Khabar Dabali २० असार २०८३ शनिबार | 4th July, 2026 Sat
Investment bank

तम्घासको फोर्टिन स्टार युवा क्लब चिदिचौर खेलमैदान अलपत्र

खबरडबली संवाददाता

गुल्मी । तम्घासको फोर्टिन स्टार युवा क्लब चिदिचौर खेलमैदान समयमै सम्पन्न नहुँदा यस वर्ष खेल प्रतियोगिता सञ्चालन गर्ने कि नगर्ने भन्ने अन्योलमा छ । दसैँ तिहारमा उक्त क्लबले यही खेलमैदानमा विभिन्न प्रतियोगिता सञ्चालन गर्ने योजना बनाएको छ । तर उक्त मैदान पुनः निर्माणको काम ६ महिनादेखि अधुरै छ । 

“खेलमैदान निर्माण सम्पन्न नहुँदा खेल प्रतियोगिता सञ्चालन गर्न अन्योल भएको छ”, क्लबका अध्यक्ष नारायण आचार्यले भने, “मैदान खनेर छोड्दा समस्या भएको छ ।” सदरमुकाम तम्घासको केन्द्रमा रहेको खेलमैदानमा उक्त  क्लबले छात्र फुटबल, जिल्ला भलिबल सङ्घले पालिकास्तरीय भलिबल, पुल्चोक क्लबले छात्रा फुटबल, खुकुरी युवा क्लबले क्रिकेटलगायतका प्रतियोगिता आयोजना गर्ने योजना बनाएका छन् । त्यसभन्दा बाहेक विभिन्न मेला, महोत्सव, उत्सव, गाईजात्रा, तीज गीतलगायतका कार्यक्रम पनि यही खेलमैदानमा हुने गर्दछन् । 

वर्षभरीमा विभिन्न प्रतियोगिता र सांस्कृतिक कार्यक्रम गरिने चिदिचौर मैदान पुनः निर्माणका कारण बन्द छ । क्लबका अध्यक्ष आचार्यले खेलमैदान खनेर अलपत्र छोड्दा समस्या भएको बताए । “खनेर यत्तिकै छोडिएको छ, यसले सिङ्गो खेल क्षेत्रलाई असर परेको छ । खेल मैदानलाई छिटोभन्दा छिटो निर्माण सम्पन्न गर्नुपर्छ”, उनले भने । चिदिचौर खेलमैदान निर्माणको काम बहुबर्षीय आयोजनाअन्तर्गत लैजानु गलत भएको उनले बताए । 

जिल्लामा चिदिचौर मैदान खेलाडी उत्पादनमा सहयोगी बनेको थियो । तम्घासमा अष्टमीको दिन रोपाईजात्रासँगै लाचे नाच पनि चिदिचौरमै हुने गर्दछ । तर यस वर्ष यस्ता सांस्कृतिक कार्यक्रम हुने सम्भावना छैन । 

रेसुङ्गा नगरपालिका–२ की सरस्वती कँडेलले भने, “चिदिचौर खनेर छोड्न हुन्नथ्यो । यसलाई चाँडो निर्माण गर्नुपर्छ ।”  निर्माण व्यवसायीले काम नगर्दा चिदिचौर मैदान खनेर अस्तव्यस्त पारिएको छ । मैदानको बीचमा ढुङ्गा, गिट्टी, पाइपलगायतका निर्माण सामग्री राखिएका छन् । मैदानको बिच भागबाट पानी बगिरहेको छ । मैदानमा खाल्डाखुल्डी पारेर यत्तिकै छोडिएको छ । 

चिदिचौर खेल मैदान पुनः निर्माणका लागि रु एक करोड लागत रहेको छ । विसं २०८२ वैशाखमा सो कार्यको जिम्मा रामेछाप कन्स्ट्रक्सनले पाएको थियो । विसं २०८३ असारसम्म काम सम्पन्न गर्नुपर्ने सम्झौता छ । हालसम्म ५० प्रतिशत काम काम सकिएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending