Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

केन्याको शिविरमा खाद्य सङ्कट, हजारौं शरणार्थी बाध्य भएर फर्किए

खबरडबली संवाददाता

नैरोबी । केन्याको काकुमा शरणार्थी शिविरबाट हालसम्म छ हजार भन्दा बढी दक्षिण सुडानका शरणार्थीहरू बाहिरिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । खाद्य सामग्रीमा आएको गम्भीर अभाव र अन्तर्राष्ट्रिय सहयोगमा कटौतीका कारण उहाँहरू शिविर छाड्न बाध्य भएका हुन् ।

काकुमा, केन्याको उत्तर भागमा अवस्थित दोस्रो ठूलो शरणार्थी शिविर हो, जहाँ दक्षिण सुडान, सोमालिया, युगाण्डा र बुरुण्डी लगायत विभिन्न देशका करिब तीन लाख शरणार्थीहरू आश्रित छन् ।

हालसालै, खाद्यान्नको आपूर्ति कटौती भएपछि शिविरमा रहेका धेरै शरणार्थीहरूले कठिन परिस्थिति भोग्नु परेको छ । यसैको कारण गत महिना शिविरमा केही विरोध प्रदर्शनसमेत भएका थिए ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोग (युएनएचसीआर) का अनुसार,“मार्च महिनादेखि हालसम्म करिब ६ हजार दुई सय जना दक्षिण सुडानी शरणार्थीहरूले काकुमा र नजिकैको कालोबेयेइ शिविर छाडेका छन् ।”

जुलाई महिनादेखि अगस्त २० गतेसम्म मात्र करिब तीन हजार ६ सय जना—जसमध्ये अधिकांश महिला र बालबालिका शिविरबाट बाहिरिएको जनाइएको छ । यो संख्या यो वर्षको कुल पलायनको आधाभन्दा बढी हो ।

संस्थाले थप जानकारी दिँदै भन्यो,“शिविर छाड्ने वास्तविक संख्या अझ बढी हुनसक्छ, किनभने धेरैजसो मानिसहरू अनौपचारिक रूपमा बाहिरिने गरेका छन्।” त्यसैबीच, यही अवधिमा करिब चार हजार ८ सय नयाँ शरणार्थी पनि शिविरमा आएका छन् ।

खाद्य सहयोगको कटौती

संयुक्त राष्ट्रसंघका अनुसार, जुलाई महिनादेखि खाद्यान्न सहयोगमा आएको कटौतीसँगै स्थिति गम्भीर बन्न थालेको देखिन्छ ।

विश्व खाद्य कार्यक्रम (डब्लुएपपी) ले शरणार्थीहरूलाई चार तहमा वर्गीकरण गरी सहयोग उपलब्ध गराउँदै आएको छ, जसअनुसार सबैभन्दा कमजोर अवस्थाका दुई तहका व्यक्तिहरूलाई मात्र खाद्य सहायता दिइँदैछ ।

संस्थाले भन्यो,“केही शरणार्थीहरूले यो वर्गीकरणप्रति चिन्ता व्यक्त गरेका छन्, साथै हालका अशान्त परिस्थितिले पनि उनीहरूलाई शिविर छाड्न बाध्य बनाएको देखिन्छ ।

विश्व खाद्य कार्यक्रमले सामाजिक सञ्जालमा जानकारी दिँदै भन्यो,“हामी अहिले सामना गरिरहेकै यो अवस्था विश्वव्यापी सहयोग अभावको प्रत्यक्ष परिणाम हो । स्रोतहरू शीघ्र उपलब्ध हुन सकेनन् भने, शरणार्थीहरू निकै कठिन निर्णय लिन बाध्य हुनेछन ।”

शरणार्थी सेवा विभाग (डआिरएस) का एक अधिकारीले नाम गोप्य राख्दै जानकारी गराए अनुसार, धेरै दक्षिण सुडानीहरू हाल आफ्नो देश फर्किनेक्रममा छन् ।

उनले भने,“दक्षिण सुडानका नागरिकहरू पहिले पनि आउजाउ गर्ने गर्थे, तर अहिलेको बाहिरिने अवस्था सामान्यभन्दा फरक छ । खाद्य सहयोगको नयाँ व्यवस्था अनुसार धेरैजना सहायता पाउने सूचीबाट बाहिरिएका छन्, जसका कारण उनीहरूलाई शिविरमा बस्न कठिन भएको छ ।” 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending