काठमाडाैं । पृथ्वीको एक कुनामा, जहाँ गोलीको आवाज, भोकको पीडा र विस्थापनको घाउ झन्डै तीन वर्षदेखि आम दिनचर्या बनिसकेको छ — त्यही सुडानमा फेरि एकपटक प्रकृतिले थप कहर बनिदिएको छ।
३१ अगस्ट २०२५, पश्चिमी सुडानको मर्रा पर्वतअन्तर्गतको एउटा सानो गाउँ तारासिन। उकालो भेगमा टोलाउँदै गरेको एक अदृश्य विपद्, जसको घाउ अझै प्रेसमा आउन सकेको थिएन। अन्ततः त्यो समाचार बन्यो, तर मानवता लथालिंग बनेको खबर बनेर।
सुडान लिबरेशन मुभमेन्ट (आर्मी) नामक विद्रोही संगठनले बीबीसीमार्फत् दिएको जानकारी अनुसार, लगातारको भीषण वर्षाले गाउँका सम्पूर्ण बासिन्दा पहिरोमा पुरिएका छन्। “केवल एक जना मात्र बाँचेका छन्,” उनीहरूको विज्ञप्तिमा उल्लेख गरिएको छ। बाँकी सबै झन्डै १,००० जति मानिस, आज मृतकको सूचीमा छन्।
युद्धले थिचिएको भूमि, अब पहिरोले पुरियो
सुडान अहिले गृहयुद्धको धुवाँ र रगतमा लपेटिएको राष्ट्र हो। सन् २०२३ को अप्रिलदेखि सुडानी सेना र अर्धसैनिक Rapid Support Forces (RSF) बीचको युद्धले १५०,००० भन्दा बढीको ज्यान लिइसकेको छ। देशको पश्चिमी भाग, खासगरी दारफुर क्षेत्रमा जातीय हिंसाको भयावहता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा क्रमिक रूपमा आउँदैछन्।
यो उही क्षेत्र हो – जहाँ पहिरोले पनि लास थपेको छ । दारफुरका हजारौं नागरिक, युद्धबाट भागेर मर्रा पर्वततिर शरण लिन पुगेका थिए। उनीहरूले बम र गोलीबाट त बाँच्न सके, तर पृथ्वी आफैं चिप्लिदा कतै हराए – चुपचाप, बिनाअवाज।
विद्रोही समूहले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सहायता संस्थाहरूलाई अपिल गर्दै भनेको छ: “शवहरूको उद्धार र बाँचेकालाई राहत पुर्याउन सक्ने कोही छ भने, कृपया आउनुहोस्।”
तर प्रश्न उठ्छ – जहाँ राज्य व्यवस्था नै ध्वस्त छ, सैन्य नियन्त्रणमा देश बाँडिएको छ, त्यहाँ मानवता बचाउन कति सजिलो छ?
भोक, रोग, र मृत्यु : सुडानको त्रिशूल
अल जजिरा र रोयटर्सका रिपोर्टहरू अनुसार, पहिरोको घटनास्थल वरपरको क्षेत्रमै भोकमरी घोषणा भइसकेको छ। औषधि छैन, खाना छैन, शरण छैन।
१.२ करोडभन्दा बढी सुडानी नागरिक विस्थापित भएर आफ्नै भूमिमा घरविहीन छन् । सुत्नलाई छानाको टालो छैन, र अब पृथ्वी नै उनीहरूको चिहान बन्न थालेको छ।
सुडानको यो पहिरो प्राकृतिक घटना हो तर सन्देश मानव निर्मित छ । जब राष्ट्रभित्र शान्ति हुँदैन, तब प्रकृति पनि शब्दविहीन मृत्युको उपकरण बन्छ। जब युद्धले देशलाई च्यात्छ, तब विपत्तिहरूको प्रभाव दोब्बर हुन्छ।
विश्व शान्त छ, सुडान चिच्याइरहेको छ
केही देशमा चुनावको होहल्ला छ, कतै बजारको चर्चा। अन्तर्राष्ट्रिय सञ्चारले “१,००० को मृत्यु” शीर्षक दिएर समाचार सम्प्रेषण गर्यो, तर सुडानले जुन चिच्याहट गरेको छ, त्यो संसारले सुन्न सकेको छैन।
सडकमा लासहरू छन्, खोलामा आँसु बगिरहेछन्। तर ‘Breaking News’ बन्ने होइन, टाढाको कुनै ग्रहमा भएको झैं बेवास्ता भइरहेको छ।
सुडानको पहिरोले मात्र होइन, हामी सबैको मौनताले पनि १,००० भन्दा बढी मानिस मरे । हाम्रो प्रतिक्रिया कति ढिलो थियो? कति मौन थियो ? प्रश्न त उही हो हामीले कतिअघि “मानवता” भन्ने शब्दलाई टेबलमाथिबाट धकेलिदियौं?
(अन्तराष्ट्रिय सञ्चार माध्यमकाे सहयाेगमा ) सं.
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २९ गते, २०८३ - १३:००
काठमाडौं । नेकपाका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेटसँग सम्बन्धित विधेयक मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि हेरफेर गरिएको विषय गम्भीर भएको भन्द...
जेष्ठ २९ गते, २०८३ - ०९:१०
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । शुक्रबार (जेठ २९) दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्ने सरकारका...
जेष्ठ २९ गते, २०८३ - ०९:०६
काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमै रातो कार्डको वर्षा भएको छ। सहआयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै विजयी सुरुआत गर्दा ख...
जेष्ठ २९ गते, २०८३ - ०८:५७
म्याग्दी । रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण गरेका छन् । मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँ...
जेष्ठ २९ गते, २०८३ - ०८:५५
काठमाडाैं । बालबालिका कुनै पनि राष्ट्रको भविष्य हुन्। उनीहरूको शिक्षा, स्वास्थ्य, सुरक्षा र समग्र विकास सुनिश्चित गर्नु राज्य तथा समाजको साझा दायित्व ...
जेष्ठ २९ गते, २०८३ - ०८:४३
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको अन्तिम सुनुवाइ जिल्ला अदालत काठमाडौंमा जारी रहेका बेला केही उच्च राजनीतिक र सार्वजनिक पदमा रहेका व्यक्तिलाई...
जेष्ठ २९ गते, २०८३ - ०८:३९
काठमाडौं । अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विस्तृत छा...
जेष्ठ २९ गते, २०८३ - ०८:३६
काठमाडौं । आज विश्व बालश्रम विरुद्धको दिवस । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ । बालबालिकालाई श्रमिकका रु...
जेष्ठ २९ गते, २०८३ - ०८:३४
संखुवासभा । संखुवासभा जिल्लाको च्याम्ताङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार राति १ः३१...



प्रतिकृया लेख्नुहोस्: