Khabar Dabali ९ पुष २०८२ बुधबार | 24th December, 2025 Wed
Investment bank

युरोपेली ‘स्न्यापब्याक’ प्रतिबन्धको खतराबिच इरानी रियाल रेकर्ड न्यूनमा

खबरडबली संवाददाता

दुबई । युरोपेली राष्ट्रले इरानमाथि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्ध पुनः लागु गर्ने प्रक्रिया सुरु गर्ने आशङ्काबिच बिहीबार तेहरानमा रियाल मुद्रा रेकर्ड न्यून स्तरमा झरेको छ । यसले पहिल्यै कमजोर अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको छ ।

सन् २०१५ को इरान र विश्व शक्तिबिचको आणविक सम्झौतामा समावेश ‘स्न्यापब्याक’ संयन्त्र संयुक्त राष्ट्रसङ्घमा भिटो-प्रुफ हुने गरी बनाइएको थियो । यसले ३० दिनको समयावधिपछि लागु हुने सम्भावना छ । यदि कार्यान्वयन गरियो भने, इरानी सम्पत्ति विदेशमा फ्रिज हुने छ, हतियार सम्झौतामा रोक लाग्नेछ र ब्यालिस्टिक मिसाइल कार्यक्रमसमेत दण्डित हुने छ ।

तेहरानमा बिहीबार एक डलर बराबर १० लाख रियालमा कारोबार भयो । सन् २०१५ को सम्झौताको समयमा यो दर ३२ हजार रियाल बराबर एक डलर थियो । अप्रिलमा रियाल आफ्नो सबैभन्दा कम विन्दु एक डलर बराबर १० लाख ४३ हजारमा पुगेको थियो । फ्रान्स, जर्मनी र बेलायतले अगस्ट ८ मा इजरायलसँगको १२ दिने युद्धको सुरुमा इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को निरीक्षण रोकेपछि स्न्यापब्याक ट्रिगर हुनसक्ने चेतावनी दिएका थिए । त्यसयता इजरायली आक्रमणमा तेहरानका शीर्ष सैन्य नेता मारिए र सर्वोच्च नेता आयातुल्ला अली खामेनी लुकेर बस्न बाध्य भए । 

इरानको प्रतिक्रिया

सुरुआतमा इरानले नयाँ प्रतिबन्धको खतरालाई कम आँकेको थियो । युरोपेली चेतावनीपछि पनि केही समय थोरै मात्र कूटनीतिमा संलग्न भयो । तर पछिल्ला दिनहरूमा छिटफुट कूटनीतिक गतिविधिले यसको शासनभित्रको अराजकतालाई उजागर गरिरहेको देखिन्छ । विदेशमन्त्री अब्बास अराघचीले गत हप्ता भनेका थिए । “युद्ध हुँदा हामी वार्तामा थियौँ । त्यसैले, वार्ताले मात्रै युद्ध रोक्दैन । कहिलेकाहीँ युद्ध अपरिहार्य हुन्छ र कूटनीतिले मात्र त्यसलाई रोक्न सक्दैन ।”

आणविक सम्वर्धनबारे चिन्ता

जुनमा युद्ध सुरु हुनुअघि इरानले ६० प्रतिशत शुद्धतासम्म युरेनियम सम्वर्धन गरिरहेको थियो । यो हतियार-ग्रेड ९० प्रतिशत स्तरको नजिक छ । यससँग धेरै परमाणु बम बनाउन पर्याप्त अत्यधिक समृद्ध युरेनियम भण्डार रहेको बताइन्छ । इरानले आफ्नो कार्यक्रम शान्तिपूर्ण भएको दाबी गर्दै आएको छ । तर पश्चिमी राष्ट्र र आइएइएले सन् २००३ सम्म इरानसँग सक्रिय आणविक हतियार कार्यक्रम रहेको अनुमान गरेका छन् ।

हाल इजरायल र अमेरिकाले युद्धका क्रममा आणविक साइटमा आक्रमण गर्दा इरानको कार्यक्रममा कस्तो असर परेको हो भन्ने स्पष्ट छैन । सन् २०१५ को सम्झौतामा इरानले आइएइएलाई आफ्ना साइटमा अन्य मुलुकभन्दा बढी पहुँच दिने सहमति जनाएको थियो । यसअन्तर्गत स्थायी क्यामेरा, सेन्सर र अनलाइन मोनिटर जडान गरिएको थियो, जसले नातान्ज आणविक केन्द्रमा युरेनियम सम्वर्धन स्तर मापन गथ्र्यो ।

आइएइए निरीक्षकले नियमितरूपमा इरानी साइटमा पुगेर नमूना सङ्कलन गर्ने गरेका थिए, जुन अस्ट्रियास्थित प्रयोगशालामा परीक्षण गरिन्थ्यो । उपग्रह तस्वीरमार्फत पनि निगरानी भइरहेको थियो । तर सन् २०१८ मा अमेरिका सम्झौताबाट बाहिरिएपछि आइएइएका निरीक्षकलाई पहुँच दिनमा इरानले लगातार प्रतिबन्ध लगाउँदै आएको छ । इरानले भने आक्रमणअघि युरेनियम र अन्य सामग्री नयाँ अघोषित साइटमा सारिएको दाबी गरेको छ । यसैबिच, बुधबार रुसी सहयोगमा सञ्चालित बुसेहर आणविक रिएक्टरमा इन्धन प्रतिस्थापन हेर्न आइएइए निरीक्षक उपस्थित थिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending