Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

महोत्तरीमा एसइई उत्तीर्ण छात्रालाई साइकल उपहार

खबरडबली संवाददाता

महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरस्थित लक्ष्मी चन्डी मुरारका माध्यमिक विद्यालयबाट हालै एसइई उत्तीर्ण गरेका २० छात्रालाई नेपाल–भारत मैत्री युवा संघको तर्फबाट मंगलबार  साइकल प्रदान गरिएको छ । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका प्रमुख देवी सहाय मीनाको प्रमुख आतिथ्यमा एक समारोह आयोजना गर्दै साइकल प्रदान गरिएको हो ।

प्रमुख अतिथि वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासका प्रमुख  सहायले छोरीहरूलाई साइकल उपलब्ध गराउन पाउँदा अत्यन्त खुसी लागेको बताए।  उनले अवसर पाए छोरीले परिवार, समाज र देशलाई नै गौरवान्वित बनाउन सक्ने भएकाले उच्च शिक्षा हासिल गर्ने उनलाई विद्यायल र कलेज पुग्न सहज होस् भनेर सानो कोसेली प्रदान गरिएको बताए । 

यता नेपाल–भारत मैत्री युवा संघका केन्द्रीय  महासचिव कृष्णा सिंहले यो सुरुवात मात्र भएको बताउँदै भविष्यमा विद्यालयसँग मिलेर थप योजनाहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

‘पढ़ेगी बेटी तो बढ़ेगी बेटी’ भन्ने नारासहित उडान परियोजनाअन्तर्गत साइकल वितरण गरिएको नेपाल–भारत मैत्री युवा संघका जिल्ला अध्यक्ष जितेन्द्रकुमार सिंहले बताए । उडान कार्यक्रमअन्तर्गत जलेश्वरकै महेन्द्र आदर्श महिला माध्यमिक विद्यालय र जानकी परीक्षण माविसमेतमा उत्तीर्ण छात्राहरूलाई साइकल प्रदान गरिएको हो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

पर्याप्त स्रोतको अभावमा क्षति पुगेका भवनको मर्मत गर्न समस्या

सुदूरपश्चिम । जेनजी प्रदर्शनमा क्षति पुगेका सुदूरपश्चिम प्रदेश सरकारका मन्त्रालय र विभिन्न कार्यालय भवनलाई मर्मतसम्भार गरेर पुरानै अवस्थामा फर्काउन सम...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending