Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

इरानको आणविक विवाद समाधानका लागि ३० दिनको कूटनीतिक अवसर : युरोपेली सङ्घ

खबरडबली संवाददाता

कोपेनहेगन । युरोपेली सङ्घ (इयु) का परराष्ट्र नीति प्रमुख काया कालासले इरानको आणविक कार्यक्रमसम्बन्धी विवाद समाधानका लागि आउँदो ३० दिनलाई कूटनीतिक अवसरको रूपमा हेर्नुपर्ने बताएका छन् ।

शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै उनले भने,“हामी अहिले ३० दिनको नयाँ चरणमा प्रवेश गर्दैछौं । यसले हामीलाई समस्या समाधान गर्न कूटनीतिक बाटो अपनाउने महत्त्वपूर्ण अवसर दिएको छ ।”

उनले थप स्पष्ट पार्दै भनिन्,“यी ३० दिनभित्र हामीले सबै पक्षबीच सहमति कायम गर्ने प्रयास गर्नुपर्नेछ।” फ्रान्स, बेलायत र जर्मनीले बिहीबार संयुक्त राष्ट्रसंघअन्तर्गतको एक प्रक्रिया सुरु गरेका छन्, जसअनुसार इरानमाथि ३० दिनभित्र अन्तर्राष्ट्रिय प्रतिबन्ध पुनः लागु हुनसक्नेछ । उनीहरूको भनाइ अनुसार, इरानले सन् २०१५ मा विश्व शक्तिहरूसँग गरेको आणविक सम्झौताका बुँदाहरू पालना नगरेको आरोप छ ।

उक्त सम्झौताअनुसार इरानले आफ्नो आणविक कार्यक्रम सीमित गर्न सहमति जनाएको थियो, जसको बदलामा उसमाथि लागेका प्रतिबन्धहरू हटाइएको थियो । तर पछिल्लो समय इरानले सम्झौता उल्लङ्घन गरेको गुनासो गर्दै युरोपेली राष्ट्रहरूले कारबाहीको प्रक्रिया अघि बढाएका हुन् ।

इरानले भने यस कदमको विरोध जनाउँदै उपयुक्त रूपमा प्रतिक्रिया दिने चेतावनी दिएको छ । उसले यो कार्यले विगतका कूटनीतिक प्रयासहरूमा अवरोध पुग्ने सम्भावना रहेको जनाएको छ ।

यद्यपि, संयुक्त राष्ट्रसंघले भने हालको ३० दिनलाई ‘समझदारीमा पुग्न सकिने अवसर’ भएको बताएको छ ।
फ्रान्सका परराष्ट्र मन्त्री जाँ नोएल बारोले भने,“इरानको आणविक कार्यक्रमबारे चिन्ता गहिरिँदो छ । यसले अझ गम्भीर रूप नलेओस् भन्ने हाम्रो चाहना हो ।” तर उनले यो कदम कूटनीतिक पहलको अन्त्य होइन भन्ने कुरा स्पष्ट पारे । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending