Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

डेनमार्कमा पाषाण युगको डुबेको बस्ती फेला

खबरडबली संवाददाता

डेनमार्क । उत्तरी डेनमार्कको आर्हस खाडीको नीलो गहिरो पानीमुनि पुरातत्त्वविद्हरूले आठ हजार पाँच सय वर्षअघि बढ्दो समुद्री सतहले डुबाएको तटीय बस्तीको प्रमाण पत्ता लगाएका छन् ।

यस गर्मीमा गोताखोरहरूले डेनमार्कको दोस्रो ठूलो सहर आर्हस नजिकैको समुद्री सतहबाट करिब ८ मिटर (२६ फिट) तल पाषाण युगको बस्तीका अवशेष सङ्कलन गरेका थिए ।
छ वर्ष लामो अन्तर्राष्ट्रिय परियोजनाको हिस्साका रूपमा रहेको यो उत्खनन एक करोड ३२ लाख युरो (करिब एक करोड ५५ लाख डलर) लागतको हो ।

यस परियोजनामा युरोपेली सङ्घ (इयु) को आर्थिक सहयोग रहेको छ । परियोजनामा आर्हसका साथै बेलायतको ब्राडफोर्ड विश्वविद्यालय र जर्मनीको लोअर स्याक्सनी इन्स्टिच्युट फर हिस्टोरिकल कोस्टल रिसर्चका विज्ञहरू सहभागी छन् ।

परियोजनाको मुख्य उद्देश्य डुबेका उत्तरी युरोपेली भू–दृश्यहरूको खोजी गर्नुका साथै अपतटीय पवन फार्म तथा अन्य समुद्री पूर्वाधार विस्तारसँगै हराएका मेसोलिथिक बस्तीहरू उजागर गर्नु हो । अन्तिम हिमयुगपछि समुद्री सतह क्रमशः बढ्दै गएको थियो । पुरातत्त्वविद् पिटर मो एस्ट्रपका अनुसार अहिलेसम्म पाषाण युगका बस्तीहरूको अधिकांश प्रमाण तटदेखि भित्री क्षेत्रमा फेला परे पनि यो बस्ती भने पुरानो तटरेखामै अवस्थित थियो ।

उनी भन्छन्, “यहाँ हामीले वास्तविक पुरानो तटरेखा पाएका छौँ । हामीसँग सिधै समुद्र किनारामा बसोबास गरेको बस्तीको प्रमाण छ । हाम्रो उद्देश्य त्यतिबेलाको तटीय जीवन कस्तो थियो भन्ने बुझ्नु हो ।” हिमयुगपछि बरफका पत्रहरू पग्लिँदा समुद्रको सतह तीव्र गतिमा बढेको थियो । करिब आठ हजार पाँच सय वर्षअघि समुद्री सतह प्रति शताब्दी करिब दुई मिटर (६.५ फिट) ले बढेको थियो ।

मो एस्ट्रप र उहाँको टोलीले आर्हस नजिकैको मोस्गार्ड सङ्ग्रहालयमार्फत आजको तटमा भेटिएको ४० वर्गमिटर (४३० वर्गफिट) क्षेत्रफलको सानो बस्ती उत्खनन गरेका छन् ।

बढ्दो समुद्री सतहले त्यसबेलाको जीवनशैलीलाई ‘टाइम क्याप्सुल’ जस्तै संरक्षित गरेको अनुसन्धानकर्ताहरूको भनाइ छ । प्रारम्भिक उत्खननमा जनावरको हड्डी, ढुङ्गाका औजार, तीरका टाउका, सिलका दाँत र काम गरिएको काठका टुक्रा फेला परेका छन् । सम्भावित भविष्य विश्लेषणका लागि उनीहरूले पानीमुनि प्रयोग हुने विशेष भ्याकुम उपकरणमार्फत मिटर–मिटरको हिसाबले सामग्री सङ्कलन गरिरहेका छन् ।

शोधकर्ताहरूलाई आगामी उत्खननमा हर्पुन, माछा मार्ने काँटी तथा माछा मार्ने संरचनाका निशान भेटिने आशा छ ।
“यो वास्तवमै टाइम क्याप्सुल हो । जब समुद्री सतह बढ्यो, अक्सिजनविहीन वातावरणमा सबै सामग्री सुरक्षित रह्यो… समय नै रोकिन्छ”, मो एस्ट्रप भन्छन्, “हामीले राम्ररी संरक्षित काठ पाएका छौँ । हामीले हेजेलनटजस्ता बीउ पाएका छौँ । सबै कुरा उत्कृष्ट अवस्थामा छन् ।”

हाल आर्हसको तुलनात्मक शान्त र सुरक्षित खाडीमा उत्खनन भइरहेका छन् । आगामी चरणमा जर्मनीको तट र उत्तर सागरका दुर्गम दुई स्थानमा थप उत्खनन गर्ने योजना छ ।
हजारौँ वर्षअघि समुद्री सतह बढ्दा, ‘डोगरल्यान्ड’ भनिने विशाल भू–भाग समुद्रले डुबायो । यो भू–भागले बेलायतलाई महाद्वीपीय युरोपसँग जोड्थ्यो, तर अहिले दक्षिणी उत्तर सागरमुनि डुबेको छ ।

समुद्री सतह वृद्धिको इतिहास बुझ्न अनुसन्धानकर्ताहरूले डेन्ड्रोक्रोनोलोजी अर्थात् रूखका रिङहरूको अध्ययन गरिरहेका छन् । माटो र समुद्री पिँधका थिग्रेनीका रूपमा सुरक्षित डुबेका रूखका स्टम्पहरूले तटीय जङ्गल कहिले डुबायो भन्ने ठ्याक्कै बताउँछ ।

मोस्गार्ड सङ्ग्रहालयका डेन्ड्रोक्रोनोलोजिस्ट जोनास ओग्डल जेन्सेन भन्छन्, “यी रूखहरू तटरेखामा कहिले मरे भन्ने कुरा हामी ठ्याक्कै भन्न सक्छौँ । यसले समयसँगै समुद्री सतह कसरी परिवर्तन भयो भन्ने स्पष्ट पार्छ ।”

आज विश्वले जलवायु परिवर्तनका कारण समुद्री सतह वृद्धिको चुनौती सामना गरिरहेको अवस्थामा, यी पाषाण युगीन उत्खननहरूले त्यतिबेलाका समाजहरूले बदलिँदो तटरेखासँग कसरी जुझिरहेका थिए भन्ने विषयमा प्रकाश पार्ने अपेक्षा गरिएको छ ।

मो एस्ट्रप भन्छन्, “यसको मानव जीवनमा के असर पर्छ भन्ने ठ्याक्कै भन्न गाह्रो छ । तर यो स्पष्ट छ कि यसले लामो समयसम्म ठूलो प्रभाव पारेको थियो, किनकि यसले सम्पूर्ण परिदृश्यलाई परिवर्तन गरिदिएको थियो ।”

संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार सन् २०१३ देखि सन् २०२३ को अवधिमा समुद्रको सतह विश्वव्यापी औसत चार दशमलव तीन सेन्टिमिटर (१.७ इन्च) ले बढिसकेको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

वैदेशिक रोजगार व्यवसायीद्वारा सरकारी निर्णयको स्वागत

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले दिने परीक्षण शुल्क साविककै दरमा राखेपछि व्यवसायीले त्यसको स...

कुवेत–चीन चार अर्ब १० करोड डलरको बन्दरगाह सम्झौता

काठमाडाैँ । विश्व व्यापारमा आफ्नो भूमिका विस्तार गर्दै अर्थतन्त्रलाई विविधीकरण गर्ने लक्ष्यसहित कुवेतले प्रमुख बन्दरगाह निर्माण सम्पन्न गर्न चीनसँग कर...

मलेसियाले ऊर्जा रूपान्तरणलाई तीव्र रूपमा अघि बढ्ने

काठमाडाैँ । मलेसियाले आफ्नो ऊर्जा रूपान्तरणलाई सन् २०२६ मा छिटो अघि बढाउने योजना बनाएको छ । यसमा बायोग्यासमा लगानी बढाउने र कार्बन सम्बन्धी नयाँ नीति ...

प्रतिनिधिसभा निर्वाचन: पाँचथरमा नेकपाबाट मिक्सोको एकल नाम सिफारिस

विराटनगर । नेपाली कम्युनिस्ट पार्टीले पाँचथरबाट प्रतिनिधिसभा निर्वाचनका लागि एकल उम्मेदवारको नाम सिफारिस गरेको छ ।  फागुन २१ गतेका लागि तोकिएको प्र...

प्रयोग नहुँदा जीर्ण बन्दै ‘होल्डिङ सेन्टर’

कैलाली । कोरोना महामारीका समयमा भारतबाट स्वदेश फर्किने कोरोना सङ्क्रमितलाई राख्न बनाएको ‘होल्डिङ सेन्टर’ प्रयोगविहीन हुँदा जीर्ण बन्दै गएको छ । कैल...

फोहरजन्य वस्तु बिक्री गरी १० लाख आम्दानी

तनहुँ । सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी पाँच महिनामा रु १० लाखभन्दा बढी आम्दानी गरेको छ । फोहरका रुपमा सङ्कलन गरी पुनः प्रयो...

मेची भन्सार कार्यालयबाट पाँच महिनामा २० अर्ब १४ करोडको आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट रु २० अर्ब १४ करोड ४० लाख मूल्यबराबरका वस्तु आयात भएका छन् । मेची ...

शीतल निवासमा शक्ति केन्द्रको संवाद : संकट, निर्वाचन र सहकार्यमा नेताहरूको छलफल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा प्रधानमन्त्री सुशीला कार्कीसहित देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच उच्चस्तरीय छलफल सम्पन्न भएको छ ...

पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात

काठमाडौं । पाँच महिनामा साढे पाँच अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे पाँच अर्ब मूल्य बराबरको...

पाँच वर्षपछि म्यान्मामा निर्वाचन

याङ्गुन । म्यान्मामा सैनिक जुन्ताले पाँच वर्षअघि निर्वाचित सरकारलाई अपदस्थ गरेपछि सुरु भएको गृहयुद्धको बिचमा आइतबारदेखि निर्वाचन सुरु गराउने तयारी गरे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending