खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) खोटेहाङ गाउँपालिका कार्यसमितिले जनश्रमदानमार्फत गाउँपालिकाभित्रका पर्यटकीय स्थलको प्रवर्द्धन सुरु गरेको छ । स्थानीयवासी र पार्टीका नेता–कार्यकर्ताबीचको सहकार्यलाई सुदृढ बनाउनसहित पर्यटन विकासलाई लक्षित गर्दै अभियान अघि बढाइएको हो ।
अभियानअन्तर्गत वडा नं. २ वाप्लुखाको कपासेभञ्ज्याङस्थित निर्माणाधीन राष्ट्रिय विभूति उद्यान तथा रोक्सिमभञ्ज्याङको सोलढुङ्गा, सुम्निमा–पारुहाङ पार्क र सानो हलेसी गुफा वरपर सरसफाइ र वृक्षारोपण गरिएको कार्यसमितिका अध्यक्ष दिपेन थुलुङले जानकारी दिए । उनका अनुसार प्राकृतिक रुपमा बनेका पर्यटकीय स्थलको संरक्षण र प्रवर्द्धन गर्न सके गाउँपालिकाको आन्तरिक आम्दानीमा समेत वृद्धि हुने विश्वास लिइएको छ ।
“सानातिना कामका लागि पनि राज्यको मुख ताक्ने प्रवृत्ति बढिरहेको छ । श्रम गर्ने बानी हराउँदै गएको अवस्थामा हामीले आफ्नै क्षेत्रको काम आफैं गर्ने सन्देश प्रवाह गर्दै जनश्रमदान अभियान थालेका हौं,” अध्यक्ष थुलुङले भने ।
अभियानमा स्थानीयवासी स्वतःस्फूर्त रूपमा ८० देखि १०० जनासम्म सहभागी हुने गरेको आयोजकले जनाएको छ । यस क्रममा पर्यटकीय तथा सार्वजनिक स्थलमा वृक्षारोपण, बिग्रिएका सडक र गोरेटो बाटो मर्मत, सरसफाइ तथा फोहर व्यवस्थापनजस्ता काम गरिँदै आएको छ ।
भदौ ५ गतेबाट औपचारिक रुपमा सुरु गरिएको अभियानमा सोलढुङ्गा, सुम्निमा–पारुहाङ पार्क र सानो हलेसी गुफा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकले फालेका फोहर संकलन गरी व्यवस्थापन गरिएको छ । साथै लालीगुराँसका एक हजार, धुपी, सल्ला तथा अन्य मौसमी फूलका बिरुवा रोपिएको छ । यी बिरुवामध्ये केही सामुदायिक वन र केही सव–डिभिजन वन कार्यालय खोटाङबजारबाट उपलब्ध गराइएको हो ।
यस्तै, कपासेभञ्ज्याङस्थित राष्ट्रिय विभूति उद्यान र चिया बगान आसपास करिब तीन हजार रोपनी सार्वजनिक जग्गामा गुराँस, धुपी, सल्ला र मौसमी फूलका बिरुवा रोपिएको पनि माओवादी केन्द्रले जनाएको छ । अभियानलाई क्रमशः गाउँपालिकाका सबै वडामा विस्तार गर्ने तयारी रहेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - २०:१४
पाेखरा । ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नारासहित पोखरामा शनिबार आठौँ संस्करणको टुर द पोखरा–०८२ सम्पन्न भएको छ । साइकल सिटी पोखर...
पौष ५ गते, २०८२ - २०:०६
उदयपुर । उदपुरको बेलका नगरपलिका–८ डुम्रिबोटबाट प्रहरीले २०५ केजी ६६५ ग्राम वेवारिसे गाँजा बरामद गरेको छ। गएराती इलाका प्रहरी कार्यालय रामपुरठोक्सि...
पौष ५ गते, २०८२ - २०:०४
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१ मा आफ्नै दाजुले धारिलो हतियार खुकुरी प्रहार गरी भाइको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अ...
पौष ५ गते, २०८२ - १९:५७
काठमाडाैं । नेकपा एमालेको दशौँ महाधिवेशन सकिएसँगै अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई ‘एकताबद्ध र सुदृढ’ बनाएको दाबी गरे पनि पार्टीभित्रको वास्तविक अवस...
पौष ५ गते, २०८२ - १९:४५
लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर १८, खपौदीमा शनिबार दिउँसो एक प्याराग्लाइडिङ दुर्घटना भएको छ । हिमालयन ड्रागन प्याराग्लाइडिङ कम्पनीको प्...
पौष ५ गते, २०८२ - १९:४२
बाँके । बाँकेमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि शुक्रबारबाट चिसो अत्यधिक बढेको छ । हुस्सु र कुहिरोका कारण एकातिर चिसो बढेर जनजीवन प्रभावित भएको ...
पौष ५ गते, २०८२ - १९:३८
अफगानिस्तान । अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु भएको स्थानीय सेनाका अधिकारीले शनिबार ...
पौष ५ गते, २०८२ - १९:३६
म्याग्दी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न भएका आयोजनाको भुक्तानीमा समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन्...
पौष ५ गते, २०८२ - १९:३३
कोलम्बो । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को कार्यकारी बोर्डले शुक्रबार श्रीलङ्काका लागि दुई करोड ६ लाख अमेरिकी डलरको आपत्कालीन वित्तीय सहायता स्व...
पौष ५ गते, २०८२ - १९:३१
टोकियो । जापानले मध्य एसियामा आगामी पाँच वर्षभित्र १९ अर्ब डलर बराबरका व्यापार परियोजनाहरू सञ्चालन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । यो पहल जापानले प्र...




प्रतिकृया लेख्नुहोस्: