काठमाडौं । चाडपर्वको अवसरमा सामसङ नेपालले ‘दिनदिनै दशैं’ नामक उपभोक्ता अफर सार्वजनिक गरेको छ। कम्पनीले आगामी मंसिर २८ गतेसम्म सञ्चालन हुने यस अफरमार्फत सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने ग्राहकलाई दैनिक उपहार जित्ने अवसर प्रदान गर्ने जनाएको छ।
कम्पनीका अनुसार अफर सेप्टेम्बर १ देखि २८, २०२५ (भदौ १५–असोज ११) सम्म लागू हुनेछ। यस अवधिमा सामसङको नयाँ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने उपभोक्ताले आफ्नो Serial Number टाइप गरी ‘Samsung <space> Serial Number’ लेखी ३५००१ मा SMS पठाउनु पर्नेछ।
प्रत्येक दिन एक जना विजेताले रु. १ लाख बराबरको भाटभटेनी शपिङ भौचर प्राप्त गर्नेछन् भने १० जना भाग्यशाली विजेताले रु. १०,००० मूल्यको भौचर जित्नेछन्। कम्पनीले अफर अवधिभर दैनिक ११ जना विजेताको चयन गरिने जनाएको छ।
सामसङ नेपालका MX निर्देशक प्रणय रत्न स्थापितले ‘दिनदिनै दशैं’ अफरमार्फत हरेक चाडपर्वमा ग्राहकलाई अमूल्य अनुभव दिलाउने कम्पनीको प्रतिबद्धता दोहोर्याएका छन्। “सामसङले दशैंको सांस्कृतिक महत्वलाई आत्मसात गर्दै उपभोक्ताको जीवनमा थप समृद्धि ल्याउने प्रयास गरेको हो,” उनले भने।
ग्राहकहरूले *#06# डायल गरी सजिलै Serial Number पत्ता लगाउन सक्नेछन्। विजेताको नाम सामसङका आधिकारिक फेसबुक पेजहरू www.facebook.com/smartplazanepal
र www.facebook.com/IMS.NP
मा दैनिक प्रकाशित गरिनेछ।
उक्त अफर सामसङका आधिकारिक विक्रेता तथा ई–कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेका सामसङका स्मार्टफोन र ट्याबलेटमा लागू हुने कम्पनीले जनाएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण ६ गते, २०८३ - १९:५८
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज रातिदेखि आगामी तीन दिनसम्म देशका विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरे...
श्रावण ६ गते, २०८३ - १९:४८
काठमाडौं । सरकारले शिक्षा तथा स्वास्थ्य सेवामा लगाइएको समता शुल्क पूर्ण रूपमा खारेज गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन,...
श्रावण ६ गते, २०८३ - १९:४७
काठमाडौं । अफ्रिकी राष्ट्र कङ्गोमा फैलिएको इबोला प्रकोपले भयावह रूप लिएको छ। बुधबार सार्वजनिक सरकारी तथ्याङ्कअनुसार हालसम्म ९९९ जनाको मृत्यु भइसकेको छ...
श्रावण ६ गते, २०८३ - १९:४०
विराटनगर । विराटनगरका उद्योगी व्यवसायीले भारतको कोलकाताबाट विराटनगरस्थित एकीकृत जाँचचौकीसम्म कार्गो रेल सेवा सञ्चालनमा आएपछि ढुवानी लागत र समय दुवै कम...
श्रावण ६ गते, २०८३ - १९:३५
पोखरा । बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीमा उत्पादन हुने कोदो र फापरको पिठोलाई सहकारीमार्फत ब्रान्डिङ गरी बजारमा ल्याइएको छ। स्थानीय किसानको उत्पा...
श्रावण ६ गते, २०८३ - ०८:४९
बीपीको आदर्श एकातिर, कांग्रेसभित्रको विवाद अर्कोतिर
श्रावण ६ गते, २०८३ - ०८:४८
स्याङ्जा । गाउँका सार्वजनिक कामका लागि सरकारको मुख ताक्ने प्रवृत्ति बढिरहेका बेला स्याङ्जाको गल्याङ नगरपालिका–९ का युवाले भने आफ्नै श्रमबाट परिवर्तनको...
श्रावण ६ गते, २०८३ - ०८:४२
काठमाडौं । नेपाली कांग्रेसका संस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस बुधबार विभिन्न का...
श्रावण ६ गते, २०८३ - ०८:३८
काठमाडौं । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले माइतीघर मण्डला क्षेत्रमा पटक–पटक हुने डुबानको प्राविधिक कारणसहित विस्तृत प्रतिवेदन ...
श्रावण ६ गते, २०८३ - ०८:३४
हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक बालुवा बोकेको ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। हेटौँडा बजारबाट झमसिङटारतर्फ ज...



प्रतिकृया लेख्नुहोस्: