टोकियो । जापानका लागि भारतका राजदूत सिबी जर्जले अमेरिकासँगको तनावपूर्ण सम्बन्धका बीच पनि क्वाडको महत्त्वलाई जोड दिँदै प्रधानमन्त्री नरेन्द्र मोदी र उनका जापानी समकक्षी शिगेरु इसिबाबीच टोकियोमा हुने भेटवार्तामा क्वाड प्रमुख एजेन्डा बन्ने सम्भावना रहेको बताएका छन् ।
उनले भने, “क्वाड चार समान विचारधारा भएका देशहरूको समूह हो जसले इन्डो–प्यासिफिक क्षेत्रमा शान्ति, स्थिरता र समृद्धि कायम गर्न ठोस प्रस्तावहरू अघि सारेको छ । भारत र जापानजस्ता दुई प्रमुख नेताहरू भेट्दा उहाँहरूले भू–राजनीतिक र भू–आर्थिक विषयहरूमा व्यापक छलफल गर्नुहुनेछ्, जसमा क्वाडको मुद्दा अवश्यै उठ्नेछ ।”
अमेरिकाले भारतमाथि लगाएको ५० प्रतिशत करबारे सोधिएको प्रश्नमा जर्जले भारत र जापान दुवै क्वाड सदस्य भएकाले वर्तमान भू–राजनीतिक तथा भू–आर्थिक अवस्थाबारे छलफल हुने स्पष्ट पारे । उनले भने, “यी सबै विषयहरू वार्तामा उठ्नेछन् र भारतले अमेरिकासँगको सम्बन्धमा चुनौती भए पनि क्वाडलाई निरन्तर अगाडि बढाउनेछ ।”
उनले स्मरण गरे, “क्वाड सन् २००४ को सुनामीपछि सुरु भएको हो र अहिले शिखर सम्मेलनदेखि विदेशमन्त्रीहरूको बैठकसम्म सक्रिय बनेको छ । यसको एजेन्डा ठोस र सकारात्मक छ, त्यसैले भारत यसलाई अघि बढाउन प्रतिबद्ध छ ।”
मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर वृद्धि बीच जापान भ्रमण गर्ने भएकाले यसलाई क्वाडको भविष्यसँग जोडेर हेरिएको छ । यसैबीच, अमेरिकाले जापानसँगको व्यापार सम्झौता पश्चात् २५ प्रतिशत प्रारम्भिक भन्सार शुल्क घटाउँदै हाल १५ प्रतिशत कर कम गरेको छ ।
प्रधानमन्त्री मोदी अगस्ट २९ देखि दुई दिने जापान भ्रमणमा रहनेछन् र वार्षिक शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री इसिबासँग भेट गर्नेछन् । जापान भ्रमणपछि उनी अगस्ट ३१ र सेप्टेम्बर १ मा चीनमा हुने साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुनेछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - २०:११
काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...
पौष ८ गते, २०८२ - २०:०८
काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...
पौष ८ गते, २०८२ - २०:०४
काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...
पौष ८ गते, २०८२ - २०:०१
विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ । फागुन २१ गतेका लागि तोकिएको प्र...
पौष ८ गते, २०८२ - १९:०५
कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...
पौष ८ गते, २०८२ - १९:०३
तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...
पौष ८ गते, २०८२ - १९:००
झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...
पौष ८ गते, २०८२ - १८:५५
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...
पौष ८ गते, २०८२ - १८:४८
काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ । भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...
पौष ८ गते, २०८२ - १८:१६
याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...




प्रतिकृया लेख्नुहोस्: