झापा । नेपालका चियाबगानमा कार्यरत श्रमिकहरूको न्यूनतम दैनिक तलब ५६५ रुपैयाँ कायम गरिएको छ। नेपाल चिया उत्पादक संघ र श्रमिक युनियनहरूबीच नवौं चरणको वार्तापछि उक्त सहमति भएको हो।
सहमति अनुसार, चियाकर्मीको मासिक न्यूनतम तलब अब १५,६९९ रुपैयाँ हुनेछ। यसअघि श्रमिकहरू दैनिक ५०० रुपैयाँ तथा मासिक १३,८९३ रुपैयाँ पाउँदै आएका थिए।
तलब वृद्धिसँगै, आधारभूत तलबमा ३९ रुपैयाँ र महंगी भत्तामा २६ रुपैयाँ वृद्धि गरिएको छ। मासिक हिसाबमा आधारभूत तलब १,१६२ रुपैयाँ र भत्ता ६४४ रुपैयाँले बढाइएको हो।
यो निर्णय साउन १ गतेदेखि नै लागू हुने गरी गरिएको छ। तलब वृद्धिको माग गर्दै श्रमिकहरूले साउन १८ गतेदेखि आन्दोलन थालेका थिए। त्यसपछि भएको छलफलबाट विवाद टुंगिएको हो।
सम्झौतामा रोजगादाता पक्षबाट नेपाल चिया उत्पादक संघका वार्ता समिति संयोजक जे.पी. शर्मा, तथा श्रमिक पक्षबाट नेपाल चिया तथा कफी श्रमिक युनियनका अध्यक्ष सन्तकुमार राई, अखिल नेपाल चिया श्रमिक युनियनकी अध्यक्ष सीता सापकोटा र नेपाल चिया बगान श्रमिक युनियनका अध्यक्ष दीपक तामाङले हस्ताक्षर गरेका छन्।
दुवै पक्षले अर्काे दुई वर्षसम्म तलबबारे विवाद नगर्ने सहमति जनाएका छन्।
यो सहमति पत्रलाई अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको न्यूनतम ज्याला निर्धारण समितिमा पठाइने छ। समितिले निर्णय गरी सरकारी राजपत्रमा प्रकाशन गरेपछि कानुनीरूपमा लागू हुनेछ।
सहमतिअनुसार, स्थायी चियाकर्मीहरूलाई असोज महिनाभित्र सामाजिक सुरक्षा कोषमा आबद्ध गरिनेछ।
झापा, नेपालकै प्रमुख चिया उत्पादन केन्द्र हो जहाँ हजारौं श्रमिकहरू स्थायी तथा अस्थायी रूपमा कार्यरत छन्। यो निर्णयले उनीहरूको जीवनस्तरमा सुधार हुने अपेक्षा गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...



प्रतिकृया लेख्नुहोस्: