Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

गाईघाट–फत्तेपुर सडक स्तरोन्नतिसँगै धमाधम कालोपत्रे

खबरडबली संवाददाता

उदयपुर । उदयपुरकै सबैभन्दा पुरानो गाईघाट–फत्तेपुर सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्ने काम तीव्र गतिमा भइरहेको छ । 

सन् २०२५ सालअघि नै ट्र्याक खुलेको यस सडकको मोतीगडा–जोगीदह खण्ड (करिब १२ किलोमिटर) मा डिभिजन सडक कार्यालय लहानले कालोपत्रे गरिरहेको हो ।

संघीय सरकारले निर्वाचन क्षेत्र रणनीतिक सडक योजनाअनुसार प्रत्येक क्षेत्रमा २५ देखि ४० करोड रुपैयाँसम्म लगानी गर्दै आएको छ । उदयपुर क्षेत्र नं. १ मा पर्ने सदरमुकाम गाईघाट जोड्ने यस ऐतिहासिक सडकमा हाल उच्च गुणस्तरको दुई लेनको अस्पाल्ट कंक्रिट कालोपत्रे भइरहेको डिभिजन सडक कार्यालय लहानका प्रमुख इन्जिनियर आशुतोष कर्णले बताए ।

मैनाचुली–साह–रेग्मी जेभी निर्माण कम्पनीले करिब २८ करोड ४३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी अघिल्लो वर्षदेखि काम सुरु गरेको हो । कम्पनीका व्यवसायी मणिकुमार दाहालका अनुसार सुरुमा बजेट अभावका कारण समस्या भए पनि अहिले आवश्यक रकम सुनिश्चित भएपछि काम गति लिएको छ ।

त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका हुँदै सप्तरीको फत्तेपुरसम्म जोड्ने ३० किलोमिटर लामो सडकअन्तर्गत मोतीगडा–जोगीदह–रूपनी खण्ड तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य निर्माण कम्पनीले लिएको छ । डिभिजन सडक कार्यालयका साइट इन्चार्ज सञ्जीव साहका अनुसार पाँचवटा ठूला र १७ वटा साना गरी कुल २२ वटा कल्भर्ट निर्माण पूरा भइसकेको छ । नाला र अन्य संरचनाको कामसमेत सम्पन्न भइसकेको र हालसम्म करिब पाँच किलोमिटर कालोपत्रे सकिएको उनले जानकारी दिए ।

करिब ४० करोड लागत अनुमान गरिएको योजनामा गत वर्ष सरकारले साढे २ करोड मात्र उपलब्ध गराएको थियो । यस वर्ष भने बजेटको समस्या नपर्ने भएकाले काम अवरुद्ध नहुने सम्बन्धित निकायको भनाइ छ ।

यस सडकअन्तर्गत चुरेबाट बग्ने लोहाले, बबिया, कंग र बाहुन्ना खोला भए पनि पुल निर्माणको योजना हालसम्म बनेको छैन । पुलको डिजाइन सडक विभागको पुल महाशाखाले गर्ने भएकाले यस कार्यालयले यसबारे काम अघि बढाउन नसक्ने डिभिजन प्रमुख कर्णले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फागुन २१ को निर्वाचन अपरिहार्य छ: कोइराला

विराटनगर । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने संसदीय निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन औपचारिक तयारी सुरु गरेको नेता डाक्टर शेखर काेइरालाले बत...

चीन–नेपाल सम्बन्ध अद्वितीय छ: राजदूत छन सङ

काठमाडौं । नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको सम्बन्ध अद्वितीय रहेको बताउँदै आफू जहाँ रहे पनि नेपालको विकास प्रयासमा सघाउने प्रतिबद्धत...

छथर जोरपाटीमा आँप ब्लक विकास कार्यक्रम सञ्चालनमा समस्या

धनकुटा । कृषि ज्ञान केन्द्र र स्थानीय पालिकाबिच प्रभावकारी समन्वय नहुँदा धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तल्लो क्षेत्रमा आँप ब्लक विकास कार्यक्रम सञ...

देशका महत्वपूर्ण मानिने औद्योगिक क्षेत्र एक दशकमा पनि बनेनन्

काठमाडौं । सरकारले सातै प्रदेशमा ठुला औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरेको एक दशक बितिसक्दा पनि एउटा पनि सञ्चालनमा आउन सकेको छैन । सरकारले औद...

ललितपुरमा बोरामा प्याक गरेकाे अवस्थमा शव फेला

काठमाडौं । हत्या गरी बोरामा प्याक गरेर इनारमा फालिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शव सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायु...

निर्वाचन नजिकिँदै गर्दा ८ जिल्ला सीडीओविहीन

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा आठ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)को नेतृत्व शून्य बनेको छ । मन्त्रिपरिषद्को पुस ३ गते ब...

आइसिसी टी–२० विश्वकपकाे लागि २४ खेलाडी बन्द प्रशिक्षणमा

काठमाडौं । भारत र श्रीलङ्कामा आगामी फेब्रुअरी ७ देखि आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार २४ खेलाडी बन...

लहान नगरपालिकाद्वारा विपन्न परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग

सिरहा । लहान नगरपालिकाले विपन्न तथा गरिब परिवारलाई नगदसहित खाद्य सामग्री सहयोग गरेको छ । नगर प्रमुख महेशप्रसाद चौधरीले लहान नगरपालिका–१२ भोटियाटोलका ह...

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर । टेम्केमैयुङ गाउँपालिका वडा नम्बर ९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण थालिएको बौद्धस्तूप सम्पन्न भ...

संसद् पुनर्स्थापनाको राजनीतिक चाल: स्थायित्वको आवरणमा अस्थिरताको निरन्तरतामा कांग्रेस-एमाले

काठमाडाैं । प्रतिनिधिसभा पुनर्स्थापनाको मागलाई लिएर नेपाली कांग्रेस र नेकपा एमाले खुला रूपमा अदालतसम्म जाने तयारीमा उत्रिनु वर्तमान नेपाली राजनीतिमा द...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending