नैरोबी । केन्याको काकुमा शरणार्थी शिविरबाट हालसम्म छ हजार भन्दा बढी दक्षिण सुडानका शरणार्थीहरू बाहिरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । खाद्य सामग्रीमा आएको गम्भीर अभाव र अन्तर्राष्ट्रिय सहयोगमा कटौतीका कारण उहाँहरू शिविर छाड्न बाध्य भएका हुन् ।
काकुमा, केन्याको उत्तर भागमा अवस्थित दोस्रो ठूलो शरणार्थी शिविर हो, जहाँ दक्षिण सुडान, सोमालिया, युगाण्डा र बुरुण्डी लगायत विभिन्न देशका करिब तीन लाख शरणार्थीहरू आश्रित छन् ।
हालसालै, खाद्यान्नको आपूर्ति कटौती भएपछि शिविरमा रहेका धेरै शरणार्थीहरूले कठिन परिस्थिति भोग्नु परेको छ । यसैको कारण गत महिना शिविरमा केही विरोध प्रदर्शनसमेत भएका थिए ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (युएनएचसीआर) का अनुसार,“मार्च महिनादेखि हालसम्म करिब ६ हजार दुई सय जना दक्षिण सुडानी शरणार्थीहरूले काकुमा र नजिकैको कालोबेयेइ शिविर छाडेका छन् ।”
जुलाई महिनादेखि अगस्त २० गतेसम्म मात्र करिब तीन हजार ६ सय जना—जसमध्ये अधिकांश महिला र बालबालिका शिविरबाट बाहिरिएको जनाइएको छ । यो संख्या यो वर्षको कुल पलायनको आधाभन्दा बढी हो ।
संस्थाले थप जानकारी दिँदै भन्यो,“शिविर छाड्ने वास्तविक संख्या अझ बढी हुनसक्छ, किनभने धेरैजसो मानिसहरू अनौपचारिक रूपमा बाहिरिने गरेका छन्।” त्यसैबीच, यही अवधिमा करिब चार हजार ८ सय नयाँ शरणार्थी पनि शिविरमा आएका छन् ।
खाद्य सहयोगको कटौती
संयुक्त राष्ट्रसंघका अनुसार, जुलाई महिनादेखि खाद्यान्न सहयोगमा आएको कटौतीसँगै स्थिति गम्भीर बन्न थालेको देखिन्छ ।
विश्व खाद्य कार्यक्रम (डब्लुएपपी) ले शरणार्थीहरूलाई चार तहमा वर्गीकरण गरी सहयोग उपलब्ध गराउँदै आएको छ, जसअनुसार सबैभन्दा कमजोर अवस्थाका दुई तहका व्यक्तिहरूलाई मात्र खाद्य सहायता दिइँदैछ ।
संस्थाले भन्यो,“केही शरणार्थीहरूले यो वर्गीकरणप्रति चिन्ता व्यक्त गरेका छन्, साथै हालका अशान्त परिस्थितिले पनि उनीहरूलाई शिविर छाड्न बाध्य बनाएको देखिन्छ ।
विश्व खाद्य कार्यक्रमले सामाजिक सञ्जालमा जानकारी दिँदै भन्यो,“हामी अहिले सामना गरिरहेकै यो अवस्था विश्वव्यापी सहयोग अभावको प्रत्यक्ष परिणाम हो । स्रोतहरू शीघ्र उपलब्ध हुन सकेनन् भने, शरणार्थीहरू निकै कठिन निर्णय लिन बाध्य हुनेछन ।”
शरणार्थी सेवा विभाग (डआिरएस) का एक अधिकारीले नाम गोप्य राख्दै जानकारी गराए अनुसार, धेरै दक्षिण सुडानीहरू हाल आफ्नो देश फर्किनेक्रममा छन् ।
उनले भने,“दक्षिण सुडानका नागरिकहरू पहिले पनि आउजाउ गर्ने गर्थे, तर अहिलेको बाहिरिने अवस्था सामान्यभन्दा फरक छ । खाद्य सहयोगको नयाँ व्यवस्था अनुसार धेरैजना सहायता पाउने सूचीबाट बाहिरिएका छन्, जसका कारण उनीहरूलाई शिविरमा बस्न कठिन भएको छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: