलाइ

खबरडबली संवाददाता

म्याग्दी । डिभिजन वन कार्यालय म्याग्दीले रुख कटान आदेश जारी नगरेका कारण डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको निर्माणमा ढिलाइ भएको छ । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित आयोजनाको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ ।

सन् २०२५ नोभेम्बर १६ सम्म सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का सम्झौता भए पनि वन कटान आदेशमा ढिलाइ, भौगोलिक कठिनाइ र राहुघाट सबस्टेसनमा अतिरिक्त काम आवश्यक भएकाले म्याद थप्नुपर्ने अवस्था आएको आयोजनाका प्रमुख रोशन अग्रवालले बताए । ठेकेदार कम्पनी लार्सन एण्ड टुयुब्रो लिमिटेडले अब सन् २०२६ अप्रिलभित्र काम सक्ने नयाँ तालिका पेस गरेको छ ।

मालिका गाउँपालिका–७ डाँडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर लामो १३२ केभी क्षमताको डबलसर्किट प्रसारण लाइन र दुवै स्थानमा सबस्टेसन निर्माणका लागि सन् २०२१ डिसेम्बर ३१ मा रु ३ अर्ब ५७ करोडमा ठेक्का सम्झौता भएको हो ।

हालसम्म ५९ मध्ये ४५ टावर निर्माण सकिएको छ भने बाँकी चार टावरमा रुख कटान आदेश नआएकै कारण काम रोकिएको प्रमुख अग्रवालले जानकारी दिए। आयोजनाका लागि आवश्यक ८५ प्रतिशत उपकरण भित्रिसकेका छन् ।

डाँडाखेत सबस्टेसनमा १३३/३३ केभी, ३० एमभिए क्षमताको एआइएस प्रविधि जडान थालिएको छ भने राहुघाट सबस्टेसनमा २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको जिआइएस प्रविधि जडान गर्ने काम अगाडि बढाइएको छ। यसमार्फत राहुघाट, म्याग्दी नदी र सहायक खोलामा निर्माणाधीन जलविद्युत् आयोजना उत्पादनलाई केन्द्रीय ग्रिडमा जोड्ने उद्देश्य राखिएको छ ।

जिल्ला डिभिजन वन कार्यालयका प्रमुख विष्णु अधिकारीका अनुसार जनशक्ति अभावका कारण स्थलगत अध्ययन, प्रतिवेदन तयारी र निर्णयमा ढिलाइ भएको हो। उनले भने, “पाँच सबडिभिजनका तीन जना वन अधिकृतको टोलीले प्रतिवेदन अन्तिम चरणमा पुर्‍याइसकेको छ । प्रतिवेदन पाएपछि माथिल्लो निकायबाट स्वीकृति गराएर कटान आदेश दिनेछौँ ।”

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले प्रसारण लाइनमा ढिलाइ रोक्न रुख कटान आदेश शीघ्र दिन सम्बन्धित निकायलाई ताकेता गरिएको बताए । यस विषयमा गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले पनि प्रदेशसभामा प्रश्न उठाइसकेका छन् ।

आयोजनाको कुल लागत रु ४ अर्ब ८७ करोड अनुमान गरिएको छ। यसमध्ये रु १ अर्ब ५ करोड नेपाल विद्युत् प्राधिकरण र रु ३ अर्ब ८२ करोड एसियाली विकास बैंकको ऋण लगानी रहेको छ । प्रसारण लाइनका टावर रघुगङ्गा गाउँपालिका–३, बेनी नगरपालिका–९ र १०, मङ्गला गाउँपालिका–१, मालिका–६ र ७ मा पर्छन् । निजी जग्गाधनीलाई रु १ करोड ५० लाख मुआब्जा र वन क्षेत्र प्रयोगबापत रु ४ करोड ५० लाख बुझाइएको आयोजनाका प्रशासकीय अधिकृत मातृका तिमल्सिनाले जानकारी दिए ।

हाल यस क्षेत्रमा १७२.८ मेगावाट क्षमताका चार जलविद्युत् आयोजना निर्माणाधीन छन्। तीमध्ये ३५.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले र २१.३ मेगावाट क्षमताको ठूलोखोला आयोजना परीक्षण उत्पादनमा भइसकेका छन् । अपर राहुघाट (४८.५ मेगावाट), राहुघाट (४० मेगावाट) र माथिल्लो ठूलोखोला (२३.५ मेगावाट) आयोजना अन्तिम चरणमा पुगेका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: भाेलि विहान ८ वजे मात्र मतदान हुने

काठमाडौँ । नेकपा एमालेमा नयाँ नेतृत्व चयनका लागि भोलि(बुधबार) बिहान ८ बजे मतदान हुने भएको छ । आज हुने भनिएकाे मतदान प्राविधिक समस्याका कारण स्थगित ...

एमाले महाधिवेशन: प्रतिनिधि लाइनमा, सुरु भएन मतदान

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । नयाँ नेतृत्व(अध्यक्ष)का लागि केपी शर्मा ओली र ईश्वर पोखरेल चुनावी मैदानमा उत्रिएका...

समाजवादी क्रान्तिका लागि पार्टी एकता: नेता गजुरेल

खोटाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता हरिबोल गजुरेलले समाजवादी क्रान्तिका लागि शक्ति सञ्चय गर्न वामपन्थी राजनीतिक दलहरूबीच पार्टी एकता गरिएक...

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ

काठमाडौँ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ नेतृत्वको श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा (देवराज) पक्राउ परेका छन् ।  ...

छद्मभेष

दुर्गा दाहाल दानवीय र अमानवीय नर नारी दुवै हुन् रे वेश्यालयमा बालिका बेच्न नारी नै छन् रे । लैगिक हिंसा र बलत्कारी महिला नै हुनै रे  दिनमा नारा ...

५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँ महानगरपा...

जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन् : मन्त्री घिसिङ

कैलाली । ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात, सहरी विकासमन्त्री कुलमान घिसिङले जनताले चुस्तदुरुस्त पारदर्शीतासहितको भ्रष्टाचार मुक...

विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न पाँच वटा फर्मलाई १० हजार रुपियाँका दरले जरिवाना गरेको छ ।  विभागले उद्योग तथा फर्म...

पोखरा विमानस्थल प्रमुखविरुद्ध २ करोड ५० लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख बिनेश मुनकर्मीविरुद्ध २ कर...

सशस्त्रका तीन एआईजीको सरुवा

  काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका तीन अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । जसअनुसार एआईजी नारायण...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending