Khabar Dabali ८ पुष २०८२ मंगलवार | 23rd December, 2025 Tue
Investment bank

बाँझिएको जमिनमा रहरलाग्दो कागतीखेती : स्याङ्जाका ऋषिको सफलता

खबरडबली संवाददाता

स्याङ्जा । बाँदरको आतङ्कका कारण वर्षौंदेखि बाँझिएको जमिन अहिले हरियो कागतीबगैंचामा परिणत भएको छ। स्याङ्जाको वालिङ नगरपालिका–५ चिसापानीका युवा ऋषि रेग्मी बाँझो जमिनमा कागतीखेती गरेर आम्दानीको उदाहरणीय मोडेल बनेका छन्।

कोरोना महामारीले थोपरेको लकडाउनको समयमा उनी गाउँ फर्किए, र त्यसले उनको जीवनको दिशा नै बदलिदियो। समयको सदुपयोग गर्दै उनले २०७८ सालमा गल्याङ नगरपालिका–५ स्यालबासबाट १०० बोट सुनकागती ल्याएर रोपे। सुरुमा युट्युब हेरेर मात्र सिकेका उनले अहिले उत्कृष्ट उत्पादन दिइरहेका छन्।

“खेतीपाती बन्द भएपछि बाँदरको डरले धेरैको जमिन बाँझो थियो। मैले भने त्यसैलाई अवसर मानेर कागती रोप्ने निर्णय गरेँ,” रेग्मी भन्छन्, “त्यतिबेला देखेको सपना अहिले साकार हुँदैछ।”

उनी भन्छन्, “१०० बोटमध्ये ९० बोटले गत वर्षदेखि राम्रो उत्पादन दिइरहेका छन्। यस वर्ष त उत्पादन झनै बढेको छ, दोब्बरले वृद्धि भएको छ।” करिब ५ रोपनी क्षेत्रफलमा फैलिएको बगैंचाबाट उनले गत वर्षमात्र ६० हजार रुपैयाँ बराबरको कागती बिक्री गरे।

स्थानीय वालिङ बजारका होटलहरू नै प्रमुख ग्राहक हुन्। “व्यापारीलाई नभई सिधै होटलमा बेच्ने गरेको छु, त्यसैले बजार मूल्य पनि राम्रो पाइन्छ,” उनले बताए। कागतीको मूल्य प्रतिकिलो रु २०० देखि ३०० पर्छ।

उनको सफलतापछि गाउँका अरू युवाहरू र कृषकहरू पनि कागतीखेतीतर्फ आकृष्ट भएका छन्। “ऋषिजीको सफलताले हामीलाई पनि हौसला दिएको छ,” एक स्थानीय बासिन्दाले भने, “हामीले पनि अब बाँझो जमिन सदुपयोग गर्ने योजना बनाएका छौं।”

उनले सुरुवात गर्दा कुनै सरकारी सहयोग वा प्राविधिक समर्थन पाएका थिएनन्। युट्युबमा सर्च गरेर, सिकेर, र आफ्नै मेहनतमा भर परेर उनले यो खेती सुरु गरेका हुन्। अहिले भने स्थानिय तह वा कृषि कार्यालयबाट प्राविधिक सहयोग र अनुदानको अपेक्षा उनी राख्छन्।

“सरकारले थोरै सहयोग गरिदियो भने हामीले अझ धेरै युवालाई कृषि व्यवसायमा फर्काउन सक्छौं,” रेग्मी भन्छन्।

स्याङ्जाका ऋषि रेग्मीको बाँझिएको जमिनबाट सुरु भएको कागतीखेती अहिले गाउँकै उदाहरण बनेको छ। उनले देखाएको सजिलो, सस्तो र सुलभ मोडेल अन्य कृषकका लागि पनि प्रेरणादायी बन्न थालेको छ। बाँदरको समस्या, बेरोजगारी र बाँझो जमिनजस्ता चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सकिने स्पष्ट सन्देश उनीबाट पाइन्छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

लप्सीले फेरिँदै गाउँको अर्थतन्त्र, ७० लाखको कारोबार गर्ने लक्ष्य

पर्वत । पर्वतका पाखापखेरा र डाँडाकाँडाहरू यतिबेला पाकेका लप्सीले पहेँलपुर बनेका छन्। 'लप्सी जिल्ला' को पहिचान बनाएको पर्वतमा यतिबेला किसानहरूल...

भदौ २३ को हिंसात्मक घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले गत भदौ २३ गते भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्ने बताएका छन् ...

वर्षौँदेखि पालमुनि घरबारविहीन परिवार, चुरेमा जोखिमपूर्ण जीवन

कैलाली । चुरे गाउँपालिका–४, बालुवागडा नजिकैको जङ्गलमा नवलसिंह घर्ती र उनको परिवार विगत तीन वर्षदेखि पालमुनी जीवन बिताउन बाध्य छन् । केही वर्षअघि आएको ...

रुकुम पश्चिममा अटो दुर्घटना : चालकको घटनास्थलमै मृत्यु

रुकुम पश्चिम । गएराति भएको अटो दुर्घटनामा रुकुम पश्चिममा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आइतबार राति मध्यपहाडी...

मिराज ढुंगानाको समूहले प्रदर्शनका लागि प्रशासनको अनुमति नलिएको : काठमाडौँ जिल्ला प्रशासन

काठमाडौँ । आन्दोलनको घोषणा गरेको मिराज ढुंगानाको समूहले आज काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गर्ने तयारी गरे पनि हालसम्म काठमाडौँ जिल्ला प्रशासन का...

ओखलढुंगामा नियम बिर्सिएको प्रशासन: बिना करारका कर्मचारी सूचना अधिकारी बनेको खुलासा

ओखलढुंगा । ओखलढुंगाको स्वास्थ्य कार्यालय रुम्जाटारमा करार सम्झौता बिना नै कर्मचारी कार्यरत रहेको खुलेको छ। विवेककुमार पोखरेल, जो विगत पाँच महिनादेखि क...

पूर्वी पहाडमा सुन्तलाको बम्पर उत्पादन, धरान बजारमा कारोबार ३० प्रतिशतले बढ्यो

धनकुटा । गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादन उल्लेख्य रूपमा बढेपछि पूर्वी पहाडका किसान उत्साहित भएका छन्। धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथरलग...

ताप्लेजुङमा भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङमा बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका-३, लेकुवाका  २६ वर्षका फुर्वा शेर्पा...

मौन पीडामा कालिमायाको याचना : अपाङ्गताको पीडा र राज्यको मौनता

छोराको पीडामा बाँधिएकी आमाको कथा

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या बढी

चितवन । चितवन जिल्लामा नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नेपाली नागरिकता लिनेको सङ्ख्या बढी देखिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending