Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सुडानको मौन चिच्याहट : जब पहिरोले १,००० भन्दा बढी जीवन लियाे

युद्धले थिचिएको भूमि, अब पहिरोले पुरियो

खबरडबली संवाददाता

काठमाडाैं । पृथ्वीको एक कुनामा, जहाँ गोलीको आवाज, भोकको पीडा र विस्थापनको घाउ झन्डै तीन वर्षदेखि आम दिनचर्या बनिसकेको छ — त्यही सुडानमा फेरि एकपटक प्रकृतिले थप कहर बनिदिएको छ।

३१ अगस्ट २०२५, पश्चिमी सुडानको मर्रा पर्वतअन्तर्गतको एउटा सानो गाउँ तारासिन। उकालो भेगमा टोलाउँदै गरेको एक अदृश्य विपद्, जसको घाउ अझै प्रेसमा आउन सकेको थिएन। अन्ततः त्यो समाचार बन्यो, तर मानवता लथालिंग बनेको खबर बनेर।

सुडान लिबरेशन मुभमेन्ट (आर्मी) नामक विद्रोही संगठनले बीबीसीमार्फत् दिएको जानकारी अनुसार, लगातारको भीषण वर्षाले गाउँका सम्पूर्ण बासिन्दा पहिरोमा पुरिएका छन्। “केवल एक जना मात्र बाँचेका छन्,” उनीहरूको विज्ञप्तिमा उल्लेख गरिएको छ। बाँकी सबै झन्डै १,००० जति मानिस, आज मृतकको सूचीमा छन्।

युद्धले थिचिएको भूमि, अब पहिरोले पुरियो

सुडान अहिले गृहयुद्धको धुवाँ र रगतमा लपेटिएको राष्ट्र हो। सन् २०२३ को अप्रिलदेखि सुडानी सेना र अर्धसैनिक Rapid Support Forces (RSF) बीचको युद्धले १५०,००० भन्दा बढीको ज्यान लिइसकेको छ। देशको पश्चिमी भाग, खासगरी दारफुर क्षेत्रमा जातीय हिंसाको भयावहता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा क्रमिक रूपमा आउँदैछन्।

यो उही क्षेत्र हो – जहाँ पहिरोले पनि लास थपेको छ । दारफुरका हजारौं नागरिक, युद्धबाट भागेर मर्रा पर्वततिर शरण लिन पुगेका थिए। उनीहरूले बम र गोलीबाट त बाँच्न सके, तर पृथ्वी आफैं चिप्लिदा कतै हराए – चुपचाप, बिनाअवाज।

विद्रोही समूहले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय सहायता संस्थाहरूलाई अपिल गर्दै भनेको छ: “शवहरूको उद्धार र बाँचेकालाई राहत पुर्‍याउन सक्ने कोही छ भने, कृपया आउनुहोस्।”

तर प्रश्न उठ्छ – जहाँ राज्य व्यवस्था नै ध्वस्त छ, सैन्य नियन्त्रणमा देश बाँडिएको छ, त्यहाँ मानवता बचाउन कति सजिलो छ?

भोक, रोग, र मृत्यु : सुडानको त्रिशूल

अल जजिरा र रोयटर्सका रिपोर्टहरू अनुसार, पहिरोको घटनास्थल वरपरको क्षेत्रमै भोकमरी घोषणा भइसकेको छ। औषधि छैन, खाना छैन, शरण छैन।

१.२ करोडभन्दा बढी सुडानी नागरिक विस्थापित भएर आफ्नै भूमिमा घरविहीन छन् । सुत्नलाई छानाको टालो छैन, र अब पृथ्वी नै उनीहरूको चिहान बन्न थालेको छ।

सुडानको यो पहिरो प्राकृतिक घटना हो तर सन्देश मानव निर्मित छ । जब राष्ट्रभित्र शान्ति हुँदैन, तब प्रकृति पनि शब्दविहीन मृत्युको उपकरण बन्छ। जब युद्धले देशलाई च्यात्छ, तब विपत्तिहरूको प्रभाव दोब्बर हुन्छ।

विश्व शान्त छ, सुडान चिच्याइरहेको छ

केही देशमा चुनावको होहल्ला छ, कतै बजारको चर्चा। अन्तर्राष्ट्रिय सञ्चारले “१,००० को मृत्यु” शीर्षक दिएर समाचार सम्प्रेषण गर्‍यो, तर सुडानले जुन चिच्याहट गरेको छ, त्यो संसारले सुन्न सकेको छैन।

सडकमा लासहरू छन्, खोलामा आँसु बगिरहेछन्।  तर ‘Breaking News’ बन्ने होइन, टाढाको कुनै ग्रहमा भएको झैं बेवास्ता भइरहेको छ।

सुडानको पहिरोले मात्र होइन, हामी सबैको मौनताले पनि १,००० भन्दा बढी मानिस मरे । हाम्रो प्रतिक्रिया कति ढिलो थियो? कति मौन थियो ? प्रश्न त उही हो  हामीले कतिअघि “मानवता” भन्ने शब्दलाई टेबलमाथिबाट धकेलिदियौं? 

(अन्तराष्ट्रिय सञ्चार माध्यमकाे सहयाेगमा ) सं.

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वागमतीमा पुँजीगत खर्च ४.४७ प्रतिशतमात्र

मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...

ओली–पोखरेल समूहबीच मतदानको जोश, भृकुटीमण्डपमा व्यस्त माहोल

विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु

नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिन खुला रहने

काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...

ट्रम्प प्रशासनले थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगायो

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...

पिकअपभ्यानसहित १७६ किलो गाँजा बरामद, चालक पक्राउ

पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...

एमालेमा कुनै पक्ष–विपक्ष छैन, जित–हार पार्टीकै हुन्छ: श्रेष्ठ

काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...

सर्लाहीको उखुबारी आगलागी पीडित किसानलाई तत्काल राहत माग

सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...

‘पेलेको युग सकियो, एमालेमा अब मेस्सी जन्मिँदैछन्’ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...

एमाले तोड्ने चाहना कहिल्यै सफल हुँदैन : बर्तौला

काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...

मतदानस्थलमै प्यानल बाँडफाँड, एमाले महाधिवेशनमा तीव्र प्रचार

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending