काठमाडौं । सामाजिक सञ्जालमा ‘भाइरल सेकुवावाला’ भनेर चिनिएका राजु घिसिङले पोखरामा नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याएका छन् । पूर्वी नेपालको स्वाद झल्किने ‘पूर्वेली सेकुवा कर्नर’ नामक रेस्टुरेन्टमा उनले करोडौं लगानी गरेका छन्।
घिसिङको यो तेस्रो रेस्टुरेन्ट हो । यसअघि उनी काठमाडौंमा दुई वटा शाखा सञ्चालन गरिरहेका छन् । उनका रेस्टुरेन्टहरूमा हाल ४० जना भन्दा बढीलाई रोजगारी दिइएको छ।
सानै उमेरदेखि होटल व्यवसायमा रुचि राख्ने घिसिङले आफ्नो यात्रा साना स्टलबाट चटपटे, मम र चाउमिन बेच्दै सुरु गरेका थिए । केही वर्षमै उनले आफ्नो मेहनत र लगनशीलताबाट व्यवसाय विस्तार गर्दै २२ वर्षको उमेरमै तीनवटा रेस्टुरेन्टका मालिक बन्न सफल भएका हुन्।
उनको रेस्टुरेन्टमा विशेषगरी सेकुवा परिकारहरू अत्यधिक बिक्री हुने गरेका छन् । परम्परागत स्वादलाई आधुनिक रेस्टुरेन्ट शैलीमा प्रस्तुत गर्दै आएका घिसिङको कथा अहिले धेरै युवाहरूका लागि प्रेरणादायक उदाहारण बनेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १२ गते, २०८२ - २१:२९
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सामपाङले कार्की आयोगको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सिंहदरब...
चैत्र १२ गते, २०८२ - २१:१६
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै जेनजी आन्दोलनका माग नयाँ सरकारले पूरा गर्नुपर्ने बताएकी छन्। आफू नेतृत्वको स...
चैत्र १२ गते, २०८२ - २१:१२
कपिलवस्तु । कपिलवस्तुमा पछिल्ला दिनहरूमा देखिएको तनावपूर्ण घटनासँग सम्बन्धित आरोपमा प्रहरीले थप चार जनालाई पक्राउ गरेको छ। धार्मिक तथा साम्प्रदायिक सद...
चैत्र १२ गते, २०८२ - २१:०९
निराश छौ ! भो त्यो पर्दैन ! येस्तै हो जीवन ! राजनीति !! सम्झ न त्यो कहालीलाग्दो युगलाई ! जस्लाई तिम्ले नै हो कुल्चेर , सखाप पारेक...
चैत्र १२ गते, २०८२ - २०:०२
रौतहट। रौतहटको राजपुर नगरपालिकामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब २ः४५ बजे राजपुर न.पा. १ पिपरा...
चैत्र १२ गते, २०८२ - २०:०१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेरमा कार्कीले राष्ट्रको नाममा ...
चैत्र १२ गते, २०८२ - १९:५८
काठमाडौँ । प्रधानमन्त्रीको शपथको पूर्व सन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले ‘जय महाकाली’ गी...
चैत्र १२ गते, २०८२ - १९:४८
काठमाडौँ। भदौ २३–२४ मा देशभर फैलिएको जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक प्रतिक्रिया विभाजित भएको ...
चैत्र १२ गते, २०८२ - १९:३९
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मतदान कार्यक्रम स्थगित भएको छ । बिहीबार निर्वाचन समितिले चैत १३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को ...
चैत्र १२ गते, २०८२ - १९:२७
काठमाडौँ । बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले मन्त्रालयको सङ्ख्या घटाउँदा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई कायमै राख्न...



प्रतिकृया लेख्नुहोस्: