Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

इन्डोनेसियामा विरोध प्रदर्शनपछि २० जना बेपत्ता

खबरडबली संवाददाता

जकार्ता । इन्डोनेसियामा हिंसात्मक विरोध प्रदर्शनपछि कम्तीमा २० जना बेपत्ता भएका छन् । कानून निर्माताको सुविधाको विषयलाई लिएर प्रहरी विरुद्ध आक्रोश पोख्दै भएको हिंसात्मक विरोध प्रदर्शनपछि उनीहरू बेपत्ता भएको जनाइएको छ ।

गत हप्ता दक्षिणपूर्वी एसियाको सबैभन्दा ठुलो अर्थतन्त्रमा भएको विरोध प्रदर्शन अर्धसैनिक प्रहरीले एक युवा डेलिभरी ड्राइभरको हत्या गरेको भिडियो सार्वजनिक भएपछि भड्किएको थियो । यस क्रममा कम्तीमा छ जनाको मृत्यु भएको थियो । “सेप्टेम्बर १ सम्म २३ जना बेपत्ता भएको रिपोर्ट आएको थियो । खोजी र प्रमाणीकरणपछि २० जनाको अवस्था अझै अज्ञात छ”, बेपत्ता र हिंसाका पीडितका लागि आयोग (कन्ट्रास) ले विज्ञप्तिमा उल्लेख गरेको छ ।

जाभा टापुको बान्दुङ र देपोक सहरका साथै राजधानी क्षेत्रअन्तर्गत मध्य, पूर्वी र उत्तरी जकार्तामा ती व्यक्ति बेपत्ता भएको समूहले जनाएको छ । एक घटना भने ‘अज्ञात स्थान’ मा भएको बताइएको छ । राष्ट्रिय प्रहरीले यसबारे एएफपीको प्रश्नमा तत्काल प्रतिक्रिया जनाएन । तर जकार्ताका मेट्रोपोलिटन प्रहरी प्रमुख एसेप एडी सुहेरीले सोमबार पत्रकार सम्मेलनमा भने, “अगस्ट २५ यता राजधानीमा भएको प्रदर्शनमा एक हजार दुई सय ४० जना पक्राउ परेका छन् ।”

देशभरका सहरमा फैलिएको असन्तुष्टिपछि राष्ट्रपति प्रबोवो सुबिआन्तो सांसदका सुविधाबारे पुनर्विचार गर्न बाध्य भएका छन् । उनि सत्तामा आएपछि यसअघि भएका सबैभन्दा ठुलो विरोध प्रदर्शन यिनै हुन् । मङ्गलबार संसद अगाडि महिला समूहको गठबन्धनले थप प्रदर्शन गर्ने तयारी गरिरहेको थियो । यसअघि उनीहरूले सोमबारको प्रदर्शन भने रद्द गरेका थिए ।

संयुक्त राष्ट्रसङ्घले पनि प्रदर्शनका क्रममा ‘असमान बल प्रयोग’ भएको आरोपमा छानबिन गर्न आग्रह गरेको छ । संयुक्त राष्ट्र मानव अधिकार कार्यालयकी प्रवक्ता रविना शामदासानीले भने, “संसदीय भत्ता, मितव्ययिता उपाय र सुरक्षा बलद्वारा भएको बल प्रयोगका घटनालाई लिएर हामीले इन्डोनेसियाको हिंसा गम्भीरतापूर्वक हेरिरहेका छौँ ।”

विश्वविद्यालय नजिकै झडप

सोमबार राजधानी जकार्ताभर सेना परिचालन गरिएको थियो । संसद् बाहिर सयौँ पुनः भेला भएका थिए भने अन्य सहरमा पनि झडप भएको रिपोर्ट आएको छ । राष्ट्रपति प्रबोवोले अस्पतालमा घाइते प्रहरीलाई भेट्न जाँदा प्रदर्शनकारीको आलोचना गर्दै र्याली साँझभित्रै सकिनुपर्ने बताएका थिए । 

बान्दुङमा प्रदर्शनकारीले प्रान्तीय परिषद भवनतर्फ मोलोटोभ ककटेल फ्याँकेपछि प्रहरीले ‘सन्दिग्ध अराजकतावादी’ लाई लक्षित गर्दै अश्रुग्यास प्रहार गरेको थियो । पश्चिम जाभा प्रहरीका प्रवक्ता हेन्द्रा रोचम्यानले विज्ञप्तिमा भने, “केही प्रदर्शनकारीले बान्दुङ इस्लामिक विश्वविद्यालय परिसरलाई द्वन्द्व भड्काउने केन्द्र बनाउन खोजे ।”

सामाजिक सञ्जालमा भने प्रहरीमाथि क्याम्पसमा अश्रुग्यास र रबरको गोली प्रहार गरेको आरोप लगाइएको छ । तर हेन्द्राले ‘अधिकारीले क्याम्पसबाट दुई सय मिटर दूरी कायम गरेका थिए, क्याम्पसभित्र गोली चलाइएको छैन’ भनेर खण्डन गर्नुभएको छ । विश्वविद्यालय प्रशासनले पनि आफ्ना विद्यार्थीले अशान्ति भड्काएको आरोप अस्वीकार गरेको छ ।

देशभर प्रदर्शन

सुमात्राको पालेम्बाङ, बोर्नियोको बानजारमासिन, जाभाको योग्याकार्ता र सुलावेसीको मकास्सरमा सयौँदेखि हजारौँसम्म प्रदर्शनकारी सडकमा उत्रिएका थिए । सुलावेसीकै गोरोन्टालो सहरमा प्रहरी र प्रदर्शनकारीबिच झडप हुँदा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । थप अशान्तिको आशङ्कामा, टिकटकले शनिबारदेखि ‘केही दिनका लागि’ इन्डोनेसियामा लाइभ प्रसारण सुविधा निलम्बन गरेको छ । इन्डोनेसियामा टिकटकका प्रयोगकर्ता १० करोडभन्दा बढी रहेका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले महाधिवेशन: मतदान केन्द्रमा प्रवेशको समय १० बजेसम्म, १२ सय मत खस्याे

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान  केन्द्रमा प्रवेशको समय १० बजेसम्म थपिएकाे छ ।  मतदानको लागि मतदान केन्द्रमा प्रवेशको स...

बारामा नहरमा डुबेको अवस्थामा पुरुषको शव फेला

बारा । बाराको परवानीपुर गाउँपालिका–४ स्थित स्वास्थ्य चौकी नजिकको सेकेन्ड्री नहरमा एक पुरुषको शव फेला परेको छ। बुधबार दिउँसो कल्भर्ट मुनि पानीमा डुब...

प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध साढे १४ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं । बझाङको बित्थडचिर गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्टसहित ६ जनाविरुद्ध १४ लाख ६६ हजार ५०३ रुपैयाँ बराबरको भ्र...

ताेकियाे राष्ट्रिय सभा निर्वाचनकाे लागि मतदान केन्द्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचन, २०८२ का लागि सात प्रदेशमा मतदान स्थल तथा मतदान केन्द्र तोकिएको छ ।  आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रस...

मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद

सल्यान । प्रहरीले मंसिर महिनामात्रै सल्यानबाट ३३ थान भरुवा बन्दुक बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट लुकाईछिपाइ राखेका ३३ थान भरुवा बन्दुक बराम...

स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम

भोजपुर । विपद् व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले भोजपुर सदरमुकाममा १८ दिने समुदाय विपद् स्वयंसेवक तालिम सुरु भएको छ । भोजपुर नगरपालिकासँगको ...

जापानद्वारा मुद्रास्फीति नियन्त्रणका लागि १२ सय खर्ब येनको रेकर्ड बजेट प्रस्ताव

काठमाडाैँ । जापान सरकारले आगामी आर्थिक वर्षका लागि १२०० खर्ब येन (करिब सात खर्ब ७५ अर्ब अमेरिकी डलर) भन्दा बढीको अहिलेसम्मकै सबैभन्दा ठुलो प्रारम्भिक ...

गाेरखामा माछा मार्न गएका एक पुरुष मृत फेला

गोरखा । माछा मार्न भनी गएका एक व्यक्ति मृतावस्थामा फेला परेका छन् । यहाँको बारपाक सुलिकोट गाउँपालिका–५, ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम खोल...

पर्यटकीयस्थल भाेजपुरकाे तावा भञ्ज्याङ ओझेलमा

भोजपुर । भोजपुर र खोटाङको सिमानामा अवस्थित प्राकृतिक तथा पर्यटकीय क्षेत्र तावा भञ्ज्याङ पर्याप्त प्रचार–प्रसार र पूर्वाधारको अभावका कारण ओझेलमा परेको ...

कांग्रेसका तीन परिपत्र कार्यान्वयन भएनन्

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न मातहतका निकायलाई तीन पटकसम्म परिपत्र जार...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending